नेभिगेशन
समाज

पार्टीको कार्यक्रमबारे भ्रामक टिप्पणी गरेपछि आशिका तामाङलाई स्पष्टिकरण सोध्ने तयारी

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद आशिका तामाङलाई पार्टीले स्पष्टिकरण सोध्ने तयारी गरेको छ । पार्टीले आयोजना गरेको प्रशिक्षणमा उपस्थित नभएको र विषय नै नबुझी सामाजिक सञ्जालमा टिप्पणी गरेपछि उनलाई स्पष्टिकरण सोध्ने तयारी रहेको पार्टी उच्च स्रोतले जानकारी दियो । 

पार्टीले सक्षम सांसद सशक्त संसद् भन्ने नाराका साथ दुईदिने संसदीय अभ्यास तथा नेतृत्व विकास प्रशिक्षण आजदेखि सुरु गरेको छ । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

ललितपुरको जावलाखेलस्थित स्टाफ कलेजको हलमा आज दिउँसो १२ बजेबाट सुरु भएको हो । उक्त कार्यक्रम २ दिन चल्नेछ । तर उक्त कार्यक्रममा रास्वपाका सांसदहरुको उपस्थिति न्यून छ । तामाङ पनि उक्त कार्यक्रममा अनुपस्थित छिन् । 

Ncell
Extreme Energy

उता कार्यक्रम चल्दै गर्दा पार्टीको कार्यक्रम बाहिर होटलमा गरिएकोमा आपत्ति जनाएकी छिन् । उनले लेखेको छिन्, ‘संसदहरूलाई प्रशिक्षण कार्यक्रम या अभिमुखीकरण कार्यक्रम गर्न फाइभ स्टार होटल नै या अरु बाहिर कसैसँग हल् सापटी लिएर गर्नु  पर्नु कुनै बाध्यता पक्कै होइन होला ?? सिंहदरबारमा त्यस्ता सभाहल कति छन् कति , बाहिर किन आखिर ? बाहिर दिनको कति खर्च लाग्छ त्यसको लेखा जोखा कस्ले गर्ने ?? कि सांसदहरूलाई सुरक्षाको लागि महंगा हलहरुमा कार्यक्रम गरिएको  हो भने के एक दिन मात्र चाहिने हो सुरक्षा ?? अरु दिन चाहिँ पर्दैन ? हामी आफै परिवर्तनको पक्षमा हिँडिरहँदा, फजुल खर्च नगर्ने भनेर बोलिरहँदा व्यवहारमा भने उहीँ भने जस्तो भयो भने पुराना र हामी नयाँमा के फरक भयो त ???’ 

तामाङले टिप्पणी गरेजस्तो रास्वपाले कार्यक्रम आयोजना गरेको उक्त हल फाइभ स्टार होटलको नभएको रास्वपाका ति नेताको भनाई छ । ‘कार्यक्रम आयोजना गरिएको ठाउँ नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानको हल हो । राष्ट्रिय स्तरको स्वायत्त संस्था हो ।’ उनले भने, ‘आशिका जि लै कुरै नबुझी अफ्नै पार्टीबारे भ्रम फैलाउनुभयो । एउटा विधायकी भूमिकामा रहेको व्यक्तिले गर्ने यस्ता टिप्पणीले राम्रो म्यासेज दिदैन ।’ 

त्यस्तै ति नेताले आशिका तामाङले भनेजस्तो सिंहदरवारका कार्यालय पार्टीले प्रयोग गर्न नमिल्ने पनि बताए । ‘हाम्रा सांसदहरुको संख्या धेरै छ । सिंहदरवारमा संसदीय दलको कार्यलय त छ तर प्रशिक्षणको लागि पर्याप्त पूर्वाधार छैन ।’ उनले भने, ‘सरकारी भवन पार्टीका कार्यक्रमका लागि प्रयोग गर्न पनि त भएन नी !’ 

त्यस्तै उक्त प्रशिक्षण कार्यक्रममा सहभमागी नहुने सांसदहरुलाई पार्टीले मूल्यांकन गर्ने पनि ति नेताले बताए ।

आजको उक्त कार्यक्रममा उद्घाटन पार्टी उपसभापति तथा सरकारका अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले गरेका थिए । प्रशिक्षण कार्यक्रमको समापन सत्रमा पार्टी सभापति रबि लामिछानेले विशेष निर्देशनात्मक मन्तव्य राख्नेछन् । सभापति लामिछानेले पार्टीको मुल एजेन्डा, सुशासनप्रतिको प्रतिबद्धता र जनउत्तरदायी सांसदको रूपमा निर्वाह गर्नुपर्ने जिम्मेवारीबारे मार्गनिर्देशन गर्ने बताइएको छ । 


 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
सवारी लाइसेन्स स्वास्थ्य परीक्षणमा बेथिति, प्रदेशपिच्छे फरक मूल्य, बागमतीमा सिन्डिकेट

सवारी लाइसेन्स स्वास्थ्य परीक्षणमा बेथिति, प्रदेशपिच्छे फरक मूल्य, बागमतीमा सिन्डिकेट

यातायात सेवा कार्यालयहरुमा सवारी लाइसेन्सकालागि गरिने स्वास्थ्य परीक्षणमा बेथिति देखिएको छ । सातै प्रदेशका यातायातसम्बद्ध मन्त्रालयहरूले सेवाग्राहीका लागि स्वास्थ्य परीक्षण गर्न स्वास्थ्य संस्था, चिकित्सकहरुसँग सम्झौता गरेर सेवाग्राहीको स्वास्थ्य...
कोशी बराजमा पानीको बहाव २ लाख ४० हजार क्युसेक नाघ्यो

कोशी बराजमा पानीको बहाव २ लाख ४० हजार क्युसेक नाघ्यो

कोशी बराजमा पानीको बहाव बढेर २ लाख ४० हजार ५५५ क्युसेक पुगेको छ।
नेपालकाे आवाज विश्वमञ्चमा सफलतापूर्वक साझा गरेकोमा प्रधानमन्त्री, परराष्ट्रमन्त्री  र प्रतिनिधिमण्डलाई धन्यवादः सचेतक धिताल

नेपालकाे आवाज विश्वमञ्चमा सफलतापूर्वक साझा गरेकोमा प्रधानमन्त्री, परराष्ट्रमन्त्री र प्रतिनिधिमण्डलाई धन्यवादः सचेतक धिताल

उनले लेखेकी छन्, ‘हाम्रो आवाज विश्वमञ्चमा साझा गर्ने पहिलो कर्तव्य त हामीले सफलतापूर्वक पूरा गरेका छौँ। तर यो चरण यस यात्राको श्रीगणेश हो इतिश्री होइन । हामीले आँटेको...
पाल्पाको अर्चले केन्द्रमा पर्‍यो २१२ मिलिमिटर पानी

पाल्पाको अर्चले केन्द्रमा पर्‍यो २१२ मिलिमिटर पानी

पाल्पाको अर्चले केन्द्रमा पछिल्लो २४ घण्टामा २१२.८ मिलिमिटर वर्षा भएको छ।