नेभिगेशन
समाज

दूरसञ्चार प्राधिकरणको नेतृत्व चयन सुरु, अध्यक्ष र ४ सदस्यका लागि दरखास्त आह्वान

काठमाडाैँ। सरकारले रिक्त रहेको नेपाल दूरसञ्चार प्राधिकरणको नेतृत्वका लागि दरखास्त आह्वान गरेको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले प्राधिकरणको अध्यक्ष र चार जना सदस्य पदका लागि इच्छुक योग्य नागरिकहरूबाट आवेदन माग गरेको हो ।

हालैको अध्यादेशमार्फत प्राधिकरणको बोर्ड नै रिक्त भएपछि मन्त्रालयले नयाँ नियुक्ति प्रक्रिया अगाडि बढाएको हो । मन्त्रालयका अनुसार अध्यक्ष पदका लागि मान्यताप्राप्त शिक्षण संस्थाबाट दूरसञ्चार सेवासँग सम्बन्धित प्राविधिक/प्रशासनिक, बजार व्यवस्थापन, लेखा तथा लेखापरीक्षण वा कानुनी क्षेत्रमा कम्तीमा स्नातकोत्तर तह वा सो सरहको उपाधि हासिल गरेको हुनुपर्ने र सम्बन्धित क्षेत्रमा कम्तीमा १० वर्षको अनुभव अनिवार्य गरिएको छ ।
त्यस्तै, सदस्य पदका लागि प्राविधिक वा प्रशासनिक क्षेत्रबाट एक जना, बजार व्यवस्थापनबाट एक जना, लेखा तथा लेखा परीक्षणबाट एक जना र कानुनी क्षेत्रबाट एक जना गरी चार जना सदस्यको छनोट गरिनेछ । सदस्यका लागि स्नातक तह उत्तीर्ण गरी सम्बन्धित क्षेत्रमा कम्तीमा सात वर्षको अनुभव हुनुपर्ने प्रावधान राखिएको छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

दरखास्त दिने उम्मेदवारहरूले आफ्नो व्यक्तिगत विवरण (बायो-डेटा) सँगै प्राधिकरण सुधारका लागि तीनदेखि पाँच हजार शब्दसम्मको शिलबन्दी व्यावसायिक कार्ययोजना समेत पेस गर्नुपर्नेछ । नेपाली वा अङ्ग्रेजी भाषामा तयार पार्न सकिने कार्ययोजना छनोटको मुख्य आधार हुने सूचनामा उल्लेख छ ।

Ncell
Extreme Energy

आवेदन दिने उम्मेदवारको उमेर ३० वर्ष पूरा भई ६५ वर्ष ननाघेको हुनुपर्नेछ । उम्मेदवारले कुनै पनि विदेशी मुलुकको स्थायी आवासीय अनुमति पत्र नलिएको र प्रचलित कानुन बमोजिम नियुक्ति हुन अयोग्य नभएको स्वघोषणा समेत गर्नुपर्नेछ ।

साथै, उम्मेदवारले आफू कुनै पनि राजनीतिक दलको सदस्य नरहेको, भ्रष्टाचार वा फौजदारी कसुरमा सजाय नपाएको र कुनै पनि गैरसरकारी संस्थामा आबद्ध नरहेको लिखित प्रतिबद्धता जनाउनुपर्ने व्यवस्था गरिएको छ ।

इच्छुक आवेदकले मन्त्रालयको संस्थान समन्वय शाखा, सिंहदरबारमा तोकिएको ढाँचामा दरखास्त पेस गर्नुपर्नेछ । रीत नपुगेका वा समय नाघेर आएका दरखास्तउपर कुनै कारबाही नगरिने मन्त्रालयले स्पष्ट पारेको छ ।

यस्ताे छ सूचना:

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
सुदूरपश्चिममा सरकार गठनका लागि दाबी पेस गर्न आह्वान

सुदूरपश्चिममा सरकार गठनका लागि दाबी पेस गर्न आह्वान

प्रदेश प्रमुखको कार्यालयका सूचना अधिकारी दीर्घराज भट्टले आज एक विज्ञप्तिमार्फत मुख्यमन्त्री शाहले संविधानको धारा १६९ को उपधारा (१) को खण्ड (क) बमोजिम पदबाट दिएको राजीनामा आजैदेखि लागू हुने...
सुदूरपश्चिमका मुख्यमन्त्री शाहद्वारा पदबाट राजीनामा

सुदूरपश्चिमका मुख्यमन्त्री शाहद्वारा पदबाट राजीनामा

केन्द्रीयस्तरमा भएको सहमति अनुसार यस प्रदेशमा नेपाली कम्युनिष्ट पार्टी (नेकपा) र एमालेबीच सत्ता सहकार्य गर्ने तयारी छ । प्रदेशसभामा ठूलो दलको हैसियतमा नेकपाले सरकारको नेतृत्व गर्ने यसअघि नै...
राष्ट्रिय भेलाको पूर्वसन्ध्यामा स्वदेश फर्किएका देउवालाई नाराजुलुससहित स्वागत सत्कारको राजनीतिक सन्देश के ?

राष्ट्रिय भेलाको पूर्वसन्ध्यामा स्वदेश फर्किएका देउवालाई नाराजुलुससहित स्वागत सत्कारको राजनीतिक सन्देश के ?

२०८१ फागुनमा राजसंस्था समर्थकले पूर्वराजा ज्ञानेन्द्रलाई यसैगरी विमानस्थलमा स्वागत गरेका थिए । ज्ञानेन्द्रले पनि यसैगरी अभिवादन फर्काएका थिए ।  त्यतिबेला राजसंस्था समर्थक यति उत्साहित थिए कि, त्यसको अर्को...
लेखा समितिमा खगेन्द्र सुनार र आईजीपीको लफडा के हो ?

लेखा समितिमा खगेन्द्र सुनार र आईजीपीको लफडा के हो ?

'आईजीपी साबको घरमा चोरी भएको छ । त्यो चोरी भएको हो कि होइन ? आईजीपीको घरबाट तीन करोड चोरी भयो, चोरीमा संलग्न मान्छेलाई प्रहरीको विशेष ब्यूरोमा लगेर यातना...