नेभिगेशन
समाज

सम्पत्ति छानबिन आयोग खारेजको माग गर्दै सर्वोच्चमा अर्को रिट दायर

काठमाडौँ । सरकारले गठन गरेको सम्पत्ति छानबिन आयोग खारेजको माग गर्दै सर्वोच्च अदालतमा रिट दायर भएको छ। 

मंगलबार अधिवक्ता प्रेमराज सिलवालले रिट दायर गरेका हुन्। 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

सरकारले वैशाख २ गते सर्वोच्च अदालतका पूर्वन्यायाधीश राजेन्द्रकुमार भण्डारीको नेतृत्वमा सम्पत्ति छानबिन आयोग गठन गरेको थियो। आयोगले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको भूमिका र कार्यक्षेत्रमा हस्तक्षेप गर्ने दाबी रिट निवेदकको छ। 

Ncell
Extreme Energy

न्यूनतम क्षेत्राधिकार समेत मिचेर पूर्वप्रधानन्यायाधीश र न्यायाधीशको सम्पत्ति आयोगले छानबिन गर्ने तथा बहालवालाको हकमा समेत आयोगमा उजुरी गर्न सकिने व्यवस्थाले न्यायाधीशलाई सरकारले त्रास, डर र आशमा राखी स्वतन्त्र तथा सक्षम न्यायालयमाथि असंवैधानिक एवं गैरकानुनी हमला गर्ने काम गरेको निवेदकको जिकिर छ। आयोग क्षेत्राधिकारविहीन र गैरकानुनी भएकाले खारेज गर्न माग गरिएको छ।


आयोग खारेज गर्न माग गर्दै यसअघि पनि वैशाख १५ मा पनि रिट दायर भएको थियो। 
उक्त रिटमा वैशाख १६ गते न्यायाधीश बालकृष्ण ढकालको एकल इजलासले कारण देखाउ आदेश जारी गर्दै लिखित जवाफ माग गरेको थियो।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
वीरगंजमा हवाई इन्धन चोरी गर्दै गरेको अवस्थामा ७ जना पक्राउ, एक ट्याङ्कर नियन्त्रणमा

वीरगंजमा हवाई इन्धन चोरी गर्दै गरेको अवस्थामा ७ जना पक्राउ, एक ट्याङ्कर नियन्त्रणमा

छापा मार्ने क्रममा ना ७ ख १५३९ नम्बरको ट्याङ्करबाट हवाई इन्धन चोरी गरिरहेको अवस्थामा ७ जना व्यक्तिसहित उक्त ट्याङ्कर नियन्त्रणमा लिइएको डीएसपी मल्लले जानकारी दिए । प्रहरीले करिब...
करदाता प्रोत्साहन उपहार कार्यक्रमको प्राविधिक तयारी पूरा, शुक्रबार १५ जनालाई एक-एक लाख र एक जनालाई १० लाख उपहार घोषणा हुने

करदाता प्रोत्साहन उपहार कार्यक्रमको प्राविधिक तयारी पूरा, शुक्रबार १५ जनालाई एक-एक लाख र एक जनालाई १० लाख उपहार घोषणा हुने

उनका अनुसार साउन १ गतेदेखि १५ गतेसम्म अनलाइनमार्फत वस्तु तथा सेवा खरिद गरेका उपभोक्ता र नगदमा वस्तु तथा सेवाको कारोबार गरेर विभागको वेबसाइटमा भौतिक रूपमा बिल अपलोड गरेका...
कांग्रेस मुद्दामा सर्वोच्चको निस्साः संस्थापन पक्ष ढुक्क, देउवा पक्ष आशावादी

कांग्रेस मुद्दामा सर्वोच्चको निस्साः संस्थापन पक्ष ढुक्क, देउवा पक्ष आशावादी

उनले त्यहीँ थपे– ‘निर्वाचन आयोग र न्यायालयले पदाधिकारी देखे, उनीहरुको क्षेत्राधिकार देखेनन् ।’ उनको यो भनाइको अर्थ हो– ‘तत्कालीन महामन्त्री गगनकुमार थापा र विश्वप्रकाश शर्माले विशेष महाधिवेशन आह्वान...
बागमती सरकारबारे पार्टी निर्णय कार्यान्वयनमा दृढ रहने राप्रपा सांसदहरूको संकल्प

बागमती सरकारबारे पार्टी निर्णय कार्यान्वयनमा दृढ रहने राप्रपा सांसदहरूको संकल्प

छलफलमा बागमती प्रदेश सरकारका विषयमा पार्टीको केन्द्रीय कार्यसम्पादन समितिले गरेको निर्णयको मर्मअनुसार एकताबद्ध, पूर्ण प्रतिबद्ध र समर्थनमा रहने सामूहिक संकल्प सांसदहरूले व्यक्त गरेका छन्।

भर्खरै