नेभिगेशन
समाज

अनौपचारिक शिक्षा तथ्याङ्कलाई एकीकृत शैक्षिक व्यवस्थापन सूचना प्रणालीमा आबद्ध गरिँदै

काठमाडौँ । शिक्षा तथा खेलकुद मन्त्रालय मातहतको शिक्षा तथा मानव स्रोत केन्द्रले अनौपचारिक शिक्षातर्फको शैक्षिक तथ्याङ्कलाई एकीकृत शैक्षिक व्यवस्थापन सूचना प्रणाली (इमिस) मा आबद्ध गराएको छ ।

केन्द्रले हरेक वर्षको दुई पटक शिशु कक्षादेखि कक्षा १२ सम्मको सबै तथ्याङ्क अद्यावधिक गर्दै आएकामा अब अनौपचारिक शिक्षाको तथ्याङ्क पनि सङ्कलन आरम्भ गरेको हो ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

केन्द्रका निर्देशक माधवप्रसाद पोख्रेलले सबै स्थानीय तह र सामुदायिक सिकाइ केन्द्रलाई अनौपचारिक शैक्षिक तथा आजीवन सिकाइसँग सम्बन्धित हालसम्मको तथ्याङ्कको विवरण प्रविष्ट गरी अद्यावधिक गर्न पत्राचार गरिएको जनाए।

Ncell
Extreme Energy

मन्त्रालयबाट प्रकाशित ‘शैक्षिक सूचना, २०८१’ अनुसार मुलुकभर दुई हजार १५१ सामुदायिक सिकाइ केन्द्र, १२१ खुला विद्यालय र १७१ अनौपचारिक विद्यालय रहेका छन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
नारायणगढ–मुग्लिन र पृथ्वी राजमार्ग आज पनि बन्द

नारायणगढ–मुग्लिन र पृथ्वी राजमार्ग आज पनि बन्द

सडकमा रोकिएर बसेका पोखरातर्फ जाने र नारायणगढतर्फ आउने सवारीसाधनलाई आज दिउँसो पार गराइएको छ । दुवै सडकका विभिन्न ठाउँहरूमा ढुङ्गा र लेदोसहितको पहिरो खसिरहेकाले सञ्चालनमा ल्याउन नसकिएको उनले...
कांग्रेस अधिवेशनमा बाढीको प्रभाव, क्षेत्रीय अधिवेशन १३ गतेसम्म

कांग्रेस अधिवेशनमा बाढीको प्रभाव, क्षेत्रीय अधिवेशन १३ गतेसम्म

जारी वर्षा र बाढीको असर कांग्रेस महाधिवेशनमा पनि परेको छ । निर्धारित समयभित्र सबै पालिकामा अधिवेशन सम्पन्न नहुँदै क्षेत्रीय अधिवेशन पनि प्रभावित भएको छ ।
कोरला नाका क्षेत्रमा बेमौसमी हिमपात, लोमान्थाङ आसपासका बस्तीमा भारी वर्षा

कोरला नाका क्षेत्रमा बेमौसमी हिमपात, लोमान्थाङ आसपासका बस्तीमा भारी वर्षा

कोरलानाका क्षेत्रमा हिमपात भएसँगै निकासी तथा पैठारीका कन्टेनर ढुवानीका साधनलाई आवतजावतमा समस्या देखिएको छ । बर्सेनि हिउँदयाम सुरु हुँदै गर्दा उपल्लो मुस्ताङको कोरलानाका क्षेत्रमा असोज महिनामै हिमपात भएको...