नेभिगेशन
समाज

होल्डिङ सेन्टरहरुको अवलोकन गर्ने राज्य व्यवस्था तथा सुशासन समितिको निर्णय

काठमाडौँ । प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिले भूमिहीन, सुकुम्वासी तथा अव्यवस्थित बस्तीबाट हटाइएका नागरिकलाई राखिएका होल्डिङ सेन्टरको अवलोकन गर्ने निर्णय गरेको छ ।

सिंहदरबारमा बिहीबार बसेको समिति बैठकले बनेपाको होल्डिङ सेन्टरमा अहिलेसम्म कुनै समिति अनुमनमा नपुगेको जानकारी प्राप्त भएकाले बनेपा लगाएतका होल्डिङ सेन्टरको अनुगमन गर्ने निर्णय गरिएको सभापति हरि ढकालले जानकारी दिए।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

बैठकमा काठमाडौँको भूमिहीन सुकुम्बासी व्यवस्थापनमा सरकारले गरिरहेको कार्यका बिषयमा शहरी बिकास मन्त्रालय लगाएत सरोकारवाला निकायसंग छलफल गरिएको थियो ।

Ncell
Extreme Energy

छलफलका क्रममा भूमिहीन, सुकुम्वासीलाई स्क्रिनिंग पश्चात फास्ट ट्रयाकमा लालपुर्जा बितरण गर्ने र लालपुर्जा प्राप्त नभएसम्म मासिक १५ हजार घरभाडा दिने तयारी भएको जानकारी आएको सभापति ढकालले बताए।

बैठकमा सांसदहरुले भूमिहीन, सुकुम्वासी तथा अव्यवस्थित बस्तीबाट हटाइएका बालबालिकाको पठनपाठनका बिषयमा चासो व्यक्त गरेका थिए ।

सो क्रममा सरकारले स्कूल बसहरू उपलब्ध गराएको, सुत्केरीहरूको पोषणका विषयमा उचित व्यवस्था प्रबन्ध गरेको जानकारी आएको सभापति ढकालले जानकारी दिए।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
नारायणगढ–मुग्लिन र पृथ्वी राजमार्ग आज पनि बन्द

नारायणगढ–मुग्लिन र पृथ्वी राजमार्ग आज पनि बन्द

सडकमा रोकिएर बसेका पोखरातर्फ जाने र नारायणगढतर्फ आउने सवारीसाधनलाई आज दिउँसो पार गराइएको छ । दुवै सडकका विभिन्न ठाउँहरूमा ढुङ्गा र लेदोसहितको पहिरो खसिरहेकाले सञ्चालनमा ल्याउन नसकिएको उनले...
कांग्रेस अधिवेशनमा बाढीको प्रभाव, क्षेत्रीय अधिवेशन १३ गतेसम्म

कांग्रेस अधिवेशनमा बाढीको प्रभाव, क्षेत्रीय अधिवेशन १३ गतेसम्म

जारी वर्षा र बाढीको असर कांग्रेस महाधिवेशनमा पनि परेको छ । निर्धारित समयभित्र सबै पालिकामा अधिवेशन सम्पन्न नहुँदै क्षेत्रीय अधिवेशन पनि प्रभावित भएको छ ।
कोरला नाका क्षेत्रमा बेमौसमी हिमपात, लोमान्थाङ आसपासका बस्तीमा भारी वर्षा

कोरला नाका क्षेत्रमा बेमौसमी हिमपात, लोमान्थाङ आसपासका बस्तीमा भारी वर्षा

कोरलानाका क्षेत्रमा हिमपात भएसँगै निकासी तथा पैठारीका कन्टेनर ढुवानीका साधनलाई आवतजावतमा समस्या देखिएको छ । बर्सेनि हिउँदयाम सुरु हुँदै गर्दा उपल्लो मुस्ताङको कोरलानाका क्षेत्रमा असोज महिनामै हिमपात भएको...