नेभिगेशन
समाज

काठमाडौँ महानगरद्वारा कक्षा ११ र १२ का लागि छात्रवृत्ति आवेदन माग, १७ गते परीक्षा

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले कक्षा ११ र १२ को छात्रवृत्तिका लागि आगामी जेठ १ देखि १० गतेसम्म महानगरको आवेदन खुला गरिने जनाएको छ ।

कामपाका अनुसार इच्छुक विद्यार्थीले जेठ १ गते बिहान १०ः०० बजेदेखि जेठ १० गते राति ११ः५९ बजेसम्म अनलाइन फाराम भर्न सक्नेछन् ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

योग्य विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्न छनोटका लागि जेठ १७ गते बिहान ८ः०० बजेदेखि १०ः०० बजेसम्म परीक्षा सञ्चालन हुने पनि कामपा शिक्षा विभागका प्रमुख नमराज ढकालले जानकारी दिए।

Ncell
Extreme Energy

ढकालका अनुसार विद्यार्थीहरूलाई कक्षा १० को पाठ्यक्रम आधारित १०० वस्तुगत बहुवैकल्पिक प्रश्न सोधिने पनि बताए। ढकालका अनुसार कामपाले शिक्षामा गरेको लगानी, निगरानी, शिक्षा ऐन र कानुनको कडाइका साथ कार्यान्वयन गर्दा छात्रवृत्ति पाउने विद्यार्थीको सङ्ख्यामा हरेक वर्ष उल्लेख्य वृद्धि हुँदै आएको छ । गत शैक्षिक सत्रमा मात्रै कामपाले रु दुई अर्ब २५ करोड बराबर छात्रवृत्ति वितरण गरेको थियो ।  

कानुन कार्यान्वयनको पहिलो वर्ष १३ हजार र दोस्रो वर्ष १९ हजार विद्यार्थीले यो सुविधा पाएकोमा गत वर्ष कक्षा १ देखि १० सम्मका १६ हजार ९८० र कक्षा ११ का ३ हजार ३०२ गरी कूल २० हजार २८२ जना विद्यार्थीले छात्रवृत्ति पाएको कामपाको रहेको भनाइ छ ।

गत सोमबार एसइईको परीक्षाफल प्रकाशित भएसँगै कामपाले कक्षा ११ र १२ मा छात्रवृत्तिका लागि दश दिनको समयसीमा निर्धारण गरेर फारम भर्न माग गरेको हो ।  

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
ऋण असुलीबाट बचत फिर्ता तीव्र, समस्याग्रस्त ४ सहकारीका १०५ जनाले पाए रकम

ऋण असुलीबाट बचत फिर्ता तीव्र, समस्याग्रस्त ४ सहकारीका १०५ जनाले पाए रकम

समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले  ४ समस्याग्रस्त सहकारीको १०५ जनाको बचत फिर्ता गरेको छ। समितिका अनुसार शिव शिखरका ३५,ओरिन्टल को अपरेटिभका २, तुलसीको १३ र कान्तीपुर सहकारीका ५५  साना...
असोज ७ देखि ९ गतेसम्म यस्तो छ वर्षाको चेतावनी

असोज ७ देखि ९ गतेसम्म यस्तो छ वर्षाको चेतावनी

जल तथा मौसम विज्ञान विभागले असोज ७ देखि ९ गतेसम्म देशका विभिन्न क्षेत्रमा भारीदेखि अति भारी वर्षाको सम्भावना रहेको जनाएको छ।
सरकारले संसदमा ल्यायो १० वटा नयाँ विधेयक

सरकारले संसदमा ल्यायो १० वटा नयाँ विधेयक

सरकारले १० वटा नयाँ विधेयक प्रतिनिधि सभामा दर्ता गरेको छ ।
प्रधानमन्त्रीको भारत भ्रमणको तयारी तीव्र, मंसिर पहिलो साता नयाँदिल्ली उड्ने

प्रधानमन्त्रीको भारत भ्रमणको तयारी तीव्र, मंसिर पहिलो साता नयाँदिल्ली उड्ने

सरकारले प्रधानमन्त्री वालेन्द्र शाहको भारत भ्रमणको तयारी तीव्र पारेको छ ।