नेभिगेशन
समाज

अमेरिका पक्षधर देशले हर्मुजमा ‘कठिनाइको सामना गर्नुपर्ने’ इरानी सेनाको चेतावनी

इस्लामिक गणतन्त्र इरानविरुद्ध संयुक्त राज्य अमेरिकाले लगाएका प्रतिबन्धहरूको पालना गर्ने देशहरूले ‘स्ट्रेट अफ हर्मुज’ पार गर्न कठिनाइको सामना गर्नुपर्ने इरानको सेनाले आइतबार चेतावनी दिएको छ ।

यसै महिनाको सुरुवातमा अमेरिकी सरकारले इरानको हित र चासोका बिषयमा नयाँ प्रतिबन्ध लगाएको थियो । अमेरिकाले जहाजलाई तेहरानका अधिकारीहरूलाई उक्त जलमार्गबाट जान पैसा नदिन आग्रह गरेको थियो ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

एएफपीले प्राप्त गरेको सूचना अनुसार संयुक्त राज्य अमेरिका र बहराइनले इरानलाई जलमार्गबाट ढुवानीमा प्रतिबन्ध रोक्न आग्रह गरिएको संयुक्त राष्ट्रसङ्घमा पेश गर्न तयार पारिएको प्रस्तावको मस्यौदा तयार गरेका छन् ।

Marvel
Extreme Energy

प्रस्तावमा फेब्रुअरी २८ मा युद्ध सुरु भएदेखि एक प्रमुख तनावको केन्द्र बनेको ‘स्ट्रेट अफ हर्मुज’ को जलमार्गबाट ढुवानीमा प्रतिबन्ध रोक्न आग्रह गरिएको छ ।

इरानको आधिकारिक समाचार संस्था इर्नाले इरानी सैनिक अधिकारी मोहम्मद अक्रामनियाले आइतबार उद्धृत गर्दै लेखेको छ, “इस्लामिक गणतन्त्र इरानमाथि प्रतिबन्ध लगाएर अमेरिकाको आदेश पालना गर्ने देशहरूलाई निश्चित रूपमा यो जलमार्ग पार गर्न कठिनाइ हुनेछ ।”

उनले भने, “हामीले स्ट्रेट अफ हर्मुजमा नयाँ कानुनी र सुरक्षा प्रणाली स्थापना गरेका छौँ । अबदेखि कुनै पनि जहाजले यसबाट जान चाहेमा हामीसँग समन्वय गर्नुपर्छ ।”

उनले यो प्रणाली अहिले लागू भएको र यसले आर्थिक, सुरक्षा र राजनीतिक लाभ ल्याउने बताए। शनिबार इरानी संसदको राष्ट्रिय सुरक्षा आयोगका प्रमुख इब्राहिम अजिजीले एक्समा एक पोष्ट गर्दै नयाँ विधेयक प्रस्ताव गरिएको बताएका थिए।

उनले भने, “हामी बहराइनजस्ता साना राष्ट्र र सरकारलाई जानकारी गराउँछौँ कि अमेरिकी प्रस्तावको पक्ष लिँदा उनीहरूले गम्भीर परिणाम भोग्नुपर्ने हुन्छ । ‘स्ट्रेट अफ हर्मुज’ विश्वभर इन्धन ढुवानीका लागि एक महत्त्वपूर्ण जलमार्ग हो । यो मार्ग भएर विश्वको आवश्यकताको कम्तिमा २० प्रतिशत इन्धन ढुवानी हुन्छ । यसलाई सधैँभरि आफैँमा बन्द गर्ने जोखिम नलिनुहोस्,” उनले भने ।

इरानले जलमार्गबाट केवल एकाध जहाजलाई जान अनुमति दिएको छ, जुन मार्गले शान्तिकालमा विश्वको तेल र ग्याँस प्रवाहको पाँच भागको एक भागका साथै अन्य महत्त्वपूर्ण वस्तुहरूको लागि सेवा प्रवाह गर्छ ।

गत महिना संसदका उपसभामुख हमिद्रेजा हाजिबाबेईले तेहरानले मार्गमा लगाएको शुल्कबाट पहिलो पटक राजस्व प्राप्त गरेको बताएका थिए।

संयुक्त राज्य अमेरिका र बहराइनले प्रस्ताव गरेको संयुक्त राष्ट्रसङ्घ सुरक्षा परिषद्को प्रस्तावलाई भिटो शक्ति प्रयोग गरी रोक्न आफू तयार रहेको बताएको छ । 
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
एनपीएलका आठवटै क्लबका लागि फ्लडलाइटसहितका क्रिकेट रंगशाला बनाउने प्रधानमन्त्रीको घोषणा

एनपीएलका आठवटै क्लबका लागि फ्लडलाइटसहितका क्रिकेट रंगशाला बनाउने प्रधानमन्त्रीको घोषणा

सरकारका अनुसार क्रिकेट रंगशाला पूर्वाधार विकास मन्त्रालयमार्फत निर्माण गरिनेछ । धनगढीस्थित फाप्ला क्रिकेट रंगशालाको निर्माण प्रक्रिया अघि बढिसकेको छ भने आगामी तीन महिनाभित्र बाँकी सबै रंगशालाको निर्माण प्रक्रिया...
लुम्बिनीलाई १० विकेटले हराउँदै सुदूरपश्चिमले जित्यो पहिलोपटक एनपीएल उपाधि

लुम्बिनीलाई १० विकेटले हराउँदै सुदूरपश्चिमले जित्यो पहिलोपटक एनपीएल उपाधि

सुदूरपश्चिमको जितमा ओपनर जर्ज मुन्सेले विस्फोटक ब्याटिङ गरे । उनले ५४ बलमा अविजित १२५ रन बनाए । उनको इनिङ्समा ७ चौका र ११ छक्का समावेश थिए । अर्का...
परराष्ट्रमन्त्री खनालसँग जापानी उपविदेशमन्त्री फुजीको शिष्टाचार भेटवार्ता

परराष्ट्रमन्त्री खनालसँग जापानी उपविदेशमन्त्री फुजीको शिष्टाचार भेटवार्ता

सो अवसरमा परराष्ट्रमन्त्री खनालले नेपाल भ्रमणमा रहेका जापानी उपमन्त्री फुजीलाई हार्दिक स्वागत गरे । उनले हालै रसुवा–भोटेकोशी क्षेत्रमा आएको बाढीपछि तत्काल राहत तथा सहयोग उपलब्ध गराएको र पुनःनिर्माणका...
एनपीएल फाइनलमा लुम्बिनीले सुदूरपश्चिमलाई दियो १५६ रनको लक्ष्य

एनपीएल फाइनलमा लुम्बिनीले सुदूरपश्चिमलाई दियो १५६ रनको लक्ष्य

लुम्बिनीका लागि दिलिप नाथले सर्वाधिक ३९ रन बनाए । उनले ३० बलमा ३९ रन बनाउँदै अविजित रहे । त्यस्तै कप्तान रोहितकुमार पौडेलले ३१ बलमा ३० रन बनाए ।