नेभिगेशन
समाज

अस्पतालका जग्गा अतिक्रमण हटाउन स्वास्थ्य मन्त्रालयलेको निर्देशन, यी अस्पतालको जग्गामा छ अतिक्रमण

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले देशभरका प्रमुख सरकारी अस्पताल, स्वास्थ्य विज्ञान प्रतिष्ठान तथा अनुसन्धान केन्द्रहरूलाई आफ्नो स्वामित्वमा रहेको जग्गा र भौतिक पूर्वाधारको सुरक्षा तथा संरक्षण गर्न निर्देशन दिएको छ ।

मन्त्रालयको आन्तरिक प्रशासन शाखाले बुधबारको मन्त्रीस्तरीय निर्णयअनुसार २४ वटा प्रमुख अस्पताल तथा स्वास्थ्य संस्थाहरूलाई परिपत्र गर्दै जग्गा अतिक्रमण भएको पाइएमा तत्काल हटाउन निर्देशन दिएको हो ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

शाखा अधिकृत कौशल पाण्डेद्वारा हस्ताक्षरित पत्रमा अस्पतालहरूलाई मुख्य तीनवटा कार्य तत्काल सम्पादन गरी मन्त्रालयलाई जानकारी गराउन भनिएको छ । पत्रअनुसार, नक्सा भिडाएर विवरण तयार गर्न २४ वटै अस्पतालहरूलाई निर्देशन दिइएको छ ।

Ncell
Extreme Energy

अस्पतालको स्वामित्वमा रहेको जग्गाको साँध–सिमाना स्वीकृत नक्साअनुसार भएरनभएको यकिन गर्न र सो जग्गामा कुनै अनाधिकृत संरचना निर्माण वा अतिक्रमण भएरनभएको विस्तृत विवरण तयार गर्न पत्रमा भनिएको छ ।

त्यस्तै, अस्पतालको जग्गा अतिक्रमण भएको पाइएमा सम्बन्धित व्यक्ति वा संस्थालाई निश्चित समयसीमा तोकी लिखित सूचना जारी गर्न र उक्त सूचनाको पालना नभएमा जिल्ला प्रशासन कार्यालय, स्थानीय तह र सुरक्षा निकायसँग समन्वय गरी अतिक्रमण हटाई अस्पतालको भोगाधिकार पुनः कायम गर्न मन्त्रालयले निर्देशन दिएको छ ।

मन्त्रालयले अतिक्रमणमुक्त गरिएको वा खाली जग्गामा पुनः अतिक्रमण हुन नदिन कम्पाउन्ड वाल (घेराबार) वा अन्य आवश्यक सुरक्षात्मक उपायहरू अवलम्बन गर्न पनि निर्देशन दिएको छ। साथै, जग्गासम्बन्धी लालपुर्जा र स्रेस्ता अद्यावधिक गरी मालपोत तथा नापी कार्यालयबाट प्रमाणित अभिलेख सुरक्षित राख्न पनि भनिएको छ ।

मन्त्रालयले चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान(वीर अस्पताल), बी।पी। कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान (सुनसरी), कान्ति बाल अस्पताल, परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल (टेकु), राष्ट्रिय ट्रमा सेन्टर, कोशी अस्पताल, भेरी अस्पताल, भरतपुर अस्पताल, भक्तपुर क्यान्सर अस्पताल लगायत देशभरका २४ वटा सरकारी अस्पताल, प्रतिष्ठान र चिकित्सालयहरूलाई यो परिपत्र पठाएको छ।

पछिल्लो समय सरकारी अस्पतालका बहुमूल्य जग्गाहरू मासिँदै गएको र विभिन्न व्यक्ति तथा संस्थाले अतिक्रमण गर्ने क्रम बढेको गुनासो आइरहेका बेला मन्त्रालयले जग्गाको लालपुर्जा सुरक्षित राख्न र घेराबार गर्न यो कदम चालेको हो।

Screenshot-2026-05-14-103258-1778734106.png
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
नारायणगढ–मुग्लिन र पृथ्वी राजमार्ग आज पनि बन्द

नारायणगढ–मुग्लिन र पृथ्वी राजमार्ग आज पनि बन्द

सडकमा रोकिएर बसेका पोखरातर्फ जाने र नारायणगढतर्फ आउने सवारीसाधनलाई आज दिउँसो पार गराइएको छ । दुवै सडकका विभिन्न ठाउँहरूमा ढुङ्गा र लेदोसहितको पहिरो खसिरहेकाले सञ्चालनमा ल्याउन नसकिएको उनले...
कांग्रेस अधिवेशनमा बाढीको प्रभाव, क्षेत्रीय अधिवेशन १३ गतेसम्म

कांग्रेस अधिवेशनमा बाढीको प्रभाव, क्षेत्रीय अधिवेशन १३ गतेसम्म

जारी वर्षा र बाढीको असर कांग्रेस महाधिवेशनमा पनि परेको छ । निर्धारित समयभित्र सबै पालिकामा अधिवेशन सम्पन्न नहुँदै क्षेत्रीय अधिवेशन पनि प्रभावित भएको छ ।
कोरला नाका क्षेत्रमा बेमौसमी हिमपात, लोमान्थाङ आसपासका बस्तीमा भारी वर्षा

कोरला नाका क्षेत्रमा बेमौसमी हिमपात, लोमान्थाङ आसपासका बस्तीमा भारी वर्षा

कोरलानाका क्षेत्रमा हिमपात भएसँगै निकासी तथा पैठारीका कन्टेनर ढुवानीका साधनलाई आवतजावतमा समस्या देखिएको छ । बर्सेनि हिउँदयाम सुरु हुँदै गर्दा उपल्लो मुस्ताङको कोरलानाका क्षेत्रमा असोज महिनामै हिमपात भएको...