नेभिगेशन
समाज

संसद्को शून्य समयमा कसले के बोले ?

काठमाडौँ । प्रतिनिधिसभाको बुधबारको बैठकको शून्य समयमा सांसदहरुले आ–आफ्ना निर्वाचन क्षेत्रका नागरिकका समस्यालाई बढी उजागर गरेका छन् ।

सांसद विक्रम खनालले खेतीको मौसम सुरु भए पनि रासायनिक मल प्राप्त हुन नसकेको र मल खरिदका लागि साहुसँग ब्याजमा ऋण लिनुपरेको बताएका छन्। उनले किसानलाई तत्काल रासायनिक मल उपलब्ध गराउन सरकारले विशेष ध्यान दिनुपर्नेमा जोड दिए।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

सांसद सुनिल केसीले समयमै आवश्यक मात्रामा किसानलाई रासायनिक मल उपलब्ध गराउन माग गरेका थिए । सांसद शम्भुप्रसाद ढकालले गरिब नेपाली किसानले लगाएको केरा बिक्रीका लागि वातावरण बनाउनुपर्नेमा जोड दिएका थिए। उनले सीमापारिबाट सामान ल्याउनेभन्दा पनि नेपाली उत्पादन नै उपभोग गर्नुपर्ने बताए।

Ncell
Extreme Energy

त्यस्तै सांसद लक्ष्मीप्रसाद पोखरेलले कर्णाली राजमार्गको सुर्खेतको बाङ्गेसिमलदेखि जुम्ला खलङ्गासम्मको यात्रालाई सुरक्षित बनाउन माग गरेका थिए। यो सडकमा बढ्दो सवारी दुर्घटनामा भएको मानवीय क्षति घटाउनुपर्ने उनको सुझाव थियो । सांसद लिमा अधिकारी आचार्यले ग्रामीण क्षेत्रहरु क्रमशः रित्तिदै गएकाले नेपालको सौन्दर्यलाई उपयोग गर्दै पर्यटकलाई भित्र्याएर काम गर्ने वातावरण बनाउन आग्रह गरे।

त्यस्तै सांसद लेखजङ्ग थापाले गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल निर्माण भए पनि हालसम्म प्रभावकारी रुपमा सञ्चालनमा आउन नसक्दा लगानी खेर गएको दुखेसो गरे। सांसद विष्णुमाया विकले अन्तरजातीय विवाहका कारण सिन्धुलीका एक दलित युवकको निधन भएको घटनाप्रति सदनको ध्यानाकर्षण गराएका थिए।

त्यस्तै सांसद शिवशङ्कर यादवले छोटी भन्सार बन्द हुँदा तराई मधेसका जिल्लामा समस्या भएको बताए।
सांसद श्रद्धा कुँवर क्षेत्रीले डिजिटल प्लेटफर्मलाई सरकारले विशेष प्राथमिकतामा राखेर नीति तथा कार्यक्रममा समावेश गरेकामा धन्यवाद दिए।

त्यस्तै सांसद श्रीधर पोखरेलले बर्दियामा वन्यजन्तुको आक्रमणका कारण नागरिकले अकालमा ज्यान गुमाउनुपरेको पीडा सुनाए । सांसद सन्दीप रानाले वर्षायाम सुरु भएकाले पाल्पाको सडक पूर्वाधारमा समस्या हुने भएकाले तत्काल पूर्वतयारीको काम थाल्न आग्रह गरेका थिए।

त्यस्तै सांसद समीना मियाँले स्वास्थ्य क्षेत्रको प्रमुख जनशक्तिका रुपमा रहेका नर्सलाई न्यूनतम पारिश्रमिक व्यवस्था गर्न र सुरक्षाको प्रबन्ध गर्न माग गरे। सांसद समीक्षा बाँस्कोटाले  काठमाडौँ उपत्यकाभित्रका विश्व सम्पदा सूचीको जगर्नो गर्न माग गरेका थिए।

त्यस्तै सांसद सरस्वती लामाले धादिङ–सोम्ताङ सडक निर्माण सुरु भएको लामो समय भए पनि हालसम्म प्रभावकारी निर्माण हुन नसकेकामा गुनासो गरेका थिए। सांसद सरिता महतोले अटिजम भएका बालबालिकालाई देशभित्रै सहज रुपमा परीक्षणको प्रबन्ध गर्न माग गरे।

त्यस्तै सांसद साजिता खातुन सिद्धिकीले २४ घण्टाको सूचना दिएर सुकुमवासी बस्ती खाली गर्दा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक समस्यामा परेका बताए। सांसद सीताराम साहले तराई मधेसमा खानेपानीको समस्या समाधान गर्न सरकारको ध्यानाकर्षण गराए।

त्यस्तै सांसद सिर्जना श्रेष्ठले राज्यलाई कर तिर्ने र रोजगारी उपलब्ध गराउने  निजी क्षेत्र क्रमशः हतोत्साही बन्दै गएकाले तत्काल लगानीमैत्री वातावरण बनाउन माग गरिन । सांसद सीता थपलियाले शिक्षा विधेयकलाई तत्काल अगाडि बढाउन माग गरिन।

त्यस्तै सांसद सुनिताकुमारी चौधरीले निषाद समुदाय राजनीतिक, सामाजिक, आर्थिक अवस्था कमजोर अवस्थामा रहेकाले उनीहरुलाई जनजाति समुदायमा सूचीकृत गर्न माग गरेकी छन्। सांसद सुरेशकुमार चौधरीले बाँके जिल्ला सुगम मानिए पनि विभिन्न स्थानमा विकासका कुनै पनि पूर्वाधार नभएको बताए।

त्यस्तै सांसद सुशान्त बैदिकले सुशासन र समृद्धिका लागि जेनजीले दिएको बलिदानको स्मरण गराएका थिए। उनले प्राकृतिक र मानव सिर्जित विपद्को रोकथामका लागि सरकारको ध्यानाकर्षण गराएका छन्। सांसद सुशीलकुमार कानुले वीरगञ्जमा व्यापार व्यवसाय प्रभावकारी हुन नसकेको र जनताको गुनासो सम्बोधन हुन नसकेको बताए।

त्यस्तै सांसद सुशील खड्काले नेपालमा शालिग्राम पाइने एकमात्र नदी कालगण्डकीको अत्यधिक दोहन भइरहेकाले तत्काल त्यो नियन्त्रणको माग गरे । सांसद सुशीला ढकाल आचार्यले सुकुमवासी बस्तीमा डोजर चल्दा सयौँका सपना चकनाचुर भएका गुनासो गरेका थिए।

त्यस्तै सांसद सुहाङ नेम्बाङले नेपालमा चियाखेतीको इतिहास लामो भए पनि चिया निर्यात पछिल्ला दिनमा ठप्प भएकाले तत्काल समस्या समाधानका लागि आग्रह गरे । सांसद सृष्टि भट्टराईले जेनजी आन्दोलमा सहभागी भएकै आधारमा अझैसम्म पनि गलत तरिकाले पक्राउ गरी दुःख दिने काम भइरहेको बताए।

त्यस्तै सांसद स्मृति सेञ्चुरीले लामो समयदेखि म्याग्नेसाइट उद्योग अलपत्र परेको गुनासो गरे। यसैगरी, सांसदहरु सुम्निमा उदास, हरिमोहन भण्डारी, हरिप्रसाद भुसाल, ज्ञानु पौडेल, ज्ञानेन्द्रसिंह मेहता, क्षितिज थेवेले स्थानीय तथा राष्ट्रिय समस्या समाधानका लागि सरकारको ध्यानाकर्षण गराएका थिए।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
कांग्रेस अधिवेशनमा बाढीको प्रभाव, क्षेत्रीय अधिवेशन १३ गतेसम्म

कांग्रेस अधिवेशनमा बाढीको प्रभाव, क्षेत्रीय अधिवेशन १३ गतेसम्म

जारी वर्षा र बाढीको असर कांग्रेस महाधिवेशनमा पनि परेको छ । निर्धारित समयभित्र सबै पालिकामा अधिवेशन सम्पन्न नहुँदै क्षेत्रीय अधिवेशन पनि प्रभावित भएको छ ।
कोरला नाका क्षेत्रमा बेमौसमी हिमपात, लोमान्थाङ आसपासका बस्तीमा भारी वर्षा

कोरला नाका क्षेत्रमा बेमौसमी हिमपात, लोमान्थाङ आसपासका बस्तीमा भारी वर्षा

कोरलानाका क्षेत्रमा हिमपात भएसँगै निकासी तथा पैठारीका कन्टेनर ढुवानीका साधनलाई आवतजावतमा समस्या देखिएको छ । बर्सेनि हिउँदयाम सुरु हुँदै गर्दा उपल्लो मुस्ताङको कोरलानाका क्षेत्रमा असोज महिनामै हिमपात भएको...
गृहमन्त्रीद्वारा एमाले पार्टी कार्यालय आसपासका क्षेत्रबाट खोलाको बहाव अवलोकन

गृहमन्त्रीद्वारा एमाले पार्टी कार्यालय आसपासका क्षेत्रबाट खोलाको बहाव अवलोकन

यसैबीच गृहमन्त्री सुधन गुरुङ ललितपुरको च्यासलस्थित नेपाल कम्युनिष्ट पार्टी (एमाले)को मुख्यालय आसपासका क्षेत्रमा पुगी खोला तथा पानीको बहावको अवस्थाबारे सुरक्षाकर्मीसँग जानकारी लिएका छन् ।