नेभिगेशन
समाज

आङ्देम्बेको प्रश्न- प्रधानमन्त्रीलाई बधाई दिउँ कि दुःख व्यक्त गरुँ ?

काठमाडौँ । नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले ‘सदनमा राष्ट्रपतिले सम्बोधन गरिरहँदा प्रधानमन्त्री बालेन शाह उठेर हिँडेर विश्व रेकर्ड कायम गरेको भन्दै बधाई दिउँ कि दुःख व्यक्त गरुँ ?’ भनेर प्रश्न गरेका छन् ।

प्रतिनिधिसभाको आजको बैठकमा बोल्दै प्रमुख प्रतिपक्षी दलका नेता आङ्देम्बेले प्रधानमन्त्री प्रधानमन्त्रीले संसदीय मर्यादाको गम्भीर उल्लंघन गरेको आरोप लगाएका हुन् ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

नेता आङ्देम्बेले वर्तमान सरकारले लोकतान्त्रिक मूल्यमा बारम्बार चोट पुर्याएको दाबी गरे । ‘बोलाइसकेको सदन रोकेर अध्यादेशको बाटो रोज्दा संसद्प्रति सरकारको निष्ठामाथि नै शङ्का उत्पन्न भएको छ’, उनले भने–  ‘हामीले सरकारलाई रचनात्मक रूपमा सहयोग गर्छौं भनेकै छौँ। तर सरकारलाई सामाजिक सञ्जालमा खोज्नुपर्ने अवस्था आयो।’

Ncell
Extreme Energy

नेता आङ्देम्बेले तत्कालीन गृहमन्त्री सुधन गुरूङमाथि छानबिन गर्न सरकार किन हिच्किचाएको भनेर पनि प्रश्न गरे । ‘अरूलाई भ्रष्टाचारको एकोहोरो आरोपबाट अल्गोरिदमिक खेदाइ गर्ने तर आफ्नै तत्कालीन गृहमन्त्रीमाथि लागेको संगीन आरोपहरूको कुनै छानबिन नगर्ने कस्तो सुशासन हो? तत्कालीन गृहमन्त्री माथिको आरोपहरूको निष्पक्ष छानबिन किन हच्किएको म सभामुखज्यूमार्फत सोध्न चाहन्छु,’ उनले प्रश्न गरे।

उनले २०४७ देखि २०५९ सालका सार्वजनिक पदमा बसेका व्यक्तिहरूको सम्पत्ति छानबिन गर्न बनेको लम्साल आयोगको प्रतिवेदन कार्यान्वयन गर्न केले छेकेको छ भनेर पनि प्रश्न गरे । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
बिजुलीमा भ्याट हटाउने विषयमा सैद्धान्तिक सहमति भन्दै भएको प्रचार सही होइनः अर्थमन्त्रीको सचिवालय

बिजुलीमा भ्याट हटाउने विषयमा सैद्धान्तिक सहमति भन्दै भएको प्रचार सही होइनः अर्थमन्त्रीको सचिवालय

अर्थमन्त्रीका प्रमुख स्वकीय सचिव नवीन ढुंगानाका  अनुसार प्रचारप्रसार गरिएजस्तो अर्थमन्त्रीले उक्त विषयमा छलफल गर्न आइतबार साँझ वा गएको साता कुनै भेटघाट र छलफल गरेका छैनन् ।
ऋण असुलीबाट समस्याग्रस्त ६ सहकारीका ७९ जना बचतकर्ताले पाए रकम फिर्ता

ऋण असुलीबाट समस्याग्रस्त ६ सहकारीका ७९ जना बचतकर्ताले पाए रकम फिर्ता

पहिलो चरणमा थोरै बचत रकम भएका बचतकर्ताहरूलाई रकम फिर्ता गरिएको समितिले जनाएको छ । यसरी नै क्रमश बचतकर्ताको रकमका आधारमा वर्गीकरण गरेर रकम फिर्ता गरिने छ ।
राजनीतिक दलको कार्यक्रममा सहभागी हुने सिन्धुलीका ४ शिक्षकलाई कारबाही सिफारिस

राजनीतिक दलको कार्यक्रममा सहभागी हुने सिन्धुलीका ४ शिक्षकलाई कारबाही सिफारिस

शिक्षा विकास तथा समन्वय एकाईले सिन्धुलीका ४ जना शिक्षक कर्मचारीलाई काबाही सिफारिस गरेको हो । ज्ञानकुञ्ज मावी पचरुखीका प्रेम प्रसाद भट्टराई, कुशेश्वर विद्यापिठ दुम्जाका सर्वेश्वर कोइराला, मा.वि.लाप्पनबतासेका अर्जुन...
प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित

प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित

विधेयक प्रस्तुत गर्दै मन्त्री गौतमले यसअघि राज्य, व्यवस्था तथा सुशासन समितिमा विधेयकमाथि बृहत् छलफल भएको बताइन् । उनले बालबालिकाको अधिकार सर्वोपरी राखेर विधेयक अघि बढाइएको जानकारी गराइन् ।

भर्खरै