नेभिगेशन
समाज

मौसम अपडेटः काठमाडौँ लगायत देशका अधिकांश स्थानमा न्यून चापीय प्रणालीको असर

काठमाडौँ । काठमाडौं उपत्यका लगायत देशका अधिकांश स्थानमा पूर्ण रुपमा मौसम खुल्ने अवस्था नरहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

पश्चिमी वायु, स्थानीय वायु र नेपालको पूर्वी भू–भाग नजिक तल्लो वायुमण्डलमा रहेको न्यून चापीय प्रणालीको असर अधिकांश स्थानमा देखिएकाले पूर्ण रुपमा मौसम खुल्ने अवस्था नरहेको महाशाखाले जनाएको हो । जल तथा मौसम विज्ञान विभागकी मौसमविद् बिनु महर्जनले बेला–बेला घाम लागेपनि मौसम भने पूर्ण रुपमा खुल्न केहि दिन लाग्ने बताए ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

उनले कोशी प्रदेश तथा बाँकी प्रदेशका हिमाली र पहाडी भू–भाग हल्का बर्षा र तराईका क्षेत्रमा भने केहि स्थानमा भने मेघ गर्जनसहित बर्षाको सम्भावना रहेको जानकारी दिए। देशमा पश्चिम भूभाग तर्फ बर्षाको क्रम क्रमश कम हुँदै जाने उनको भनाइ छ ।

Ncell
Extreme Energy

महाशाखाका अनुसार मंगलबार र बुधबार कोशी, मधेस, बागमती र गण्डकी प्रदेशलगायत देशका हिमाली र पहाडी भू–भागमा साधारणतया बादल लाग्नेछ र बाँकी भू–भागमा आंशिक बादल लाग्नेछ । पश्चिमी वायुका कारण देशका केहि स्थानमा हावाहुरीको सम्भावना समेत रहेको महाशाखाले जनाएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
कोरलानाका क्षेत्रमा बेमौसमी हिमपात, लोमान्थाङ आसपासका बस्तीमा भारी वर्षा

कोरलानाका क्षेत्रमा बेमौसमी हिमपात, लोमान्थाङ आसपासका बस्तीमा भारी वर्षा

कोरलानाका क्षेत्रमा हिमपात भएसँगै निकासी तथा पैठारीका कन्टेनर ढुवानीका साधनलाई आवतजावतमा समस्या देखिएको छ । बर्सेनि हिउँदयाम सुरु हुँदै गर्दा उपल्लो मुस्ताङको कोरलानाका क्षेत्रमा असोज महिनामै हिमपात भएको...
गृहमन्त्रीद्वारा एमाले पार्टी कार्यालय आसपासका क्षेत्रबाट खोलाको बहाव अवलोकन

गृहमन्त्रीद्वारा एमाले पार्टी कार्यालय आसपासका क्षेत्रबाट खोलाको बहाव अवलोकन

यसैबीच गृहमन्त्री सुधन गुरुङ ललितपुरको च्यासलस्थित नेपाल कम्युनिष्ट पार्टी (एमाले)को मुख्यालय आसपासका क्षेत्रमा पुगी खोला तथा पानीको बहावको अवस्थाबारे सुरक्षाकर्मीसँग जानकारी लिएका छन् ।
भोटेकोशी बाढीः रसुवाका २०१ अभिभावक र  ३८ जना विद्यार्थी बेपत्ता

भोटेकोशी बाढीः रसुवाका २०१ अभिभावक र  ३८ जना विद्यार्थी बेपत्ता

निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) का  अध्यक्ष पासाङ लामाका अनुसार जिल्लाका विभिन्न संस्थागत विद्यालयमा अध्ययनरत ३८ जना विद्यार्थी बाढीमा परी बेपत्ता भएका छन् ।

भर्खरै