नेभिगेशन
समाज

विक्रम पाण्डेसहित ११ जना धरौटीमा रिहा, दिवाकर देउजा मात्रै थुनामा

काठमाडौँ । ई–बिडिङ वेबसाइटनै ह्याक गरेर सेटिङमा ठेक्का पार्ने अभियोगमा पक्राउ परेका राप्रपा नेता विक्रम पाण्डेसहित ११ जनालाई  धरौटीमा छाड्न आदेश भएको छ।

जिल्ला अदालत, काठमाडौँका न्यायधीश चुरामन खड्काको एकल इजलासले कालीका कन्स्ट्रक्सनका सञ्चालक समेत रहेका पाण्डेलाई ४ लाख धरौटीमा छाड्न आदेश दिएको हो । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter


यस्तै सरकारी कर्मचारी तथा कमप्युटर अपरेटर नासु दिवाकर देउजा पुर्पक्षका लागि कारागार चलान भएका छन् । सीआईबीले यो प्रकरणमा २२ जनालाई मुद्दा चलाएको थियो । जमध्ये १२ जना पक्राउ परेका थिए। 

Ncell
Extreme Energy

जिल्ला अदालतले पाण्डेसहित ११ जनालाई धरौटीमा रिहा गर्न आदेश दिएको हो। अदालतले नुवाकोटका प्रकाश ढुंगानसँग चार लाख, तनहुँका सञ्जय भट्टसँग १० लाख, सुनसरीका जीवनकुमार दाससँग पाँच लाख र काठमाडौँका अमृत बोहोरासँग चार लाख धरौटी माग गरेको हो।

यस्तै, मकवानपुरका सागर कटुवाललाई पाँच लाख, दोलखाका अनिल श्रेष्ठलाई चार लाख, काठमाडौँका भाष्करराज अर्याललाई १० लाख, धादिङका टंककुमार श्रेष्ठलाई चार लाख, सिराहाका स्वदेश पोखरेललाई चार लाख र काठमाडौँका ऋषिकेश गौलीलाई चार लाख रुपैयाँ धरौटी छोड्न आदेश भएको छ।

यस मुद्दामा पक्राउ परेका धनकुटाका दिवाकर देउजालाई भने पुर्पक्षका लागि थुनामा पठाउन आदेश भएको छ। 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
नारायणगढ–मुग्लिन र पृथ्वी राजमार्ग आज पनि बन्द

नारायणगढ–मुग्लिन र पृथ्वी राजमार्ग आज पनि बन्द

सडकमा रोकिएर बसेका पोखरातर्फ जाने र नारायणगढतर्फ आउने सवारीसाधनलाई आज दिउँसो पार गराइएको छ । दुवै सडकका विभिन्न ठाउँहरूमा ढुङ्गा र लेदोसहितको पहिरो खसिरहेकाले सञ्चालनमा ल्याउन नसकिएको उनले...
कांग्रेस अधिवेशनमा बाढीको प्रभाव, क्षेत्रीय अधिवेशन १३ गतेसम्म

कांग्रेस अधिवेशनमा बाढीको प्रभाव, क्षेत्रीय अधिवेशन १३ गतेसम्म

जारी वर्षा र बाढीको असर कांग्रेस महाधिवेशनमा पनि परेको छ । निर्धारित समयभित्र सबै पालिकामा अधिवेशन सम्पन्न नहुँदै क्षेत्रीय अधिवेशन पनि प्रभावित भएको छ ।
कोरला नाका क्षेत्रमा बेमौसमी हिमपात, लोमान्थाङ आसपासका बस्तीमा भारी वर्षा

कोरला नाका क्षेत्रमा बेमौसमी हिमपात, लोमान्थाङ आसपासका बस्तीमा भारी वर्षा

कोरलानाका क्षेत्रमा हिमपात भएसँगै निकासी तथा पैठारीका कन्टेनर ढुवानीका साधनलाई आवतजावतमा समस्या देखिएको छ । बर्सेनि हिउँदयाम सुरु हुँदै गर्दा उपल्लो मुस्ताङको कोरलानाका क्षेत्रमा असोज महिनामै हिमपात भएको...