नेभिगेशन
समाज

प्रधानमन्त्री कार्यालयको नाम दुरुपयोग गरी धम्की दिने व्यक्तिलाई कारबाही प्रक्रिया अघि बढ्यो

काठमाडौँ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले दैलेखको दुल्लु नगरपालिका–१३ का वडा सचिव कमल भण्डारीलाई फोनमार्फत धम्की दिने व्यक्तिलाई कारबाही प्रक्रिया अगाडि बढाइएको जनाएको छ । 

कार्यालयका प्रवक्ता सहसचिव हेमराज अर्यालद्वारा आज जारी विज्ञप्तिमा प्रकाश खड्का नाम गरेका व्यक्तिले प्रधानमन्त्री कार्यालयको नाम दुरुपयोग गर्दै अभद्र भाषा प्रयोग गरी धम्की दिएको ‘अडियो’ सार्वजनिक भएपछि सम्बन्धित सुरक्षा तथा अनुसन्धान निकायलाई तत्काल कानुनी कारबाही प्रक्रिया अघि बढाउन निर्देशन दिइएको उल्लेख छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

कार्यालयले कानुन तथा स्थापित प्रशासनिक प्रक्रियाअनुसार आफ्नो जिम्मेवारी निर्वाह गरिरहेका राष्ट्रसेवक कर्मचारीमाथि भय र त्रास सिर्जना गर्ने, अमर्यादित व्यवहार गर्ने तथा दबाब दिने गतिविधि पूर्णतः निन्दनीय र अक्षम्य रहेको जनाएको छ । विज्ञप्तिमा भनिएको छ, “सम्माननीय प्रधानमन्त्री सुशासन, विधिको शासन तथा राष्ट्रसेवक कर्मचारीको व्यावसायिक सुरक्षा र उच्च मनोबलका पक्षमा दृढ हुनुहुन्छ । साथै, विधिको शासनलाई चुनौती दिने जो–कोहीलाई कानुन बमोजिम कडा कारबाही गर्न कार्यालय प्रतिबद्धता छ ।”

Ncell
Extreme Energy

त्यसैगरी, कुनै पनि व्यक्तिले प्रधानमन्त्री, प्रधानमन्त्रीको सचिवालय वा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको नाम प्रयोग गरी फोन वा भेटमार्फत धम्की दिने, बार्गेनिङ गर्ने वा अनुचित दबाब सिर्जना गर्ने प्रयास गरेमा त्यस्ता भ्रममा नपर्न कार्यालयले आमनागरिक तथा सरकारी निकायलाई आग्रहसमेत गरेको छ ।

कार्यालयले यस्ता शङ्कास्पद फोन, सन्देश वा संवादहरू आधिकारिक माध्यमबाट प्रमाणीकरण गरेर मात्र काम कारबाही अघि बढाउन सम्पूर्ण सरकारी निकाय, स्थानीय तह तथा राष्ट्रसेवक कर्मचारीलाई आग्रह गर्दै राज्यको प्रशासनिक गरिमा र संस्थागत साख जोगाउन कार्यालय सदैव सजग र प्रतिबद्ध रहेको जनाएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
बिपी राजमार्गमा राति, कान्ति लोकपथमा साँझदेखि बिहानसम्म सवारी रोक

बिपी राजमार्गमा राति, कान्ति लोकपथमा साँझदेखि बिहानसम्म सवारी रोक

वर्षाका कारण सडक जोखिम बढेपछि बिपी राजमार्गमा बेलुका ६ बजेदेखि बिहान ४ बजेसम्म र कान्ति लोकपथमा बेलुका ५ बजेदेखि बिहान ५ बजेसम्म सबै प्रकारका सवारीसाधन सञ्चालनमा रोक लगाइएको...
सर्पदंशबाट चार महिनामै ५६ जनाको मृत्यु

सर्पदंशबाट चार महिनामै ५६ जनाको मृत्यु

चालु आर्थिक वर्षको वैशाखदेखि साउन २० गतेसम्म देशका ६४ जिल्लामा सर्पदंशका ७६८ घटना भएका छन् ।
ट्रम्पले रोके अमेरिका पुगेर सुत्केरी हुने ‘बर्थ टुरिजम’

ट्रम्पले रोके अमेरिका पुगेर सुत्केरी हुने ‘बर्थ टुरिजम’

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले जन्मसिद्ध नागरिकताको दायरा सीमित गर्ने उद्देश्यसहित दुई नयाँ कार्यकारी आदेशमा हस्ताक्षर गरेका छन्। केही साताअघि अमेरिकी सर्वोच्च अदालतले यस्तै प्रकृतिको अघिल्लो आदेश कार्यान्वयन गर्न...
कक्षा १२ को मौका परीक्षाको नतिजा प्रकाशित

कक्षा १२ को मौका परीक्षाको नतिजा प्रकाशित

राष्ट्रिय परीक्षा बोर्डले बिहीबार कक्षा १२ को मौका परीक्षाको परीक्षाफल प्रकाशित गरेको छ ।