नेभिगेशन
सबै कुरा

अदालतबाटै फरार थुनुवा हतकडी टुटाएर होटलमा लुकेर बसेको अवस्थामा पक्राउ

काठमाडाैंँ : थुनछेक बहस गराउन जिल्ला अदालत काठमाडौँ पुर्याएपछि अदालत परिसरबाटै फरार भएका थुनुवालाई प्रहरीले जडिबुटिबाट पक्राउ गरेको छ । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

बुधबार जिल्ला अदालत काठमाडौँ परिसरबाट फरार भएका विमल खड्कालाई बिहिबार काठमाडौँ महानगरपालिका वडा नम्बर ३२ जडीबुटीस्थित न्युदोलखाली गेष्ट हाउसबाट पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ । 

Ncell
Extreme Energy

अदालतबाट हतकडीसहित फरार भएका सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका वडा नम्बर २ घर भई भक्तपुरको दुवाकोट बस्दै आएका खड्काले हतकडी र थुनुवा ज्याकेट कोठामा छोडेर जडीबुटिको होटलमा आएर बसेको अवस्थामा पक्राउ गरिएको हो ।  

उनको खोजीका लागि प्रहरी वृत्त महाराजगन्जका प्रमुख अमरबहादुर थापा क्षेत्री र प्रहरी परिसरको संयुक्त टोली परिचालन भएको थियो।

सस्तोमा डलर साट्ने भन्दै प्रलोभन देखाएर लुटपाट र  ठगी गरेको आरोपमा प्रहरी वृत्त, स्वयम्भुले खड्कालाई पक्राउ गरेको थियो ।


प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
प्रहरीको ‘स्वीप अपरेसन’: ९८ जना पक्राउ

प्रहरीको ‘स्वीप अपरेसन’: ९८ जना पक्राउ

समाजमा शान्ति, सुरक्षा तथा सुव्यवस्था कायम गर्ने उद्देश्यले काठमाडौँका विभिन्न स्थानमा स्वीप अपरेसन सञ्चालन गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक दानबहादुर थापाले जानकारी दिए ।
क्षमादेवी कन्ट्रक्सनका मालिक नबिन बस्नेत पक्राउ परेको १३ वर्षअघिको रक्तचन्दन तस्करीको घटना के थियो ?

क्षमादेवी कन्ट्रक्सनका मालिक नबिन बस्नेत पक्राउ परेको १३ वर्षअघिको रक्तचन्दन तस्करीको घटना के थियो ?

बस्नेतमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमबहादुर राईलाई धम्काएको घटनामा पनि काठमाडौं प्रहरीले अनुसन्धान गरेको थियो। जसमा प्रमाण नपुगेको भन्दै तत्काल मुद्दा नचलाउने निर्णय भएको छ।
बूढानीलकण्ठबाट बरामद २१ किलो सुनः चाइना बसेर चलाएका थिए तस्करीको र्‍याकेट

बूढानीलकण्ठबाट बरामद २१ किलो सुनः चाइना बसेर चलाएका थिए तस्करीको र्‍याकेट

काठमाडौँको बूढानीलकण्ठमा घर भाडामा लिएर सुन प्रशोधन तथा अवैध कारोबार गर्दै आएका तीन चिनियाँ नागरिक पक्राउ परेका छन्। उनीहरूले घरलाई सुन प्रशोधन गर्ने केन्द्र बनाएको र चीनमा रहेका...
काठमाडौँका लुटेरा ग्याङः एउटै व्यक्तिको २७ ओटा मुद्दा, किन्दै थिए जेनजी आन्दोलनमा लुटिएको प्रहरीका हतियार

काठमाडौँका लुटेरा ग्याङः एउटै व्यक्तिको २७ ओटा मुद्दा, किन्दै थिए जेनजी आन्दोलनमा लुटिएको प्रहरीका हतियार

प्रहरीका अनुसार सिन्धुलीको मरिण गाउँपालिका–५ घर भएका २४ वर्षीय माझीलाई काठमाडौँ महानगरपालिका–३२, जडीबुटी पुलमुनि फेला पारिएको थियो । उनलाई पक्राउ गरेपछि समूहका अन्य सदस्यको खोजतलास गर्ने क्रममा भक्तपुरको...