नेभिगेशन
समाज

सुकुम्बासीहरुको समस्याबाट मैले छाती हटाएको छैनः रवि लामिछाने

काठमाडौँ । रास्वपा सभापति रवि लामिछानेले भूमिहीन सुकुम्बासीका समस्याबाट आफूले छाती नहटाएको स्पष्ट पारेका छन् ।

आज आयोजित एक कार्यक्रममा सभापति लामिछानेले रास्वपा भूमिहीन तथा सुकुम्बासीको समस्या समाधान गर्न चाहेको बताए ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

‘हाम्रो कारणले, हाम्रो पार्टीको कारणले एउटा पनि सुकुम्बासीको घर ठडिएको छैन। विगतमा उनीहरूलाई भोट बैंकका रूपमा प्रयोग गरिएकाले यो समस्या बल्झिएको हो भन्ने जगजाहेर छ। हामी त यो समस्या समाधान गर्न चाहन्छौं’ उनले भने । 

Ncell
Extreme Energy

सभापति लामिछानेले अव्यवस्थित र असुरक्षित ढंगले नदी किनारामा बसेका र गैरकानुनी रूपमा सार्वजनिक जग्गा हडपेको अवस्थामा अहिलेको कदम चालिएको बताए।

‘भूमिहीनहरूको समस्याबाट मैले आफ्नो छाती हटाएको छैन। कसैले पनि भूमिहीनहरूलाई उचाल्न जानैपर्दैन। हामी उहाँहरूलाई अधिकार दिन्छौं। उहाँहरूलाई अधिकार नदिलाएसम्म मेरो छाती हट्नेवाला छैन’ लामिछानेले भने । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
कोरला सडक पूर्ण रूपमा अवरुद्ध

कोरला सडक पूर्ण रूपमा अवरुद्ध

कोरलानाका जोड्ने मुस्ताङ गेट नजिकैको घ्याकर खोलामा लेदो र गेग्रानसहितको बाढीले सडक ट्याक पूर्ण रूपमा क्षति भएको प्रहरी निरीक्षक बस्यालको भनाइ छ । कागबेनी देखि चैलेसम्म आधा दर्जन...
विपद्मा भ्रामक सूचना फैलाउने, गोपनीयता भङ्ग गर्ने, कालोबजारी गर्नेहरू निगरानीमाः प्रधानमन्त्री बालेन

विपद्मा भ्रामक सूचना फैलाउने, गोपनीयता भङ्ग गर्ने, कालोबजारी गर्नेहरू निगरानीमाः प्रधानमन्त्री बालेन

ठूला नदीहरूमा पानीको बहाव बढेपछि विभिन्न स्थानमा आवागमनसमेत रोकिएको प्रधानमन्त्री शाहले जानकारी दिए। महाकाली नदीमा जलसतह बढेपछि कञ्चनपुरको गड्डाचौकी हुँदै हुने नेपाल–भारत आवागमन प्रभावित भएको छ।
विपद् प्रभावित क्षेत्रमा राहत र उद्धारलाई तीव्रता दिन रास्वपाको आग्रह

विपद् प्रभावित क्षेत्रमा राहत र उद्धारलाई तीव्रता दिन रास्वपाको आग्रह

मौसमको प्रतिकूलता र विपद्को जोखिम अझै पूर्ण रूपमा नटरेको भन्दै रास्वपाले नदी तटीय तथा पहिरोको जोखिमयुक्त क्षेत्रमा बसोबास गर्ने नागरिकलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ। अत्यावश्यक कामबाहेक...