नेभिगेशन
समाज

कञ्चनपुरको बाढी र कटान समस्याको दीर्घकालीन उपाय खोज्न सांसद महताद्वारा सरकारको ध्यानाकर्षण

काठमाडौँ । हरेक वर्षा याममा कञ्चपुरका नागरिकहरुले भोग्दै आएको बाढी र कटान समस्या समाधानको दीर्घकालीन उपाय खोज्न सांसद ज्ञानेन्द्र महताले सरकारको ध्यानाकर्षण गराएका छन् ।

बुधबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्ने क्रममा कञ्चनपुर–३ बाट निर्वाचित रास्वपाका सांसद महताले गएको २७ दिन आफू निर्वाचित क्षेत्रका जनतासंग भेटघाट र गुनासो सुनेर आएको बताउँदै नदी तटिय क्षेत्रका बासीन्दाले हरेक वर्ष वर्षा याममा बाढीको जोखिम तथा कटानको समस्या भगिरहेको बताएका हुन् ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

उनले जिल्लाको महाकाली नदी, जोगबुढा नदी, कामीकाँटे खोला भुजेला खोला र खन्ने खोलाबाट उत्पन्न हुने बाढी तथा कटानका कारण नागरिकहरु उच्च जोखिमप्रति सरकारको ध्यानाकर्षण गराए थिए ।

Ncell
Extreme Energy

उनले भने, ‘हरेक वर्षा याममा यी नदी तथा खोलाहरु उर्लिएपछि दर्जनौं बस्ती डुबानमा पर्ने । खेतियोग्य जमिन कटान हुने सडक तथा सार्वजर्निक संरचनाहरुमा क्षति पुग्ने स्थानीय नागरिक त्रासमा बाँच्न बाध्य हुने अवस्था दोहोरिदै आएको छ । विशेष गरी नदी तटिय क्षेत्र बसोबास गर्ने नागरिकहरु विस्थापनको जोखिममा रहदै आएका छन् । स्थानीय तह र सरोकारवाला निकायहरुले पूर्व तयारी गरिरहेका भएपनि दिर्घकालिन नियन्त्रणका लागि संघीय सरकारको पहल अझै पहल हुन सकेको छैन् ।’

त्यसैले सांसद महताले बाढीको उच्च जोखिम रहेका क्षेत्रमा तटबन्ध निर्माण र  कटान नियन्त्रणका लागि आवश्यक बजेटको सुनिश्चितता गर्न आग्रह गर्दै पूर्व सुचना प्रणाली तथा विपद् पूर्व तयारीका कार्यक्रमलाई प्रभावकारी रुपमा सञ्चालन गर्न सरकारको ध्यानाकर्षण गराएका छन्।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
कांग्रेस अधिवेशनमा बाढीको प्रभाव, क्षेत्रीय अधिवेशन १३ गतेसम्म

कांग्रेस अधिवेशनमा बाढीको प्रभाव, क्षेत्रीय अधिवेशन १३ गतेसम्म

जारी वर्षा र बाढीको असर कांग्रेस महाधिवेशनमा पनि परेको छ । निर्धारित समयभित्र सबै पालिकामा अधिवेशन सम्पन्न नहुँदै क्षेत्रीय अधिवेशन पनि प्रभावित भएको छ ।
कोरला नाका क्षेत्रमा बेमौसमी हिमपात, लोमान्थाङ आसपासका बस्तीमा भारी वर्षा

कोरला नाका क्षेत्रमा बेमौसमी हिमपात, लोमान्थाङ आसपासका बस्तीमा भारी वर्षा

कोरलानाका क्षेत्रमा हिमपात भएसँगै निकासी तथा पैठारीका कन्टेनर ढुवानीका साधनलाई आवतजावतमा समस्या देखिएको छ । बर्सेनि हिउँदयाम सुरु हुँदै गर्दा उपल्लो मुस्ताङको कोरलानाका क्षेत्रमा असोज महिनामै हिमपात भएको...
गृहमन्त्रीद्वारा एमाले पार्टी कार्यालय आसपासका क्षेत्रबाट खोलाको बहाव अवलोकन

गृहमन्त्रीद्वारा एमाले पार्टी कार्यालय आसपासका क्षेत्रबाट खोलाको बहाव अवलोकन

यसैबीच गृहमन्त्री सुधन गुरुङ ललितपुरको च्यासलस्थित नेपाल कम्युनिष्ट पार्टी (एमाले)को मुख्यालय आसपासका क्षेत्रमा पुगी खोला तथा पानीको बहावको अवस्थाबारे सुरक्षाकर्मीसँग जानकारी लिएका छन् ।