नेभिगेशन
नेताका कुरा

कामु प्रधानन्यायाधीशलाई रविको चुनौती– मेरो गर्धन त्यहीँ छ, चलाइदिनुस् हतियार

काठमाडौँ । रास्वपा सभापति रवि लामिछानेले प्रधानन्यायाधीश सिफारिसलाई लिएर कामु प्रधानन्यायाधीश सपना मल्ल प्रधानको टिप्पणीप्रति असन्तुष्टि जनाएका छन् ।

पार्टीका सांसदका लागि रास्वपाले आयोजना गरेको प्रशिक्षण कार्यक्रमको समापनका अवसरमा सभापति लामिछानेले भने– ‘त्यस्तो रिस उठेको छ भने चलाइदिनुस् आफ्नो हतियार, मैले मेरो गर्धन त्यहीँ बुझाएर आएको छु ।’

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

सभापति लामिछानेले न्यायालयको गरिमा र प्रतिष्ठालाई सडकको विषय नबनाउन पनि आग्रह गरे । ‘न्यायालयको विषय सडकको विषय बनाइनु हुँदैन, अन्यायमा हामी पनि पर्यौं होला, हामीलाई पनि चिच्याई चिच्याई भन्न मन थियो, कराउन मन थियो, अन्याय भयो, न्याय पाऊँ भन्न मन थियो, तर, हरेक पटक अदालतको ढोकाबाट निस्किएर अदालतप्रति आशा छ, भरोसा छ भन्दै आएको छु ।’

Ncell
Extreme Energy

लामिछानेले अदालतबाट न्याय पाइन्छ भन्ने आशा अझै पनि रहेको बताए । उनले न्यायालयले आफूलाई सबल र सक्षम बनाउने अधिकार पाएको भन्दै त्यसो गर्न पनि सुझाब दिए ।

त्यसअघि लामिछानले मतदातालाई सम्मान गर्न र भाइरल बन्ने ध्याउन्नमा नलाग्न रास्वपाका सांसदहरुलाई निर्देशन दिएका थिए । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप नेताका कुरा
कांग्रेसको नेतृत्व छान्न भोलि बिहान १० बजेदेखि मतदान

कांग्रेसको नेतृत्व छान्न भोलि बिहान १० बजेदेखि मतदान

निर्वाचन समितिले राष्ट्रिय सभागृह, खुलामञ्च र प्रज्ञा भवनमा मतदान केन्द्र तोकेको छ।
‘चाडपर्व लक्षित सुरक्षा योजना– २०८३’ लागूः ५० हजार प्रहरी परिचालित, हिंसामा शून्य सहनशीलता

‘चाडपर्व लक्षित सुरक्षा योजना– २०८३’ लागूः ५० हजार प्रहरी परिचालित, हिंसामा शून्य सहनशीलता

विष्फोटक पदार्थको ओसारपसार, भन्सार छली, बैंक वित्तीय संस्थामा चोरी डकैती, लुटपाट, खाद्यान्न, लत्ताकपडा र उपभोग्य वस्तुको कृत्रिम अभाव, कालोबजारी, म्याद गुज्रिएका वा मिसावटयुक्त सामग्रीको बिक्री, हुण्डी र नक्कली...
भारतीय प्रधानमन्त्री मोदीको सार्वजनिक सेवामा २५ वर्ष पूरा, रास्वपा सभापति लामिछानेले दिए बधाई

भारतीय प्रधानमन्त्री मोदीको सार्वजनिक सेवामा २५ वर्ष पूरा, रास्वपा सभापति लामिछानेले दिए बधाई

सभापति लामिछानेले सामाजिक सञ्जाल एक्समार्फत मोदीलाई शुभकामना दिँदै उनको नेतृत्वमा भारतले हासिल गरेको रूपान्तरण र तीव्र प्रगतिबाट आफू प्रेरित भएको उल्लेख गरेका हुन् ।
कांग्रेसप्रति सबै उमेर समूहको भरोसा बढेको छः नेता आङ्देम्बे

कांग्रेसप्रति सबै उमेर समूहको भरोसा बढेको छः नेता आङ्देम्बे

कांग्रेस १५औँ महाधिवेशनअन्तर्गतको बन्दसत्रको समापन कार्यक्रममा नेता आङ्देम्बेले यसपटकको महाधिवेशनमा पार्टीको नीति, सिद्धान्त र भावी कार्यदिशाबारे छलफल भएकाले आफूलाई यो महाधिवेशन नौलो लागेको बताए ।