नेभिगेशन
सबै कुरा

मोटरसाइकलको ठक्करबाट प्रहरी जवानको मृत्यु

हेटौँडा : हेटौँडामा मोटरसाइकलको ठक्करबाट प्रहरी जवानको मृत्यु भएको छ। मकवानपुरको  हेटौँडा उपमहानगरपालिका–११, थानाभर्‍याङमा बुधबार बिहान पीटी दौडिँदै गरेका प्रहरी जवान  विनोद एडीलाई मोटरसाइकलले ठक्कर दिँदा उनको मृत्यु भएको हो । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

बजारतर्फबाट नवलपुरतर्फ जाँदै गरेको ना ४३ प २२२ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा उनीसहित ४ जना घाइते भएका थिए । घाइतेलाई उद्धार गरी पुर्याइएको थियो । अस्पताल पुर्याउनासाथ चिकित्सकले उनलाई मृतक घोषणा गरेका हुन् । दुर्घटनामा घाइते अन्य तीन जना उपचाररत छन् ।

Ncell
Extreme Energy

त्यस्तै दुर्घटनामा मोटरसाइकल चालक ४१ वर्षीय लक्ष्मण लामासमेत घाइते भएका छन् ।  उनको टाउकोमा चोट लागेका कारण हेटौँडा अस्पतालले थप उपचारका लागि नयाँ मेडिकल कलेज चितवन पठाएको छ । 

प्रहरीका अनुसार लामाले तिव्र गतिमा मोटरसाइकल चलाएका कारण अनियन्त्रित भएर दुर्घटना भएको हो । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
सशस्त्र प्रहरीको विद्यालयमा ११ करोड हिनामिना गर्ने इन्स्पेक्टर कल्पना सहित प्रेमीमाथि अख्तियारको अनुसन्धान

सशस्त्र प्रहरीको विद्यालयमा ११ करोड हिनामिना गर्ने इन्स्पेक्टर कल्पना सहित प्रेमीमाथि अख्तियारको अनुसन्धान

सशस्त्र प्रहरीको कीर्तिपुरस्थित विद्यालयमा ११ करोड भन्दा बढी रकम हिनामिना गरेको आरोपमा पक्राउ परेका  सशस्त्र प्रहरीकी इन्स्पेक्टर कल्पना गुरुङ र प्रेमी टासी भन्ने लीलाबहादुर लामामाथि अख्तियार दुरुपयोग अनुसन्धान...
त्रिवि एमबिएस प्रथम सत्रको प्रश्नपत्र कसरी बाहिरियो? अहिलेसम्म केके भयो?

त्रिवि एमबिएस प्रथम सत्रको प्रश्नपत्र कसरी बाहिरियो? अहिलेसम्म केके भयो?

त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायअन्तर्गत मास्टर्स अफ बिजनेश स्टडिज (एमबिएस) प्रथम सत्रको प्रश्नपत्र परीक्षा सुरु भएको केही मिनेटमै सामाजिक सञ्जालमा बाहिरिएको घटनाले सार्वजनिक भएको छ।
काठमाडौँमा ११ हजार बढी अपराधका घटना दर्ता, सबैभन्दा बढी बैंकिङ  कसुरका

काठमाडौँमा ११ हजार बढी अपराधका घटना दर्ता, सबैभन्दा बढी बैंकिङ कसुरका

काठमाडौँ प्रहरी परिसरले शुक्रबार पत्रकार सम्मेलन गर्दै आर्थिक वर्ष २०८२/८३ मा ११ हजार ८७ वटा अपराधको मुद्दा दर्ता भएको र ८ हजार ५ सय ७११ जनालाई पक्राउ गरिएको...
जंगलमा फेला पर्‍यो ११ नाल भरुवा बन्दुक

जंगलमा फेला पर्‍यो ११ नाल भरुवा बन्दुक

प्रहरी चौकी रामपुरबाट प्रहरी सहायक निरीक्षकको कमाण्डमा खटिएको प्रहरी टोलीले बिहान ९ बजे १ नाल बेचालु र १० नाल चालु (लोड नगरिएको) भरुवा बन्दुक फेला पारेको हो ।