नेभिगेशन
समाज

कार्यक्षमताको हिसाबले नै मनोज शर्मालाई प्रधानन्यायाधीश सिफारिस गरिएको होः सरकार

काठमाडौँ । डा.मनोजकुमार शर्माको कार्यक्षमताको हिसाबमा प्रधानन्यायाधीशमा सिफारिस गरिएको सरकारले जनाएको छ । 

आज बसेको मन्त्रिपरिषद् बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै सरकारका प्रवक्ता सस्मित पोखरेलले सरकारले न्याय क्षेत्र सुधारको प्रयास स्वरुप नै  कार्यक्षमताको हिसाबमा प्रधानन्यायाधीश सिफारिस गरेको बताए । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

उनले भने, ‘नीतिगत रूपमा नै कानुनी, संवैधानिक रूपमा नै धेरै कुरा सुधार गर्नुपर्छ भन्ने विषय त पहिलादेखि नै उठ्दै नै आएको हो। आजको दिनसम्म पनि हामीले विभिन्न न्यायपालिकाका, कार्यपालिका, व्यवस्थापिकालाई एक अर्काबाट टाढा राख्नुपर्छ।’

Ncell
Extreme Energy

उनले अहिले न्याय परिषद् हेर्दा पनि पाँच जना सदस्यमध्ये तीन जना राजनीतिक नियुक्ति जस्तो देखिएको बताए।

उनले थपे, ‘त्यहाँबाट सिफारिस हुने न्यायाधीश पनि राजनीतिक पृष्ठभूमिको आइराख्नुभएको छ भन्ने कुरा आइरहेको छ। अब त्यहाँबाट संवैधानिक परिषद्को पनि आआफ्नै टीका टिप्पणी पहिलादेखि हुँदै नै आएको हो। सम्भवतः पहिलो पटक नै प्रधानन्यायाधीशको सिफारिस मुद्दाको फर्छ्यौट हिसाबमा सिफारिस गरेका छौँ। यो पनि एउटा एकदमै पर्फेक्ट यही पद्धति हो भनेर पनि भन्न खोजेको होइन। तर उहाँको कार्यक्षमताको हिसाबमा सिफारिस भएको छ।’

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
संसारलाई कान्छा प्रधानमन्त्रीको सन्देश

संसारलाई कान्छा प्रधानमन्त्रीको सन्देश

त्यो प्रतीक्षा– शुक्रबार बिहान पुरा भयो । विश्वको सबैभन्दा ठूलो मन्च– संयुक्त राष्ट्रसंघको एघारौं महासभामा संसारकै कान्छा सरकार प्रमुख बालेनले सम्बोधन गरे । सम्बोधन गर्नु औपचारिकता मात्रै होइन,...
प्रधानमन्त्री शाहको अमेरिका भ्रमणमा के के भयो ?

प्रधानमन्त्री शाहको अमेरिका भ्रमणमा के के भयो ?

प्रधानमन्त्री बालेन्द्र शाह संयुक्त राष्ट्रसंघको ८१औं महासभाको उच्चस्तरीय सप्ताहमा सहभागी भई आज स्वदेश फर्किएका छन् ।
धाप ड्याम पूर्णरूपमा सुरक्षित (भिडियोसहित)

धाप ड्याम पूर्णरूपमा सुरक्षित (भिडियोसहित)

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले गोकर्णेश्वर नगरपालिका १, शिवपुरी-नागार्जुन राष्ट्रिय निकुञ्ज क्षेत्रमा पर्ने धाप बाँध (ड्याम) सुरक्षित रहेको जनाएको छ ।
प्रधानमन्त्री शाह स्वदेश फिर्ता

प्रधानमन्त्री शाह स्वदेश फिर्ता

प्रधानमन्त्री वालेन्द्र शाह १४ सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सहभागी भई आज स्वदेश फर्किएका छन् ।