नेभिगेशन
समाज

अब स्कूलमा बिदा घट्ने, हिउँदे र बर्से बिदा ३० दिन मात्रै

काठमाडौँ । सातामा दुई दिने बिदा निर्णयलाई ध्यानमा राखेर सरकारले स्कूलमा हिउँदे र बर्से बिदा घटाउन परिपत्र गरेको छ। 

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयअन्तर्गतको शिक्षा तथा मानवस्रोत विकास केन्द्रले मंगलबार सबै शिक्षा विकास तथा समन्वय एकाइ, स्थानीय तह र विद्यालयलाई परिपत्र गरेको हो। 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

केन्द्रका निर्देशक डा.श्यामप्रसाद आचार्य पठाएको पत्रमा शिक्षण संस्थामा शनिबार र आइतबारको बिदा दिन भनिएको छ। 

Extreme Energy
citizen life

दुई दिने बिदाले गर्दा पाठ्यक्रमले तोकेअनुसारको कार्यघण्टालाई असर नपर्ने गरी अन्य व्यवस्था गर्न ६ बुँदे निर्देशन दिइएको छ। ‘प्रत्येक दिन प्रार्थना समय १५ मिनेट र खाजा समय ३० मिनेट व्यवस्थापन गर्ने,’ पत्रमा भनिएको छ। 

त्यस्तै, सोमबारदेखि शुक्रबारसम्म पूरा समय पठनपाठनसँग सम्बन्धित क्रियाकलाप सञ्चालन गर्न भनिएको छ। यससँगै हिउँदे र बर्से बिदाको अवधि ३० दिन कायम गर्न पत्राचार गरिएको छ। यसअघि हिउँदे र बर्से बिदा ४५ दिन हुने गरेको थियो। 

यससँगै पहिलो र दोस्रो त्रैमासिकमा गरिने आन्तरिक मूल्यांकनलाई पठनपाठन भएकै दिन वा पठनपाठनमा असर नपर्ने दिनमा गर्नेगरी व्यवस्थापन गर्न भनिएको छ। 
अन्तिम परीक्षा तथा नतिजा प्रकाशनका लागि शैक्षिक सत्रको अन्तिम १२ दिनलाई उपयोग गर्न सुझाइएको छ। 

school-holiday_FaPmiXvxAq-1778587973.jpg
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
एस जयशंकरलाइलाई नेपाल भ्रमणको निम्तो , मिति टुंगिएकौ छैनः भारतीय विदेशमन्त्रालय

एस जयशंकरलाइलाई नेपाल भ्रमणको निम्तो , मिति टुंगिएकौ छैनः भारतीय विदेशमन्त्रालय

उनले भने ‘हाम्रा विदेशमन्त्रीको पनि नेपालका विदेशमन्त्रीसँग कुराकानी भएको थियो, उहाँहरूबीच मोरेसिसमा भेटवार्ताका क्रममा विदेशमन्त्रीलाई नेपालको तर्फबाट निम्तो आएको थियो ।’
अर्घाखाँची बस दुर्घटनामा मृतकको संख्या ४ पुग्यो

अर्घाखाँची बस दुर्घटनामा मृतकको संख्या ४ पुग्यो

मंगलबार अर्घाखाँचीको पाणिनी गाउँपालिका–८ को कुरुलेफाँट नजिक बसदुर्घटना हुँदा २ जनाको घटनास्थलमै मृत्यु भएको थियो भने अन्य दुई जनाको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
नेपाल-भारत पारस्परिक सहायता सम्झौता संसद्‌मा पेस, विदेशमा लुकाएको सम्पत्ति फिर्ता ल्याउन सहज हुने

नेपाल-भारत पारस्परिक सहायता सम्झौता संसद्‌मा पेस, विदेशमा लुकाएको सम्पत्ति फिर्ता ल्याउन सहज हुने

बुधबार बसेको प्रतिनिधिसभाको बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोबिता गौतमले पेस गरेकी हुन् । सम्झौता संसद्‌मा पेस गर्दै मन्त्री गौतमले यो सम्झौतापछि भ्रष्टाचार गरी अर्को मुलुकमा लुकाएको...
मदन–आश्रित स्मृति दिवस मनाउन एमालेद्वारा मातहतका कमिटीलाई निर्देशन

मदन–आश्रित स्मृति दिवस मनाउन एमालेद्वारा मातहतका कमिटीलाई निर्देशन

एमालेको केन्द्रीय कार्यालय, च्यासलमा मंगलबार भएको बैठकमा महासचिव पोखरेलले पार्टी र जनतालाई जोड्ने अवसरमा रूपमा पनि स्मृतिको दिनलाई लिन आग्रह गरेका थिए। तत्कालीन महासचिव मदनकुमार भण्डारी र सङ्गठन...