नेभिगेशन
समाज

अनावश्यक विषयहरूलाई धेरै उचालेर नागरिकमा आशंका पैदा नगर्न सभापति लामिछानेको आग्रह

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले अनावश्यक विषयहरूलाई धेरै उचालेर आम नागरिकमा आशंका पैदा नगर्न आग्रह गरेका छन्।

पार्टीले सांसदहरूका लागि आयोजना गरेको प्रशिक्षण कार्यक्रमको आइतबार ललितपुरमा समापन गर्दै सभापति लामिछानले सरकार बनाएको डेढ महिनामा थिति बसाल्ने अभियानमा आफुहरु रहेको भन्दै अनावश्यक विषयहरूलाई धेरै उचालेर आम नागरिकमा आशंका पैदा नगर्न राजनीतिक दलहरुलाई आग्रह गरेका हुन्।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

उनले  रास्वपाले पाएको जनमत यसअघिको निरन्तरताका लागि नभइ क्रमभङ्गताका लागि भएको सरकार फरक ढंगले अघि बढ्न खोजेको उल्लेख गरे। सभापति लामिछानेले आमनागरिक, समाज र देशले हामीलाई हेरिरहेको भन्दै देश बनाउने काममा रचनात्मक भूमिका खेल्न सांसदहरूलाई निर्देशन दिएका थिए।

Ncell
Extreme Energy

त्यस्तै उनले चुनावमा गरेका वाचाअनुसार नै सुकुमवासी र भूमिहीनलाई अधिकार दिने भन्दै यसका लागि सरकारले गरेको कामलाई अतिरञ्जीत गर्न आवश्यक नरहेका धारणा व्यक्त गरेका थिए। सभापति लामिछानेले संवैधानिक व्यवस्थाअनुसार प्रधानन्यायाधीशको सिफारिस भएको बताए।

सभापति लामिछानेले देशमा रहेका समस्या समाधानका लागि अध्यादेश ल्याइएको र पार्टी नेतृत्वको सरकार जनताको हितभन्दा बाहिर नजाने स्पष्ट पारे। त्यस्तै उनले पार्टी जनताको माया र देशको भविष्यप्रति चिन्तित रहेकाले देशलाई अप्ठेरो हुने कुनै पनि काम नगर्ने धारणा राखेका थिए।

सभापति लामिछानले भाइरल हुनुभन्दा संसदमार्फत मुलुकलाई आवश्यक कानून निर्माणमा ध्यान दिन सांसदहरुलाई निर्देशन समेत दिए।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
कुलेखानीमा जलसतह बढ्न नदिन पूर्ण क्षमतामा विद्युत् उत्पादन

कुलेखानीमा जलसतह बढ्न नदिन पूर्ण क्षमतामा विद्युत् उत्पादन

हाल कुलेखानी जलाशयको जल सतह एक हजार ५२२.७५ मिटर रहेको जानकारी दिँदै उनले तीनवटै युनिटबाट पूर्ण रुपमा विद्युत् उत्पादन भइरहेका कारण जल सतह धेरै बढ्न नसकेको जानकारी दिए...
सवारी लाइसेन्स स्वास्थ्य परीक्षणमा बेथिति, प्रदेशपिच्छे फरक मूल्य, बागमतीमा सिन्डिकेट

सवारी लाइसेन्स स्वास्थ्य परीक्षणमा बेथिति, प्रदेशपिच्छे फरक मूल्य, बागमतीमा सिन्डिकेट

यातायात सेवा कार्यालयहरुमा सवारी लाइसेन्सकालागि गरिने स्वास्थ्य परीक्षणमा बेथिति देखिएको छ । सातै प्रदेशका यातायातसम्बद्ध मन्त्रालयहरूले सेवाग्राहीका लागि स्वास्थ्य परीक्षण गर्न स्वास्थ्य संस्था, चिकित्सकहरुसँग सम्झौता गरेर सेवाग्राहीको स्वास्थ्य...
कोशी बराजमा पानीको बहाव २ लाख ४० हजार क्युसेक नाघ्यो

कोशी बराजमा पानीको बहाव २ लाख ४० हजार क्युसेक नाघ्यो

कोशी बराजमा पानीको बहाव बढेर २ लाख ४० हजार ५५५ क्युसेक पुगेको छ।
नेपालकाे आवाज विश्वमञ्चमा सफलतापूर्वक साझा गरेकोमा प्रधानमन्त्री, परराष्ट्रमन्त्री  र प्रतिनिधिमण्डलाई धन्यवादः सचेतक धिताल

नेपालकाे आवाज विश्वमञ्चमा सफलतापूर्वक साझा गरेकोमा प्रधानमन्त्री, परराष्ट्रमन्त्री र प्रतिनिधिमण्डलाई धन्यवादः सचेतक धिताल

उनले लेखेकी छन्, ‘हाम्रो आवाज विश्वमञ्चमा साझा गर्ने पहिलो कर्तव्य त हामीले सफलतापूर्वक पूरा गरेका छौँ। तर यो चरण यस यात्राको श्रीगणेश हो इतिश्री होइन । हामीले आँटेको...

भर्खरै