नेभिगेशन
समाज

स्वास्थ्य क्षेत्रमा सुशासनको नयाँ अभ्यास: गुणस्तर सुनिश्चित गर्न स्वास्थ्य मन्त्रालय अग्रसर

स्वास्थ्य क्षेत्रमा सुशासन र जवाफदेहिता कायम गर्ने बलियो अठोटका साथ, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको गुणस्तर मापन तथा नियमन महाशाखाले डा. रोशन न्यौपानेको नेतृत्वमा विशेष टोली परिचालन गरी सरकारी तथा निजी अस्पतालहरूको दैनिक अनुगमनलाई उच्च प्राथमिकताका साथ तीव्रता दिएको छ। 

यसै अभियान अन्तर्गत, पूर्वजानकारी विना गत हप्ता कान्ति बाल अस्पताल र हिजो मात्र अल्का अस्पतालमा छड्के अनुगमन गरिएको छ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

हाल सघन सुपरीवेक्षण र सुधारका लागि सचेत गराउने कार्य भइरहे तापनि, अनुगमनका क्रममा तोकिएको मापदण्ड र गुणस्तरमा कुनै पनि कमजोरी वा लापरबाही भेटिएमा जिम्मेवार अधिकारीलाई कानुनी दायरामा ल्याई आवश्यक कारबाही अगाडि बढाउने गरी मन्त्रालयले नियमनमा पछिल्लो समय निकै कडाइ गरेको छ। 

Ncell
Extreme Energy

अस्पतालहरूको अनुगमन लगत्तै अब फार्मेसी लगायत स्वास्थ्य सेवा प्रवाह हुने अन्य सबै केन्द्रहरूमा समेत अनुगमनलाई तीव्र पार्ने मन्त्रालयको तयारी छ।
समग्र स्वास्थ्य प्रणालीलाई पारदर्शी बनाउँदै आम नागरिकलाई सुरक्षित र गुणस्तरीय उपचारको पूर्ण प्रत्याभूति दिलाउन मन्त्रालय तत्पर छ; जसका लागि स्वास्थ्य मापदण्ड र सुशासनको विषयमा कुनै पनि सम्झौता नगर्ने स्पष्ट सन्देश प्रवाह गरिएको छ।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
सुदूरपश्चिममा सरकार गठनका लागि दाबी पेस गर्न आह्वान

सुदूरपश्चिममा सरकार गठनका लागि दाबी पेस गर्न आह्वान

प्रदेश प्रमुखको कार्यालयका सूचना अधिकारी दीर्घराज भट्टले आज एक विज्ञप्तिमार्फत मुख्यमन्त्री शाहले संविधानको धारा १६९ को उपधारा (१) को खण्ड (क) बमोजिम पदबाट दिएको राजीनामा आजैदेखि लागू हुने...
सुदूरपश्चिमका मुख्यमन्त्री शाहद्वारा पदबाट राजीनामा

सुदूरपश्चिमका मुख्यमन्त्री शाहद्वारा पदबाट राजीनामा

केन्द्रीयस्तरमा भएको सहमति अनुसार यस प्रदेशमा नेपाली कम्युनिष्ट पार्टी (नेकपा) र एमालेबीच सत्ता सहकार्य गर्ने तयारी छ । प्रदेशसभामा ठूलो दलको हैसियतमा नेकपाले सरकारको नेतृत्व गर्ने यसअघि नै...
राष्ट्रिय भेलाको पूर्वसन्ध्यामा स्वदेश फर्किएका देउवालाई नाराजुलुससहित स्वागत सत्कारको राजनीतिक सन्देश के ?

राष्ट्रिय भेलाको पूर्वसन्ध्यामा स्वदेश फर्किएका देउवालाई नाराजुलुससहित स्वागत सत्कारको राजनीतिक सन्देश के ?

२०८१ फागुनमा राजसंस्था समर्थकले पूर्वराजा ज्ञानेन्द्रलाई यसैगरी विमानस्थलमा स्वागत गरेका थिए । ज्ञानेन्द्रले पनि यसैगरी अभिवादन फर्काएका थिए ।  त्यतिबेला राजसंस्था समर्थक यति उत्साहित थिए कि, त्यसको अर्को...
लेखा समितिमा खगेन्द्र सुनार र आईजीपीको लफडा के हो ?

लेखा समितिमा खगेन्द्र सुनार र आईजीपीको लफडा के हो ?

'आईजीपी साबको घरमा चोरी भएको छ । त्यो चोरी भएको हो कि होइन ? आईजीपीको घरबाट तीन करोड चोरी भयो, चोरीमा संलग्न मान्छेलाई प्रहरीको विशेष ब्यूरोमा लगेर यातना...