नेभिगेशन
समाज

अरुलाई भन्दा धेरै जनताको समर्थन मलाई छः महावीर पुन

काठमाडौँ । स्वतन्त्र सांसद महावीर पुनले अरु दलका नेता र सांसदलाई भन्दा जनताको समर्थन आफूलाई बढी भएको दाबी गरेका छन् ।

प्रतिनिधिसभाको आजको बैठकमा बोल्दै सांसद पुनले अरु पार्टीका सांसदलाई भन्दा आफूलाई कम समय दिइएकोप्रति आपत्ति जनाए । ‘अरुलाई भन्दा मलाई समर्थन बढी छ, त्यसैले मलाई कम समय दिइएको कुरा चित्त बुझेको छैन’ उनले भने ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

अन्तरिम सरकारका शिक्षामन्त्री समेत रहेका पुनले आफूले त्यतिबेला ल्याउन खोजेको अध्यादेश अहिलेको सरकारले समेत नल्याएको भनदै असन्तुष्टि जनाए । ‘मैले ल्याउन खोजेको अध्यादेश यो सरकारले पनि ल्याएन । विज्ञान प्रविधि तथा नवप्रवर्तन मन्त्रालय किन नबनाएको ? खर्च ठूलो कि अनुसन्धान ?’ उनले भने ।

Ncell
Extreme Energy

त्यसपछि पनि उनले प्रश्न गरिरहे– ‘प्राधिकरण बनाएर नवप्रवर्तन र अनुसन्धान हुन्छ ? खोई कुरा बुझेको ?’ उनले आफूलाई सानो सानो कुरामा पनि चित्त नबुझेको बताउँदै भने– ‘म मन्त्री हुँदा हरेक विद्यालयमा कम्प्युटर विषय राख्ने र कम्प्युटर शिक्षक दरबन्दी राख्ने भनेको थिएँ, अहिलेसम्म भएको छैन ।’

सांसद पुनले आगामी बजेटमा पुँजीगत खर्चको एक प्रतिशत नवप्रवर्तनमा आउनै पर्ने बताउँदै भने– ‘बजेटमा आएन भने हल्ला गरिरहन्छु।’ नीति तथा कार्यक्रममा विज्ञान भन्ने शव्द नै नभएको बताउँदै उनले भने– ‘अहिलेको नेतृत्वलाई विज्ञानसँग किन यति धेरै रिस ? विज्ञानले कसको के खाइदिएको छ ? 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
मालढुङ्गामा पुल छ बाटो छैन, बिलखबन्दमा मानिसहरू

मालढुङ्गामा पुल छ बाटो छैन, बिलखबन्दमा मानिसहरू

असोज ११ गते कालीगण्डकीमा आएको भीषण लेदोसहितको बाढीले बागलुङ र पर्वत जोड्ने मालढुङ्गा पुलको पर्वततर्फको पहुँचमार्ग बगाइदिएपछि पुल भएर पनि बागलुङको सडक सम्पर्क विच्छेद भएको छ।
प्रधानमन्त्री राहत कोषमा मौज्दात १७ अर्ब नाघ्यो

प्रधानमन्त्री राहत कोषमा मौज्दात १७ अर्ब नाघ्यो

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार  कोषका विभिन्न खातामा आज राति ८ः०० बजेसम्म मौज्दात रकम रु १७ अर्ब ६ करोड ८० लाख ४१ हजार ४६४ पुगेको छ ।
बीपी र प्रदीप गिरिको वैचारिक विरासत बोकेर महामन्त्रीको मैदानमा शंकर तिवारी

बीपी र प्रदीप गिरिको वैचारिक विरासत बोकेर महामन्त्रीको मैदानमा शंकर तिवारी

कांग्रेसको नेतृत्वका लागि मैदानमा उत्रिएका तिवारीको परिचय भने परम्परागत अर्थमा ‘राजनीतिक नेता’को भन्दा केही फरक छ । उनलाई लामो समयसम्म कांग्रेसका धेरै कार्यकर्ताले नेताभन्दा बढी राजनीतिक अध्येता, लेखक,...
चोलेन्द्रको घरमा मारिएको छापा सरकारी निकायको नियमित कामः सरकार

चोलेन्द्रको घरमा मारिएको छापा सरकारी निकायको नियमित कामः सरकार

चोलेन्द्रको घरमा तलासीबारे सोधिएको प्रश्नमा प्रवक्ता पोखरेलले भने, ‘सरकारी निकायले आफ्नो नियमित कामहरु गरिरहेको छ । थप केही खुलाउन आवश्यक भए सम्पत्ति शुद्धिकरण वा सम्बन्धित मन्त्रालयबाट खुल्छ ।...