नेभिगेशन
समाज

लिजामा जिल्लाकै उत्कृष्ठ बनेको कटारी नगरपालिकालाई जिल्ला समन्वयद्वारा सम्मान

काठमाडौँ । उदयपुरमा गत वर्ष स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कन (लिजा) मा उत्कृष्ट अङ्क प्राप्त गरेकोमा कटारी नगरपालिका सम्मानित भएको छ ।

शुक्रबार सम्पन्न जिल्ला समन्वय समितिको आठौँ जिल्ला सभामा कटारीलाई सम्मानित गरिएको हो । जिल्ला समन्वय प्रमुख गौरबहादुर विश्वकर्मा र जिल्ला समन्वय अधिकारी सान्नानी अधिकारी ले कटारी नगरप्रमुख राजेशचन्द्र श्रेष्ठलाई सम्मानपत्र प्रदान गर्दै सम्मान गरेका हुन् ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले गरेको आर्थिकवर्ष २०८०/८१ मा कटारीले लिजातर्फ ८४.५० अङ्क  ल्याएर जिल्लाको उत्कृष्ट सावित भएको थियो ।

Ncell
Extreme Energy

कटारी लिजामा जिल्लाका ४ नगरपालिका र ४ गाउँपालिका सहित ८ स्थानीयतहमध्ये कटारी उत्कृष्ट भएकाले सम्मान गरिएको समन्वय प्रमुख विश्वकर्माले बताए ।

नगर प्रमुख श्रेष्ठका अनुसार, नगरपालिकाले पारदर्शिता, जवाफदेहिता र नागरिक सहभागिता बढाउँदै अघि बढ्ने योजना बनाएको छ।  ‘हामीले प्राप्त गरेको यो उपलब्धि नगरवासीहरूकै सहयोग र सशक्त नेतृत्वको परिणाम भएको’ नगर प्रमुख श्रेष्ठले भने ।

त्यस्तै जिससको सम्मानले आगामी दिनमा अझ प्रतिबद्ध भएर नगरलाई समृद्धि बनाउने काममा लागिरहन हौसला मिलेको नगर प्रमुख श्रेष्ठले बताए ।

सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय तहहरुको आर्थिक कार्यप्रणाली र प्रशासनिक कामकारबाहीमा एकरूपता ल्याउन तथा पारदर्शिता र जवाफदेहिता प्रवर्द्धन गर्न लिजा विधि अपनाउँदै आएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
बिजुलीमा भ्याट हटाउने विषयमा सैद्धान्तिक सहमति भन्दै भएको प्रचार सही होइनः अर्थमन्त्रीको सचिवालय

बिजुलीमा भ्याट हटाउने विषयमा सैद्धान्तिक सहमति भन्दै भएको प्रचार सही होइनः अर्थमन्त्रीको सचिवालय

अर्थमन्त्रीका प्रमुख स्वकीय सचिव नवीन ढुंगानाका  अनुसार प्रचारप्रसार गरिएजस्तो अर्थमन्त्रीले उक्त विषयमा छलफल गर्न आइतबार साँझ वा गएको साता कुनै भेटघाट र छलफल गरेका छैनन् ।
ऋण असुलीबाट समस्याग्रस्त ६ सहकारीका ७९ जना बचतकर्ताले पाए रकम फिर्ता

ऋण असुलीबाट समस्याग्रस्त ६ सहकारीका ७९ जना बचतकर्ताले पाए रकम फिर्ता

पहिलो चरणमा थोरै बचत रकम भएका बचतकर्ताहरूलाई रकम फिर्ता गरिएको समितिले जनाएको छ । यसरी नै क्रमश बचतकर्ताको रकमका आधारमा वर्गीकरण गरेर रकम फिर्ता गरिने छ ।
राजनीतिक दलको कार्यक्रममा सहभागी हुने सिन्धुलीका ४ शिक्षकलाई कारबाही सिफारिस

राजनीतिक दलको कार्यक्रममा सहभागी हुने सिन्धुलीका ४ शिक्षकलाई कारबाही सिफारिस

शिक्षा विकास तथा समन्वय एकाईले सिन्धुलीका ४ जना शिक्षक कर्मचारीलाई काबाही सिफारिस गरेको हो । ज्ञानकुञ्ज मावी पचरुखीका प्रेम प्रसाद भट्टराई, कुशेश्वर विद्यापिठ दुम्जाका सर्वेश्वर कोइराला, मा.वि.लाप्पनबतासेका अर्जुन...
प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित

प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित

विधेयक प्रस्तुत गर्दै मन्त्री गौतमले यसअघि राज्य, व्यवस्था तथा सुशासन समितिमा विधेयकमाथि बृहत् छलफल भएको बताइन् । उनले बालबालिकाको अधिकार सर्वोपरी राखेर विधेयक अघि बढाइएको जानकारी गराइन् ।

भर्खरै