नेभिगेशन
समाज

अर्थतन्त्रको संरचनात्मक सुधारमा ध्यान दिन सरकारलाई पुनको आग्रह

काठमाडौँ । प्रतिनिधिसभाको बिहीबारको बैठकमा नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का सांसद वर्षमान पुनले कोरा आर्थिक वृद्धिले मात्रै मुलुकमा विद्यमान सामाजिक आर्थिक समस्या समाधान नगर्ने बताएका छन्।

सरकारको आगामी आर्थिक वर्ष २०८३/८४ को वार्षिक नीति तथा कार्यक्रममाथि दलीय आधारमा छलफल गर्दै कोरा आर्थिक वृद्धि होइन, अर्थतन्त्रको संरचनात्मक सुधारमा ध्यान दिनुपर्ने आवश्यकता औँल्याएका हुन्।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

उनले समाजका सबै तह र तप्कालाई समानुपातिक प्रतिफल दिने र राज्यका सेवामा सबैको समान पहुँच सुनिश्चि हुनेगरी व्यवस्था मिलाउने नीति लिन सरकारसँग आग्रह गरेका थिए।

Marvel
Extreme Energy

“हामी कुन वर्ग, कुन समुदाय, कुन क्षेत्रका लागि अर्थतन्त्रमा सुधार चाहन्छौँ भन्ने स्पष्ट खाका बनाएर सोहीअनुसार कार्यान्वयन गर्नुपर्ने आवश्यकता छ”, सांसद पुनले भने। सरकारको नीति तथा कार्यक्रम वैचारिक रूपमा अस्पष्ट रहेको जिकिर गर्दै उनले भने, “वर्तमान सरकारको नीति तथा कार्यक्रम प्राथमिकताविहीन र दिशाहीन छ । कार्यक्रम राखेर मात्र हुँदैन त्यसको आर्थिक आधार के छ र त्यसको संरचनात्मक व्यवस्थापन कसरी हुन्छ भन्ने विषय पनि सँगै सोच्नुपर्दछ ।”

पेट्रोलियम पदार्थको मूल्यवृद्धिले बजारमा वस्तु र सेवाको मूल्यमा परेको असरबाट जनतालाई राहत दिने विषयमा दस्तावेज मौन रहेको सांसद पुनले बताए। “पुँजीगत खर्चको महत्वपूर्ण हिस्सा रहेको निर्माण क्षेत्रबारे सरकारको स्पष्ट नीति र यस क्षेत्रका समस्या समाधान गर्ने ठोस कार्यक्रमको अभावमा पूर्वाधार विकास र आर्थिक वृद्धि सम्भव छ ?” उनले प्रश्न गरेका थिए।

सांसद पुनले बूढीगण्डकीलगायत राष्ट्रिय गौरवका आयोजनालाई शीघ्र सम्पन्न गर्ने, तीन तहका सरकारबीच राजस्व बाँडफाँटलाई समन्यायिक सन्तुलित र अनुमानयोग्य बनाउने विषयमा ध्यान दिन सरकारसँग आग्रह गरे।

कृषि क्षेत्रबारे विगतका कार्यक्रमले निरन्तरता पाएको उल्लेख गर्दै उनले तीनवटै तहको समन्वयमा स्थानीय विशिष्टताका आधारमा निर्यात प्रतिस्थापन गर्नेगरी उत्पादन, कृषिजन्य वस्तुको सङ्कलन, प्रशोधन र बजारीकरणको चुनौती सम्बोधन गर्ने नीति अख्तियार गर्न सुझाव दिए।

उनले अधिकार सम्पन्न दलित विकास प्राधिकरण स्थापनालाई प्राथमिकताका साथ नीति कार्यक्रममा समावेश गर्न आग्रह गरेका थिए। “दलित तथा जनजाति समुदायका रैथाने सीप तथा पेसाको व्यावसायिकीकरणका लागि शिल्पी उद्यमशीलता कार्यक्रम, रिटर्नी उद्यमशीलता कार्यक्रमलाई निरन्तरता दिइयोस”, उनले भने ।

सांसद पुनले हुलाकी राजमार्गलाई कृषिमा आधारित ग्रामीण उद्योग तथा मध्यपहाडी राजमार्गालाई फलफूलमा आधारित उध्यम करिडरका रूपमा विकास गर्ने कार्यक्रम समेट्न सरकारसँग आग्रह गरे।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
एनपीएलका आठवटै क्लबका लागि फ्लडलाइटसहितका क्रिकेट रंगशाला बनाउने प्रधानमन्त्रीको घोषणा

एनपीएलका आठवटै क्लबका लागि फ्लडलाइटसहितका क्रिकेट रंगशाला बनाउने प्रधानमन्त्रीको घोषणा

सरकारका अनुसार क्रिकेट रंगशाला पूर्वाधार विकास मन्त्रालयमार्फत निर्माण गरिनेछ । धनगढीस्थित फाप्ला क्रिकेट रंगशालाको निर्माण प्रक्रिया अघि बढिसकेको छ भने आगामी तीन महिनाभित्र बाँकी सबै रंगशालाको निर्माण प्रक्रिया...
लुम्बिनीलाई १० विकेटले हराउँदै सुदूरपश्चिमले जित्यो पहिलोपटक एनपीएल उपाधि

लुम्बिनीलाई १० विकेटले हराउँदै सुदूरपश्चिमले जित्यो पहिलोपटक एनपीएल उपाधि

सुदूरपश्चिमको जितमा ओपनर जर्ज मुन्सेले विस्फोटक ब्याटिङ गरे । उनले ५४ बलमा अविजित १२५ रन बनाए । उनको इनिङ्समा ७ चौका र ११ छक्का समावेश थिए । अर्का...
परराष्ट्रमन्त्री खनालसँग जापानी उपविदेशमन्त्री फुजीको शिष्टाचार भेटवार्ता

परराष्ट्रमन्त्री खनालसँग जापानी उपविदेशमन्त्री फुजीको शिष्टाचार भेटवार्ता

सो अवसरमा परराष्ट्रमन्त्री खनालले नेपाल भ्रमणमा रहेका जापानी उपमन्त्री फुजीलाई हार्दिक स्वागत गरे । उनले हालै रसुवा–भोटेकोशी क्षेत्रमा आएको बाढीपछि तत्काल राहत तथा सहयोग उपलब्ध गराएको र पुनःनिर्माणका...
एनपीएल फाइनलमा लुम्बिनीले सुदूरपश्चिमलाई दियो १५६ रनको लक्ष्य

एनपीएल फाइनलमा लुम्बिनीले सुदूरपश्चिमलाई दियो १५६ रनको लक्ष्य

लुम्बिनीका लागि दिलिप नाथले सर्वाधिक ३९ रन बनाए । उनले ३० बलमा ३९ रन बनाउँदै अविजित रहे । त्यस्तै कप्तान रोहितकुमार पौडेलले ३१ बलमा ३० रन बनाए ।