नेभिगेशन
समाज
प्रतिनिधिसभा बैठक

प्रतिनिधिसभामा आज ६ वटा कार्यसूची, अर्थमन्त्रीले विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता पेस गर्ने

काठमाडौँ । प्रतिनिधिसभाको बैठकमा आज ६ वटा कार्यसूची रहेका छन् ।

बिहान ११ बजे बस्ने बैठकमा सुरुमा नीति तथा कार्यक्रममाथि छलफल गर्ने पहिलो कार्यसूची छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

यस्तै दोस्रो कार्यसूची नीति तथा कार्यक्रममाथिको छलफलमा उठेका प्रश्नहरूको जवाफ दिने छ ।
कार्यसूचीमा प्रधानमन्त्री वालेन्द्र शाहले जवाफ दिने उल्लेख गर्दै भनिएको छ, ‘प्रधानमन्त्री वालेन्द्र शाहले सम्माननीय राष्ट्रपतिले २०८३ वैशाख २८ गते सोमबार संघीय संसद्को दुवै सदनको संयुक्त बैठकमा गर्नुभएको सम्बोधनमा उल्लिखित आ।व। २०८३÷०८४ को नेपाल सरकारको वार्षिक नीति तथा कार्यक्रममाथिको छलफलको क्रममा उठेका प्रश्नहरूको जवाफ दिनुहुने’ ।

Ncell
Extreme Energy

तर, प्रधानमन्त्री शाहले भने यस अघिनै जवाफका लागि अर्थमन्त्री डा.स्वर्णिम वाग्लेलाई तोकेका कारण आजको बैठकमा पनि जवाफका लागि डा.वाग्लेनै उपस्थिती हुने जनाइएको छ । 

प्रधानमन्त्रीले अर्को मन्त्रीलाई समेत जवाफ दिन पठाउन सक्दछन् । यही अधिकार प्रयोग गरेर उनी बुधबार प्रतिनिधिसभाको बैठकमा गएका थिएनन् । विपक्षी दलहरूले प्रधानमन्त्रीको उपस्थिति अनिवार्य हुनुपर्ने भनेपछि बैठक कार्यसूचीमा प्रवेश गर्न सकेको थिएन ।

राष्ट्रपति रामचन्द्र पौडेलले यही वैशाख २८ गते सोमबार संघीय संसद्को दुवै सदनको संयुक्त बैठकमा आर्थिक वर्ष २०८३/०८४ को लागि नेपाल सरकारले तयार पारेको वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए ।

यसउपर प्रतिनिधिसभामा छलफल हुन पाएको छैन । बुधबार छलफल गर्ने कार्यसूची रहे पनि विपक्षी दलहरूको बारम्बारको अवरोधका कारण आजको बैठक तोकिएको थियो । 

यस्तै तेस्रो कार्यसूचीमा नेपाल सरकारको वार्षिक नीति तथा कार्यक्रममाथि प्राप्त संशोधनहरूलाई निर्णयार्थ प्रस्तुत गर्ने रहेको छ ।

चौथो कार्यसूचीमा सभामुखले नेपाल सरकारको वार्षिक नीति तथा कार्यक्रमलाई निर्णयार्थ प्रस्तुत गर्ने उल्लेख गरीएको छ ।

पाँचौं कार्यसूचीमा अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता पेस गर्ने रहेको छ ।

जस अन्तर्गत भनिएको छ, ‘अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले “आ.व. २०८३/०८४ को लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा (कर प्रस्ताव बाहेक) माथि छलफल गरियोस्“ भनी प्रस्ताव प्रस्तुत गर्नुहुने ।’

छैठौं कार्यसूचीमा प्रतिनिधि सभा नियमावली मस्यौदा समितिका सभापति गणेश पराजुलीले ‘प्रतिनिधिसभा नियमावली मस्यौदा समितिको प्रतिवेदन, २०८३’ माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने विषय रहेको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
वीरगंजमा हवाई इन्धन चोरी गर्दै गरेको अवस्थामा ७ जना पक्राउ, एक ट्याङ्कर नियन्त्रणमा

वीरगंजमा हवाई इन्धन चोरी गर्दै गरेको अवस्थामा ७ जना पक्राउ, एक ट्याङ्कर नियन्त्रणमा

छापा मार्ने क्रममा ना ७ ख १५३९ नम्बरको ट्याङ्करबाट हवाई इन्धन चोरी गरिरहेको अवस्थामा ७ जना व्यक्तिसहित उक्त ट्याङ्कर नियन्त्रणमा लिइएको डीएसपी मल्लले जानकारी दिए । प्रहरीले करिब...
करदाता प्रोत्साहन उपहार कार्यक्रमको प्राविधिक तयारी पूरा, शुक्रबार १५ जनालाई एक-एक लाख र एक जनालाई १० लाख उपहार घोषणा हुने

करदाता प्रोत्साहन उपहार कार्यक्रमको प्राविधिक तयारी पूरा, शुक्रबार १५ जनालाई एक-एक लाख र एक जनालाई १० लाख उपहार घोषणा हुने

उनका अनुसार साउन १ गतेदेखि १५ गतेसम्म अनलाइनमार्फत वस्तु तथा सेवा खरिद गरेका उपभोक्ता र नगदमा वस्तु तथा सेवाको कारोबार गरेर विभागको वेबसाइटमा भौतिक रूपमा बिल अपलोड गरेका...
कांग्रेस मुद्दामा सर्वोच्चको निस्साः संस्थापन पक्ष ढुक्क, देउवा पक्ष आशावादी

कांग्रेस मुद्दामा सर्वोच्चको निस्साः संस्थापन पक्ष ढुक्क, देउवा पक्ष आशावादी

उनले त्यहीँ थपे– ‘निर्वाचन आयोग र न्यायालयले पदाधिकारी देखे, उनीहरुको क्षेत्राधिकार देखेनन् ।’ उनको यो भनाइको अर्थ हो– ‘तत्कालीन महामन्त्री गगनकुमार थापा र विश्वप्रकाश शर्माले विशेष महाधिवेशन आह्वान...
बागमती सरकारबारे पार्टी निर्णय कार्यान्वयनमा दृढ रहने राप्रपा सांसदहरूको संकल्प

बागमती सरकारबारे पार्टी निर्णय कार्यान्वयनमा दृढ रहने राप्रपा सांसदहरूको संकल्प

छलफलमा बागमती प्रदेश सरकारका विषयमा पार्टीको केन्द्रीय कार्यसम्पादन समितिले गरेको निर्णयको मर्मअनुसार एकताबद्ध, पूर्ण प्रतिबद्ध र समर्थनमा रहने सामूहिक संकल्प सांसदहरूले व्यक्त गरेका छन्।

भर्खरै