नेभिगेशन
समाज

विद्यालय तहदेखि खेल प्रतिभा पहिचान गरिने, खेल क्षेत्रको व्यावसायीकरण गरिने

काठमाडौँ । सरकारले खेलकुद क्षेत्रलाई राष्ट्रिय एकता, जनस्वास्थ्य प्रवर्द्धन, पर्यटन विकास तथा आर्थिक समृद्धिसँग आबद्ध गर्दै विद्यालय तहदेखि नै खेल प्रतिभा पहिचान तथा विकास कार्यक्रम सञ्चालन गर्ने भएको छ ।

सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकलाई आज सम्बोधन गर्दै राष्ट्रपति रामचन्द्र पौडेलबाट प्रस्तुत सरकारको नीति तथा कार्यक्रममा खेल क्षेत्रको व्यावसायीकरणलाई प्रोत्साहन गरिने, निजी क्षेत्रको सहभागिता विस्तार गरिने तथा खेलाडीको सामाजिक सुरक्षा सुनिश्चित गरिने उल्लेख गरिएको हो ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

नीति तथा कार्यक्रममा खेल पूर्वाधार विकास, प्रतिस्पर्धात्मक खेल संस्कृतिको प्रवर्द्धन तथा अन्तरराष्ट्रियस्तरमा नेपालको खेल पहिचान स्थापित गर्ने दिशामा सरकार प्रतिबद्ध रहेको जनाइएको छ ।

Ncell
Extreme Energy

युवालाई राष्ट्र निर्माण तथा सामाजिक रूपान्तरणमा सक्रिय बनाउने उद्देश्यले राष्ट्रिय स्वयंसेवक कार्यक्रम सञ्चालन गरिने भएको छ । उक्त कार्यक्रममार्फत युवालाई वित्तीय साक्षरता, समुदाय सेवा, नवप्रवर्तन र स्थानीय विकासका गतिविधिमा परिचालन गरिने सरकारको लक्ष्य रहेको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
कोरलानाका क्षेत्रमा बेमौसमी हिमपात, लोमान्थाङ आसपासका बस्तीमा भारी वर्षा

कोरलानाका क्षेत्रमा बेमौसमी हिमपात, लोमान्थाङ आसपासका बस्तीमा भारी वर्षा

कोरलानाका क्षेत्रमा हिमपात भएसँगै निकासी तथा पैठारीका कन्टेनर ढुवानीका साधनलाई आवतजावतमा समस्या देखिएको छ । बर्सेनि हिउँदयाम सुरु हुँदै गर्दा उपल्लो मुस्ताङको कोरलानाका क्षेत्रमा असोज महिनामै हिमपात भएको...
गृहमन्त्रीद्वारा एमाले पार्टी कार्यालय आसपासका क्षेत्रबाट खोलाको बहाव अवलोकन

गृहमन्त्रीद्वारा एमाले पार्टी कार्यालय आसपासका क्षेत्रबाट खोलाको बहाव अवलोकन

यसैबीच गृहमन्त्री सुधन गुरुङ ललितपुरको च्यासलस्थित नेपाल कम्युनिष्ट पार्टी (एमाले)को मुख्यालय आसपासका क्षेत्रमा पुगी खोला तथा पानीको बहावको अवस्थाबारे सुरक्षाकर्मीसँग जानकारी लिएका छन् ।
भोटेकोशी बाढीः रसुवाका २०१ अभिभावक र  ३८ जना विद्यार्थी बेपत्ता

भोटेकोशी बाढीः रसुवाका २०१ अभिभावक र  ३८ जना विद्यार्थी बेपत्ता

निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) का  अध्यक्ष पासाङ लामाका अनुसार जिल्लाका विभिन्न संस्थागत विद्यालयमा अध्ययनरत ३८ जना विद्यार्थी बाढीमा परी बेपत्ता भएका छन् ।

भर्खरै