नेभिगेशन
समाज

संसदमा विपक्षीको अवरोध कायमै, बैठक १५ मिनेटका लागि स्थगित

काठमाडौँ । प्रतिनिधिसभा बैठक १५ मिनेटका लागि स्थगित भएको छ । प्रधानमन्त्रीको उपस्थिति माग गर्दै विपक्षी दलहरुले सदन अवरुद्ध गरेपछि सभामुख डोप्रसाद अर्यालले १५ मिनेटका लागि बैठक स्थगित गरेका हुन् । 

दिनभर नीति तथा कार्यक्रममा छलफल भएपनि नीति तथा कार्यक्रममाथि उठेका प्रश्नमा अर्थमन्त्री डा स्वर्णिम वाग्लेले जवाफ दिन तयार भएपछि विपक्षी दलहरुले उठेर विरोध जनाएका हुन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

त्यसपछि सभामुख अर्यालले विपक्षी दलका सांसदहरुलाई छोटकरीमा आफ्नो भनाई राख्न समय दिएका थिए । सो क्रममा उनीहरुले बैठकमा प्रधानमन्त्रीको उपस्थिति माग गरे । 

Ncell
Extreme Energy

सभामुख अर्यालले पटक पटक अवरोध नगर्न आग्रह गरेका थिए । तर विपक्षी दलका सांसदहरु आफ्नो अडानमा टसमस नभएपछि सभामुख अर्यालले १५ मिनेटका लागि बैठक स्थगित गरेका हुन् । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
नारायणगढ–मुग्लिन र पृथ्वी राजमार्ग आज पनि बन्द

नारायणगढ–मुग्लिन र पृथ्वी राजमार्ग आज पनि बन्द

सडकमा रोकिएर बसेका पोखरातर्फ जाने र नारायणगढतर्फ आउने सवारीसाधनलाई आज दिउँसो पार गराइएको छ । दुवै सडकका विभिन्न ठाउँहरूमा ढुङ्गा र लेदोसहितको पहिरो खसिरहेकाले सञ्चालनमा ल्याउन नसकिएको उनले...
कांग्रेस अधिवेशनमा बाढीको प्रभाव, क्षेत्रीय अधिवेशन १३ गतेसम्म

कांग्रेस अधिवेशनमा बाढीको प्रभाव, क्षेत्रीय अधिवेशन १३ गतेसम्म

जारी वर्षा र बाढीको असर कांग्रेस महाधिवेशनमा पनि परेको छ । निर्धारित समयभित्र सबै पालिकामा अधिवेशन सम्पन्न नहुँदै क्षेत्रीय अधिवेशन पनि प्रभावित भएको छ ।
कोरला नाका क्षेत्रमा बेमौसमी हिमपात, लोमान्थाङ आसपासका बस्तीमा भारी वर्षा

कोरला नाका क्षेत्रमा बेमौसमी हिमपात, लोमान्थाङ आसपासका बस्तीमा भारी वर्षा

कोरलानाका क्षेत्रमा हिमपात भएसँगै निकासी तथा पैठारीका कन्टेनर ढुवानीका साधनलाई आवतजावतमा समस्या देखिएको छ । बर्सेनि हिउँदयाम सुरु हुँदै गर्दा उपल्लो मुस्ताङको कोरलानाका क्षेत्रमा असोज महिनामै हिमपात भएको...