नेभिगेशन
समाज

आइसीसी विश्वकप लिग २ - वर्षाका कारण स्कटल्यान्ड र अमेरिकाबीचको खेल रोकियो

काठमाडौँ । वर्षाका कारण स्कटल्यान्ड र अमेरिकाबीचको खेल रोकिएको छ । अमेरिकाले २६ दशमलव ४ ओभर खेल्दा खेल रोकिएको हो । अमेरिकाले चार विकेटको क्षतिमा १६० रन बनाएको छ ।

अमेरिकाका लागि स्मित पटेलले ७२ तथा कप्तान मोनाङ्क पटेलले १२ रन बनाए । यसअघि आइसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ अन्तर्गत कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा ट्स हारेर पहिला ब्याटिङ गरेको स्कटल्यान्डले ४७ ओभरमा ६ विकेट गुमाउँदै ३२१ रन बनायो ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

पचास ओभरको खेललाई वर्षाका कारण ४७ ओभरमा झारिएको हो । स्कटल्यान्डका लागि फिन्ले म्याकक्रेथले १०२ बल खेल्ने क्रममा ६ चौका र एक छक्काको मद्दतमा ७७ रन बनाए । विकेटकिपर म्याथ्यु क्रसले ३२ बलमा ८ चौका र दुई छक्काको सहयोगमा ५८ रन जोडे । 

Ncell
Extreme Energy

त्यस्तै ब्रान्डन म्याकमुलनले ४० बलमा ५ चौका र ३ छक्कासहित ५५ रन, माइकल इङ्लिसले ३२, मार्क वाटले अविजित २५ तथा माइकल लिस्कले अविजित २८, कप्तान रिची बेरिङ्टनले १० तथा जर्ज मुन्सीले २० रनको योगदान दिए ।

बलिङतर्फ अमेरिकाका लागि सौरभ नेत्रवाल्कर र जसदीप सिंहले दुई दुई तथा मिलिन्द कुमार र शुभम रन्जनेले एक एक विकेट लिए ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
‘मै पनि कांग्रेस हुन्थेँ होला...’

‘मै पनि कांग्रेस हुन्थेँ होला...’

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले नेपाली कांग्रेसले पार्टीको निष्ठा, मूल्य–मान्यता र त्यागको राजनीतिलाई प्राथमिकता दिएको भए आफू पनि कांग्रेस हुन सक्ने बताएका छन्।
गगनले कांग्रेसमा निरन्तरताको क्रमभंग गरे, अब देशको नेतृत्व गर्ने बाटोमा हिँड्नुस् : प्रचण्ड

गगनले कांग्रेसमा निरन्तरताको क्रमभंग गरे, अब देशको नेतृत्व गर्ने बाटोमा हिँड्नुस् : प्रचण्ड

नेकपा माओवादी केन्द्रका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको नेतृत्वमा निरन्तरताको क्रमभंग गर्दै नयाँ इतिहासतर्फ अघि बढेको बताएका छन्।
कांग्रेस महाधिवेशन मञ्चका तीन दृश्य

कांग्रेस महाधिवेशन मञ्चका तीन दृश्य

नेपाली कांग्रेसको १५औँ महाधिवेशन उद्घाटन समारोहमा विभिन्न राजनीतिक दलका शीर्ष नेताहरूको भेटघाट र अनौपचारिक संवादका दृश्य देखिएका छन्।
महाधिवेशन यात्राको सुरुवात हो, बलियो कांग्रेससहित अगाडि आउने छौँ : विश्वप्रकाश शर्मा

महाधिवेशन यात्राको सुरुवात हो, बलियो कांग्रेससहित अगाडि आउने छौँ : विश्वप्रकाश शर्मा

नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले पार्टीको १५औँ महाधिवेशन नयाँ यात्राको सुरुवात भएको बताएका छन्।