नेभिगेशन
समाज

घरघरमा पुर्‍याउन थालियो राहदानी

काठमाडौँ । सरकारको नीतिअनुरूप नागरिकको राहदानी हुलाकमार्फत घरघरमा पुर्‍याउन थालिएको छ ।

जिल्ला प्रशासन कार्यालय चितवनमा वनेर आएका राहदानी हुलाक कार्यालयमार्फत मङ्गलबारदेखि सेवाग्राहीको घरमा पुर्‍याउन थालिएको हो । जिल्ला हुलाक कार्यालय चितवनका प्रमुख शालिकराम बस्यालका अनुसार इच्छाकामना गाउँपालिका–७ सृजना टोलका रामबाबु प्रजालाई घरमा नै राहदानी दिएर सेवाको शुभारम्भ गरिएको हो ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

बुधबार १९ वटा र मङ्गलबार ४४ वटा राहदानी विभिन्न पालिकाहरूमा पठाइएको छ । मङ्गलबार १२ वटा राहदानी घरमा पुर्‍याएर दिइएको छ । जिल्ला हुलाक कार्यालयले छवटा पालिका हुलाक, भरतपुर महानगरपालिकाका तीन वटा हुलाक काउन्टरमध्ये दुई वटामा राहदानी पठाएको छ ।

Ncell
Extreme Energy

यस्तै जिल्लाका विभिन्न पालिकामा रहेका १२ वटा अतिरिक्त हुलाक कार्यालयमा राहदानी पठाइएको छ । भरतपुर महानगरपालिकाभित्र पाँच वटा, राप्ती नगरपालिकामा चार वटा, खैरहनी र रत्ननगर नगरपालिकामा एक–एक वटा अतिरिक्त हुलाक कार्यालय रहेका छन् ।

जिल्ला प्रशासन कार्यालयबाट जिल्ला हुलाक कार्यालयमा राहदानी आएपछि ठेगाना रहेको नजिकको हुलाक कार्यालयमा पठाउने गरिन्छ । त्यहाँका कर्मचारीमार्फत घरघरमा राहदानी पुग्ने गरेको हो ।

राहदानी बनाउन फारम भर्ने समयमा कहाँबाट लिने भन्ने निवेदनमा भरेपछि सोहीअनुरूप राहदानी पुग्ने गर्दछ । राहदानी घरमा नै पुर्‍याउने भएमा सोही समयमा रु ५५ भुक्तानी गर्नुपर्ने हुन्छ । राहदानीसँगै रसिद पनि पठाइने उनले जानकारी दिए। हुलाक कार्यालय र मातहतमा स्थायी, अस्थायी र करार गरी ७२ जना कर्मचारी रहेका छन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
कांग्रेस अधिवेशनमा बाढीको प्रभाव, क्षेत्रीय अधिवेशन १३ गतेसम्म

कांग्रेस अधिवेशनमा बाढीको प्रभाव, क्षेत्रीय अधिवेशन १३ गतेसम्म

जारी वर्षा र बाढीको असर कांग्रेस महाधिवेशनमा पनि परेको छ । निर्धारित समयभित्र सबै पालिकामा अधिवेशन सम्पन्न नहुँदै क्षेत्रीय अधिवेशन पनि प्रभावित भएको छ ।
कोरला नाका क्षेत्रमा बेमौसमी हिमपात, लोमान्थाङ आसपासका बस्तीमा भारी वर्षा

कोरला नाका क्षेत्रमा बेमौसमी हिमपात, लोमान्थाङ आसपासका बस्तीमा भारी वर्षा

कोरलानाका क्षेत्रमा हिमपात भएसँगै निकासी तथा पैठारीका कन्टेनर ढुवानीका साधनलाई आवतजावतमा समस्या देखिएको छ । बर्सेनि हिउँदयाम सुरु हुँदै गर्दा उपल्लो मुस्ताङको कोरलानाका क्षेत्रमा असोज महिनामै हिमपात भएको...
गृहमन्त्रीद्वारा एमाले पार्टी कार्यालय आसपासका क्षेत्रबाट खोलाको बहाव अवलोकन

गृहमन्त्रीद्वारा एमाले पार्टी कार्यालय आसपासका क्षेत्रबाट खोलाको बहाव अवलोकन

यसैबीच गृहमन्त्री सुधन गुरुङ ललितपुरको च्यासलस्थित नेपाल कम्युनिष्ट पार्टी (एमाले)को मुख्यालय आसपासका क्षेत्रमा पुगी खोला तथा पानीको बहावको अवस्थाबारे सुरक्षाकर्मीसँग जानकारी लिएका छन् ।