नेभिगेशन
समाज

महाधिवेशनको कार्यतालिका बनाउन समिति गठन गर्ने राप्रपाको निर्णय

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)ले आगामी महाधिवेशनको कार्यतालिका बनाउन समिति गठन गर्ने निर्णय गरेको छ ।

शुक्रबार पार्टी कार्यालय धुम्वाराहीमा बसेको राप्रपा केन्द्रीय कार्यसमिति बैठकले आगामी महाधिवेशनको कार्यतालिका बनाउन उपाध्यक्ष हेमजंग गुरुङ, महामन्त्री धवल शम्सेर राणा र सह-महामन्त्री प्रकाश रिमाल रहेको समिति गठन गर्ने निर्णय भएको अध्यक्ष राजेन्द्र लिङ्देनले जानकारी दिए।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

समितिलाई आगामी कार्यसमितिको बैठकमा पेश गर्नेगरि महाधिवेशन कार्यतालिका बनाउने जिम्मेवारी दिइएको उनले बताए। यसैगरि बैठकले आगामी महाधिवेशन, समसामयिक राजनीतिक परिस्थिति र हालै सम्पन्न निर्वाचनको समिक्षाका लागि जेठ २८ र २९ गते काठमाडौंमा केन्द्रीय कार्यसमितिको बैठक बोलाउने निर्णय गरेको अध्यक्ष लिङ्देनले बताएका थिए।

Ncell
Extreme Energy

बैठकमा सातै वटा प्रदेशको समिक्षा बैठकबाट आएका सुझावहरु सचिवालय महामन्त्री राजेन्द्र गुरुङले प्रस्तुत गरेको र त्यसमाथि पनि छलफल भएको उनले जानकारी दिए। उनले राप्रपा महाधिवेशनतर्फ उन्मुख भएको भन्दै निर्वाचनका कारण स्थगन गरिएका स्थानीय र जिल्ला अधिवेशनलाई निरन्तरता दिने निर्णय भएको बताए।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
बाढीपहिरोको जोखिम बढेपछि २५ जिल्लामा दुई दिन सवारी सञ्चालनमा रोक

बाढीपहिरोको जोखिम बढेपछि २५ जिल्लामा दुई दिन सवारी सञ्चालनमा रोक

अविरल वर्षाका कारण बाढी, पहिरो तथा सडक अवरुद्ध हुनसक्ने र त्यसबाट सम्भावित दुर्घटना तथा क्षति हुनसक्ने जोखिमलाई ध्यानमा राखेर तराई, भित्री मधेस, पहाड तथा हिमाली क्षेत्रका २५ जिल्लामा...
पाल्पामा पहिरोले दुई घर भत्किए, एक महिला बेपत्ता

पाल्पामा पहिरोले दुई घर भत्किए, एक महिला बेपत्ता

निरन्तर वर्षाका कारण घरभन्दा माथि निर्माण गरिएको नयाँ मोटरबाटोबाट लेदोसहित ढुङ्गामाटो बगेर आउँदा स्थानीय केसुराम सारुमगर र रामबहादुर उचईका कच्ची घर पहिराले ढलाएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी...
नारायणगढ–मुग्लिन र पृथ्वी राजमार्ग आज पनि बन्द

नारायणगढ–मुग्लिन र पृथ्वी राजमार्ग आज पनि बन्द

सडकमा रोकिएर बसेका पोखरातर्फ जाने र नारायणगढतर्फ आउने सवारीसाधनलाई आज दिउँसो पार गराइएको छ । दुवै सडकका विभिन्न ठाउँहरूमा ढुङ्गा र लेदोसहितको पहिरो खसिरहेकाले सञ्चालनमा ल्याउन नसकिएको उनले...
कांग्रेस अधिवेशनमा बाढीको प्रभाव, क्षेत्रीय अधिवेशन १३ गतेसम्म

कांग्रेस अधिवेशनमा बाढीको प्रभाव, क्षेत्रीय अधिवेशन १३ गतेसम्म

जारी वर्षा र बाढीको असर कांग्रेस महाधिवेशनमा पनि परेको छ । निर्धारित समयभित्र सबै पालिकामा अधिवेशन सम्पन्न नहुँदै क्षेत्रीय अधिवेशन पनि प्रभावित भएको छ ।