नेभिगेशन
समाज

सरकारले भन्यो– बढी शुल्क लिने स्कुललाई कारबाही हुन्छ

काठमाडौँ। सरकारले बढी शुल्क लिने निजी तथा सामुदायिक विद्यालयहरुलाई कारबाही हुने स्पष्ट पारेको छ ।

शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले कुनै पनि विद्यालय (निजी तथा सामुदायिक) ले कानुनले तोकेभन्दा बढी शुल्क लिन नपाउने बताएका हुन् ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

आज बसेको मन्त्रिपरिषद् बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै मन्त्री पोखरेलले विद्यालयहरुले विद्यार्थी भर्ना तथा वार्षिक शुल्कको नाममा बढी शुल्क लिएको गुनासो मन्त्रालयसम्म आइपुगेको जानकारी दिए ।

Ncell
Extreme Energy

उनले भने– विद्यालयहरुले बढी शुल्क लिएको गुनासो आएपछि मन्त्रालयले काठमाडौं उपत्यकाका मेयरहरुसँग छलफल गरिसकेको छ, कानुन विपरीत कुनै विद्यालयले बढी शुल्क लिएका छन् भने कारबाही गर्न भनेका छौं ।
संविधानअनुसार विद्यालय तहको शिक्षा स्थानीय तहको क्षेत्राधिकारमा पर्छ ।

‘तपाईंहरुले कानुन कार्यान्वयन गर्नुस्, सहयोग चाहिन्छ भने संघ सरकार तयार छ’ मन्त्री पोखरेलले भने– ‘कानुनले तोकेको भन्दा बढी शुल्क लिन पाइँदैन ।’  नयाँ शैक्षिक सत्र सुरु भएसँगै  विद्यालयहरुले विद्यार्थीबाट भर्नादेखि विभिन्न शीर्षकमा शुल्क उठाइरहेका छन्।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
पाल्पाको अर्चले केन्द्रमा पर्‍यो २१२ मिलिमिटर पानी

पाल्पाको अर्चले केन्द्रमा पर्‍यो २१२ मिलिमिटर पानी

पाल्पाको अर्चले केन्द्रमा पछिल्लो २४ घण्टामा २१२.८ मिलिमिटर वर्षा भएको छ।
मौसमविद् भन्छन्– गण्डकीदेखि सुदूरपश्चिसम्म अझै ठूलो वर्षाको जोखिम छ

मौसमविद् भन्छन्– गण्डकीदेखि सुदूरपश्चिसम्म अझै ठूलो वर्षाको जोखिम छ

काठमाडौंमा लगातार सिमसिमे झरी परिरहेको छ। लगातारको झरीका कारण काठमाडौं उपत्यकाको बागमती जलाधारअन्तर्गतका नदी, खोलाको सतह बढेका छन्।
बल्खु, कलंकी, नागढुंगामा रोकिए गाडी (तस्बिरहरू)

बल्खु, कलंकी, नागढुंगामा रोकिए गाडी (तस्बिरहरू)

लगातारको वर्षासँगै सम्भावित जोखिमलाई ध्यान दिँदै काठमाडौँ उपत्यकाबाट बाहिरिने सवारीसाधन बल्खु, कलंकी र नागढुंगामा होल्ड गरिएको छ।
आगामी दुई दिन अझै पश्चिमी क्षेत्रमा वर्षाको गतिविधि बढ्ने

आगामी दुई दिन अझै पश्चिमी क्षेत्रमा वर्षाको गतिविधि बढ्ने

“हाल न्यून चापीय प्रणाली भारतको छत्तीसगढ र आसपासको क्षेत्रमा अवस्थित रहेको र क्रमशः नेपालतर्फ सर्दै जाने र त्यसको प्रभाव आजदेखि पश्चिमी भूभागतर्फ सर्दै जानेछ,” मौसमविद् लामिछानेले भने, “आज...