नेभिगेशन
समाज

ट्रम्पलाई बेइजिङमा 'गार्ड अफ अनर', सीले भने: ‘प्रतिद्वन्द्वी होइन, साझेदार बन्नुपर्छ’

अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले बिहीबार चीनको राजधानी बेइजिङमा चिनियाँ राष्ट्रपति सी चिनफिङसँग भेटवार्ता गरेका छन्।

सीले बेइजिङको ग्रेट हल अफ द पिपलमा ट्रम्पलाई स्वागत गर्दै गार्ड अफ अनर प्रदान गरिएको थियो । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

त्यसपछि सी र ट्रम्पबिच द्विपक्षीय वार्ता सुरु भयो। यस क्रममा सीले आफूहरूबिचको भेटवार्तामा विश्वको नजर रहेको उल्लेख गर्दै अमेरिका(चीन सम्बन्ध विश्वव्यापी स्थिरता लागि महत्त्वपूर्ण भएको बताए।

Ncell
Extreme Energy

सीले भने, ‘दुई देश प्रतिद्वन्द्वी होइन, साझेदार बन्नुपर्छ।’

जवाफमा ट्रम्पले सीको प्रशंसा गर्दै भने, ‘तपाईंको मित्र हुन पाउनु सम्मानको कुरा हो।’

साथै ट्रम्पले अमेरिका र चीनबिचको सम्बन्ध पहिलेभन्दा अझ राम्रो हुने बताए। 

उनले भने, ‘विश्वका केही प्रमुख व्यापारिक नेताहरूलाई मसँगै चीन ल्याएको छु।’

ट्रम्पको प्रतिनिधिमण्डलमा इलोन मस्क, एप्पलका सीईओ टिम कुक र बोइङका सीईओलगायत अमेरिकाका प्रमुख व्यापारिक नेताहरू छन्।

बैठकमा व्यापार, शुल्क, अर्धचालक, एआई, दुर्लभ पृथ्वी खनिज र ताइवानजस्ता मुद्दामा छलफल हुने अपेक्षा गरिएको छ। एजेन्सी
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
२५ सय नहुँदा सडकमै बच्चा जन्माउन विवश बबिता, सभ्य समाजलाई लज्जित पार्ने घटना

२५ सय नहुँदा सडकमै बच्चा जन्माउन विवश बबिता, सभ्य समाजलाई लज्जित पार्ने घटना

बुधबार मध्यराति, सुत्केरी ब्यथाले च्यापिसकेपछि आफ्नै पति र दुई आफन्तसहित अस्पताल पुगेकी एक महिलाले अस्पतालमा भर्ना नपाएर सडकमै बच्चा जन्माउनु परेको खबर जब सार्वजनिक भयो, त्यसले आफूलाई सभ्य...
रसुवा बाढीबाट पाँच जिल्लाका १६ हजार घरधुरी प्रभावित,  कुन स्थानीय तह कति ?

रसुवा बाढीबाट पाँच जिल्लाका १६ हजार घरधुरी प्रभावित,  कुन स्थानीय तह कति ?

बाढीका कारण उक्त क्षेत्रमा प्रभावित १६ हजार ११० घरधुरीमा रहेका ६४ हजार ३३५ जना छन् । “प्रत्यक्ष रूपमा बाढीका कारण सात हजार ५७०, आठ हजार ३१७ घरधुरी र...
नवनियुक्त उद्योगमन्त्री  दीपक कुमार साहद्वारा शपथ ग्रहण

नवनियुक्त उद्योगमन्त्री  दीपक कुमार साहद्वारा शपथ ग्रहण

नवनियुक्त उद्योग मन्त्री साहले बिहीबार नै शितल निवासमा आयोजित विशेष समारोहकाबीच राष्ट्रपति पौडेलसमक्ष पद तथा गोपनियताको सपथ लिएका छन् ।
रसुवा बाढीपछि नेपालले  हानि र नोक्सानी सम्बोधन कोषलाई पठाएको पत्रको जवाफ के आयो ?

रसुवा बाढीपछि नेपालले  हानि र नोक्सानी सम्बोधन कोषलाई पठाएको पत्रको जवाफ के आयो ?

विनाशकारी भोटेकोशी बाढीको तत्काल सम्बोधनका लागि नेपालले यही भदौ १५ गते लेखेको पत्रको जवाफ कोषले आज अर्थमन्त्री डा स्वर्णिम वाग्ले र कृषि, वन तथा वातावरणमन्त्री गिता चौधरीलाई सम्बोधन...