नेभिगेशन
समाज

तत्काल रुलिङ गरेर प्रधानमन्त्रीलाई सदनमा बोलाउन कांग्रेसको माग

काठमाडौँ । नेपाली कांग्रेसले सदनमा प्रधानमन्त्रीको उपस्थिति खोजेको छ । नेपाली कांग्रेसका सांसद निश्कल राईले आकस्मिक समयमा बोल्दै प्रधानमन्त्रीको खोजी गरेका हुन् । 

‘सदनमौ मैले सम्माननीय प्रधानमन्त्रीको उपस्थिति देखेको छैन । उहाँ आफैँले बनाएको नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ दिने कार्यसूची आज देखिएको छ । तर सदनमा सम्माननीय ज्युलाई हामीले देखेनौँ ।’ उनले भने, ‘सदनको गरिमा राख्ने र इज्जत राख्ने भूमिका सम्माननीय सभामुखको हो । हजुर हाम्रो नायक पनि हो । तपाईँले सभाको गरिमा राख्न सक्नुभएन भने कसैले पनि राख्न सक्दैन । त्यसैले सभामुखमार्फत तत्काल रुलिङ गरेर प्रधानमन्त्रीज्युलाई बोलाउन हार्दिक अनुरोध गर्दछु ।’ 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

त्यसपछि उनले न्यायाधीशको विषयमा सदनमा बहस भएकोप्रति आपत्ति जनाएका थिए । उनले दुई तिहाइको दम्भ देखाउँदै रास्वपा सांसदले रोष्ट्रमबाट न्यायाधीशको बारेमा टिप्पणी गरेको आरोप लगाए ।  

Ncell
Extreme Energy

उनको अभिव्यक्तिपछि रास्वपा सांसद गणेश पराजुलीले नियमापत्ति गर्ने प्रयास गरेका थिए । तर सभामुख डिपी अर्यालले उक्त विषयमा आफ्नो ध्यानाकर्षण भएको र आवश्यक परे समय उपलब्ध गराउने बताए र पराजुलीलाई बस्न आग्रह गरे । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
कांग्रेस अधिवेशनमा बाढीको प्रभाव, क्षेत्रीय अधिवेशन १३ गतेसम्म

कांग्रेस अधिवेशनमा बाढीको प्रभाव, क्षेत्रीय अधिवेशन १३ गतेसम्म

जारी वर्षा र बाढीको असर कांग्रेस महाधिवेशनमा पनि परेको छ । निर्धारित समयभित्र सबै पालिकामा अधिवेशन सम्पन्न नहुँदै क्षेत्रीय अधिवेशन पनि प्रभावित भएको छ ।
कोरला नाका क्षेत्रमा बेमौसमी हिमपात, लोमान्थाङ आसपासका बस्तीमा भारी वर्षा

कोरला नाका क्षेत्रमा बेमौसमी हिमपात, लोमान्थाङ आसपासका बस्तीमा भारी वर्षा

कोरलानाका क्षेत्रमा हिमपात भएसँगै निकासी तथा पैठारीका कन्टेनर ढुवानीका साधनलाई आवतजावतमा समस्या देखिएको छ । बर्सेनि हिउँदयाम सुरु हुँदै गर्दा उपल्लो मुस्ताङको कोरलानाका क्षेत्रमा असोज महिनामै हिमपात भएको...
गृहमन्त्रीद्वारा एमाले पार्टी कार्यालय आसपासका क्षेत्रबाट खोलाको बहाव अवलोकन

गृहमन्त्रीद्वारा एमाले पार्टी कार्यालय आसपासका क्षेत्रबाट खोलाको बहाव अवलोकन

यसैबीच गृहमन्त्री सुधन गुरुङ ललितपुरको च्यासलस्थित नेपाल कम्युनिष्ट पार्टी (एमाले)को मुख्यालय आसपासका क्षेत्रमा पुगी खोला तथा पानीको बहावको अवस्थाबारे सुरक्षाकर्मीसँग जानकारी लिएका छन् ।