नेभिगेशन
समाज

पुटिनको चीन भ्रमणको तयारी अन्तिम चरणमा, मिति चाँडै घोषणा हुने

रूसी राष्ट्रपति भ्लादिमिर पुटिनको आगामी चीन भ्रमणको तयारी लगभग सम्पन्न भएको र आधिकारिक मिति चाँडै घोषणा हुने अपेक्षा गरिएको रूसी समाचार एजेन्सी तासले क्रेमलिनलाई उदृत गर्दै जनाएको छ ।

पत्रकारहरु सँगको साक्षातकारमा बोल्दै क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभले भ्रमणको तयारी अन्तिम चरणमा रहेको बताएका छन् । भ्रमणको मिति चाँडै घोषणा गर्ने बताउदै उनले  भ्रमणको तयारी भइरहेको यसलाई अन्तिम रूप दिने काम भई रहेको पेस्कोभले उल्लेख गरेका हुन्।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

रूसी समाचार एजेन्सि तासका अनुसार पुटिनको आगामी चीन भ्रमण बारे गहन छलफल गरिएको छ । यद्दपी क्रेमलिनले पुटिनको भ्रमणको योजना र एजेन्डाको बारेमा थप विवरणहरू खुलासा गरेको छैन ।

Ncell
Extreme Energy

यस अघि, मे–९ मा रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले भारत, चीन र अमेरिकालाई युक्रेन द्वन्द्वमा परिस्थिति जन्य सुचना प्रस्तुत गरेका थिए । जसमा दोस्रो विश्वयुद्धको सम्झनामा किएभ सँग तीन दिने युद्धविरामको लागि मार्ग प्रशस्त गरिएको थियो।

यसैबीच, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बिहीबार चीन स्ट्रेट अफ होर्मुज खुला भएको हेर्न चाहको बताएका छन्। फक्स न्यूजसँगको अन्तर्वार्तामा ट्रम्पले राष्ट्रपति सी सम्झौता भएको हेर्न र आवाश्यक कुनै पनि मद्दत गर्न चाहेको बताए।

ट्रम्पले राष्ट्रपति सी लाई सेप्टेम्बर–२४ मा ह्वाइट हाउस भ्रमण गर्न निमन्त्रणा पनि दिएको जनाइएको छ । ट्रम्पले अमेरिकी र चिनियाँ जनता बिचको सवृद्धी र स्थायी सम्बन्धका लागि हालैको अवसर तथा सम्झौता निकै विशेष रहेको उजागर गरेका छन् ।

बिहीबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई सम्मान गर्दै  सीले राजकीय भोजको आयोजना गरेको र मेलमिलापको माध्यामबाट समन्वयात्मक रुपमा सँगै अगाडि बढ्न सक्ने प्रस्ताव गरेको जनाइएको छ ।

बेइजिङमा रात्रि भोजको समयमा विश्वको दुई ठूला अर्थतन्त्रहरू बीचको सम्बन्धलाई आधुनिक युगको सबै भन्दा महत्त्वपूर्ण द्विपक्षीय सम्बन्धको रूपमा वर्णन गर्दै सी ले दुवै राष्ट्रहरूले यसलाई कहिल्यै गडबडी गर्न नहुने चेतावनी जारी गरेको जनाइएको छ ।

चीन र संयुक्त राज्य अमेरिकाका जनताहरुलाई सम्झदै सीले दुवै देशले एक–अर्कालाई सफल हुन र सम्पूर्ण विश्वको कल्याणलाई अगाडि बढाउन मद्दत गर्न सक्ने बताए।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
२५ सय नहुँदा सडकमै बच्चा जन्माउन विवश बबिता, सभ्य समाजलाई लज्जित पार्ने घटना

२५ सय नहुँदा सडकमै बच्चा जन्माउन विवश बबिता, सभ्य समाजलाई लज्जित पार्ने घटना

बुधबार मध्यराति, सुत्केरी ब्यथाले च्यापिसकेपछि आफ्नै पति र दुई आफन्तसहित अस्पताल पुगेकी एक महिलाले अस्पतालमा भर्ना नपाएर सडकमै बच्चा जन्माउनु परेको खबर जब सार्वजनिक भयो, त्यसले आफूलाई सभ्य...
रसुवा बाढीबाट पाँच जिल्लाका १६ हजार घरधुरी प्रभावित,  कुन स्थानीय तह कति ?

रसुवा बाढीबाट पाँच जिल्लाका १६ हजार घरधुरी प्रभावित,  कुन स्थानीय तह कति ?

बाढीका कारण उक्त क्षेत्रमा प्रभावित १६ हजार ११० घरधुरीमा रहेका ६४ हजार ३३५ जना छन् । “प्रत्यक्ष रूपमा बाढीका कारण सात हजार ५७०, आठ हजार ३१७ घरधुरी र...
नवनियुक्त उद्योगमन्त्री  दीपक कुमार साहद्वारा शपथ ग्रहण

नवनियुक्त उद्योगमन्त्री  दीपक कुमार साहद्वारा शपथ ग्रहण

नवनियुक्त उद्योग मन्त्री साहले बिहीबार नै शितल निवासमा आयोजित विशेष समारोहकाबीच राष्ट्रपति पौडेलसमक्ष पद तथा गोपनियताको सपथ लिएका छन् ।
रसुवा बाढीपछि नेपालले  हानि र नोक्सानी सम्बोधन कोषलाई पठाएको पत्रको जवाफ के आयो ?

रसुवा बाढीपछि नेपालले  हानि र नोक्सानी सम्बोधन कोषलाई पठाएको पत्रको जवाफ के आयो ?

विनाशकारी भोटेकोशी बाढीको तत्काल सम्बोधनका लागि नेपालले यही भदौ १५ गते लेखेको पत्रको जवाफ कोषले आज अर्थमन्त्री डा स्वर्णिम वाग्ले र कृषि, वन तथा वातावरणमन्त्री गिता चौधरीलाई सम्बोधन...