नेभिगेशन
समाज

हिरासतमा युवकको मृत्युः प्रहरी निरीक्षकसहित २ जनालाई कारबाही सिफारिस

काठमाडौँ । सिन्धुलीमा प्रहरी हिरासतमा एक युवकको मृत्यु भएको घटनामा प्रहरी निरीक्षकसहित २ जनालाई कारबाही गर्नुपर्ने सिफारिससहितको प्रतिवेदन प्रहरी प्रधान कार्यालयमा पेश भएको छ ।

प्रहरी प्रधान कार्यालयले गठन गरेको छानबिन समितिले इलाका प्रहरी कार्यालय खुर्कोटका प्रहरी निरीक्षक वसन्त भुजेल र घटना भएको दिन हिरासत कक्षमा ड्युटीमा रहेका प्रहरी कर्मचारीलाई विभागीय कारबाही गर्न सिफारिस गरेको एक सदस्यले जानकारी दिएका छन् ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

सिन्धुलीको खुर्कोटस्थित इलाका प्रहरी कार्यालयको हिरासतमा राखिएका श्रीकृष्ण बिकको मृत्यु भएपछि डीआईजी दिनेश आचार्यको नेतृत्वमा छानबिन समिति बनेको थियो । समितिले प्रहरी महानिरीक्षक दानबहादुर कार्कीलाई प्रतिवेदन बुझाएको हो । उक्त प्रतिवेदनलाई प्रहरी प्रधान कार्यालयले गृहमन्त्रालयमा पठाएको छ ।

Ncell
Extreme Energy

सिन्धुलीको सुनकोशी गाउँपालिका वडा नम्बर–३ स्थित जुम्लिडाँडाका २३ वर्षीय श्रीकृष्ण बिकलाई वैशाख ३ गते ललितपुरमा पक्राउ गरी सिन्धुली पठाइएको थियो ।

इलाका प्रहरी कार्यालय खुर्कोटमा हिरासतमा राखिएका बिक वैशाख ७ गते साँझ हिरासतको शौचालयमा आफैंले लगाएको सर्टको पासो लगाएर झुन्डिएको प्रहरीको दाबी छ । तर, बिकका आफन्त र राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद खगेन्द्र सुनारलगायतले उनको हत्या गरिएको दाबी गरिरहेका छन् ।

छानबिन समितिले भने श्रीकृष्णको मृत्यु ‘झुन्डिएर नै भएको’ निष्कर्ष सहितको छानबिन प्रतिवेदन बुझाएको  जनाइएको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
नेपाल र ग्रेनाडाबीच कूटनीतिक सम्बन्ध स्थापना

नेपाल र ग्रेनाडाबीच कूटनीतिक सम्बन्ध स्थापना

नेपाल र ग्रेनाडाबीच औपचारिक रूपमा कूटनीतिक सम्बन्ध स्थापना भएको छ।
चीनले नेपाललाई एआईयुक्त मौसम पूर्वसूचना प्रणाली हस्तान्तरण गर्‍यो

चीनले नेपाललाई एआईयुक्त मौसम पूर्वसूचना प्रणाली हस्तान्तरण गर्‍यो

चीनले नेपालको मौसमसम्बन्धी पूर्व–सूचना तथा विपद् प्रतिकार्य क्षमता सुधार्न सहयोग पुर्‍याउने उद्देश्यले कृत्रिम बुद्धिमत्ता (एआई)मा आधारित मौसम पूर्व–सूचना प्रणाली ‘माजु’को नेपालका लागि तयार पारिएको संस्करण हस्तान्तरण गरेको छ...
राष्ट्रसंघका महासचिवको चेतावनी: नेपालका हिमनदी पग्लने गति बढ्दैछ,  प्रभावहरू फैलिरहेको छ

राष्ट्रसंघका महासचिवको चेतावनी: नेपालका हिमनदी पग्लने गति बढ्दैछ, प्रभावहरू फैलिरहेको छ

संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले जलवायु परिवर्तनले विश्वको भविष्य संकटमा परेको बताएका छन् ।
एमाले केन्द्रीय कमिटीको बैठक बस्दै

एमाले केन्द्रीय कमिटीको बैठक बस्दै

नेकपा (एमाले) केन्द्रीय कमिटीको तेस्रो बैठक आज तेस्रो दिन पनि बस्दैछ । बैठक ललितपुरको भनिमण्डलस्थित रामबाग महलमा बिहान ९ बजेबाट सुरु हुँदैछ ।