नेभिगेशन
समाज

सुशीला कार्कीको आक्रोश– बालेनकी श्रीमतीलाई ‘आमा’ भन्नू

काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीले आफूलाई ‘आमा’ सम्बोधन भन्ने गरिएकोप्रति आक्रोश व्यक्त गरेकी छिन् ।

शनिबार काठमाडौँको राष्ट्रिय सभा गृहमा कानुन दिवसमा आयोजित कार्यक्रममा सरिक हुन कार्की पुगेकी थिइन् ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

उनी कार्यक्रम सकेर बाहिरिने क्रममा सञ्चारकर्मी दिवाकर साहले उनलाई ‘आमा’ सम्बोधन गरेर बोलाउँछन् ।

Extreme Energy
citizen life

उनले उल्टै प्रतिप्रश्न गर्दै भन्छिन्, ‘को ले आमा भनेको ?’

साहले ‘मैले भनेको’ भन्छन् ।

यसैबीच कार्कीले आक्रोशमिश्रित भावमा भन्छिन्– तिमीहरूको आमा नै फेरिइसक्यो ।

लगत्तै साहले ‘केही फरक पर्दैन, आमा फेरिंदैन’ भन्दै माइक उनीतर्फ सोझ्याउँछन् ।

उनले आफूलाई आमा नभनी प्रधानमन्त्री बालेन शाहकी श्रीमती सविना काफ्लेलाई आमा भन्न आग्रह गर्छिन् । कार्कीले भन्छिन्, ‘बालेनको श्रीमतीलाई आमा भन, अब ।’

साहले फेरि ‘तपाईं देशकै आमा हो’ भन्न खोज्दा कार्की ‘होइन, होइन’ भन्दै हिंड्छिन् । साहले आफ्नो फेसबुक पेजमार्फत सार्वजनिक गरेको यो भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल बनिरहेको छ ।

 संवैधानिक परिषद्ले प्रधानन्यायाधीशमा चौथो वरीयतामा रहेका डा। मनोजकुमार शर्मालाई नियुक्त गर्न सिफारिस गरेपछि कार्कीले असन्तुष्टी व्यक्त गर्दै आएकी थिइन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
कामु प्रधानन्यायाधीश मल्लः 'डरमा न्याय सम्भव छैन, दुई तिहाइको सरकारको होस् कि महाअभियोगको' (पूर्णपाठ)

कामु प्रधानन्यायाधीश मल्लः 'डरमा न्याय सम्भव छैन, दुई तिहाइको सरकारको होस् कि महाअभियोगको' (पूर्णपाठ)

‘म हाम्रा सबै न्यायाधीशहरुलाई भन्न चाहन्छु, डर र प्रभावमा न्याय सम्भव छैन, चाहे त्यो दुई तिहाइको सरकारको डर नै किन नहोस्। चाहे त्यो महाअभियोगको डर नै किन नहोस्,’  ...
राष्ट्रियताका मुद्दामा सरकारलाई पार्टीको पूरा सहयोग हुन्छ सभापति थापा

राष्ट्रियताका मुद्दामा सरकारलाई पार्टीको पूरा सहयोग हुन्छ सभापति थापा

उनले लोकतन्त्रमा कानुनी वैधता नहेरेर नैतिक वैधतालाई हेर्नुपर्नेमा जोड दिए । “हिजो कांग्रेस सरकारमा रहँदा संवैधानिक परिषद्मा आफ्नो अनुकूलताको निर्णय गराउन तत्कालीन उपसभामुखमाथि महाअभियोग प्रस्ताव लगाउन तयारी गरिएको...
मञ्जुश्री ‘कोअप्रेटिभ’ का अध्यक्ष घिमिरे पक्राउ

मञ्जुश्री ‘कोअप्रेटिभ’ का अध्यक्ष घिमिरे पक्राउ

सहकारीले बचतकर्तालाई चार वर्षदेखि पैसा फिर्ता नगरेको भनी वाग्मती प्रदेश सरकारको सहकारी मन्त्रालयमा उजुरी परेपछि सोही पत्रका आधारमा प्रहरी वृत्त बौद्धबाट खटिएको टोलीले शुक्रबार घिमिरेलाई पक्राउ गरेको हो...
दूरसञ्चार प्राधिकरणको नेतृत्व चयन सुरु, अध्यक्ष र ४ सदस्यका लागि दरखास्त आह्वान

दूरसञ्चार प्राधिकरणको नेतृत्व चयन सुरु, अध्यक्ष र ४ सदस्यका लागि दरखास्त आह्वान

दरखास्त दिने उम्मेदवारहरूले आफ्नो व्यक्तिगत विवरण (बायो-डेटा) सँगै प्राधिकरण सुधारका लागि तीनदेखि पाँच हजार शब्दसम्मको शिलबन्दी व्यावसायिक कार्ययोजना समेत पेस गर्नुपर्नेछ । नेपाली वा अङ्ग्रेजी भाषामा तयार पार्न...

भर्खरै