नेभिगेशन
समाज

संसद् सचिवालयमा छैन कर्मचारी युनियन

काठमाडौँ । संघीय संसद् सचिवालयले अब सचिवालयमा कुनै पनि कर्मचारी युनियन अस्तित्वमा नरहेको जनाएको छ।

सचिवालयले आज एक सूचना जारी गरी अब सचिवालयमा कुनै पनि कर्मचारी युनियन अस्तित्वमा रहेको जनाएको हो ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

यसअघि संसद सचिवालय ऐन अन्तर्गत रहेको कर्मचारी युनियनको व्यवस्था नयाँ अध्यादेश आएसँगै खारेज भएकाले सचिवालय सम्बद्ध कर्मचारी युनियन पनि अस्तित्वमा नरहेको सचिवालयद्वारा जारी सूचनामा उल्लेख छ ।

Ncell
Extreme Energy

सचिवालयले जारी गरेको सूचनामा भनिएको छ– केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, संवत २०८३ सालको अध्यादेश नं ७ ले संघीय संसद् सचिवालय सम्बन्धी ऐन, २०६४ को दफा ७३ मा रहेको व्यवस्था संसोधन गरे पश्चात संघीय संसद् सचिवालय सम्बन्धी ऐन, २०६४ को उक्त दफा बमोजिम अस्तित्वमा रहेको संघीय संसद् सचिवालयको कर्मचारी युनियन सम्बन्धी व्यवस्था उक्त ऐनमा नरहेको हुँदा कर्मचारी युनियन अब अस्तित्वमा नरहेको व्यहोरा सचिवालयको मिति २०८३–१–२४ को निर्णयबमोजिम सबैको जानकारीका लागि यो सूचना प्रकाशन गरिएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
पाल्पाको अर्चले केन्द्रमा पर्‍यो २१२ मिलिमिटर पानी

पाल्पाको अर्चले केन्द्रमा पर्‍यो २१२ मिलिमिटर पानी

पाल्पाको अर्चले केन्द्रमा पछिल्लो २४ घण्टामा २१२.८ मिलिमिटर वर्षा भएको छ।
मौसमविद् भन्छन्– गण्डकीदेखि सुदूरपश्चिसम्म अझै ठूलो वर्षाको जोखिम छ

मौसमविद् भन्छन्– गण्डकीदेखि सुदूरपश्चिसम्म अझै ठूलो वर्षाको जोखिम छ

काठमाडौंमा लगातार सिमसिमे झरी परिरहेको छ। लगातारको झरीका कारण काठमाडौं उपत्यकाको बागमती जलाधारअन्तर्गतका नदी, खोलाको सतह बढेका छन्।
बल्खु, कलंकी, नागढुंगामा रोकिए गाडी (तस्बिरहरू)

बल्खु, कलंकी, नागढुंगामा रोकिए गाडी (तस्बिरहरू)

लगातारको वर्षासँगै सम्भावित जोखिमलाई ध्यान दिँदै काठमाडौँ उपत्यकाबाट बाहिरिने सवारीसाधन बल्खु, कलंकी र नागढुंगामा होल्ड गरिएको छ।
आगामी दुई दिन अझै पश्चिमी क्षेत्रमा वर्षाको गतिविधि बढ्ने

आगामी दुई दिन अझै पश्चिमी क्षेत्रमा वर्षाको गतिविधि बढ्ने

“हाल न्यून चापीय प्रणाली भारतको छत्तीसगढ र आसपासको क्षेत्रमा अवस्थित रहेको र क्रमशः नेपालतर्फ सर्दै जाने र त्यसको प्रभाव आजदेखि पश्चिमी भूभागतर्फ सर्दै जानेछ,” मौसमविद् लामिछानेले भने, “आज...