नेभिगेशन
समाज

दीर्घकालीन योजनामा स्थानीय सरकार केन्द्रित हुनुपर्छः मन्त्री खनाल

काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनालले अल्पकालीन राजनीतिभन्दा दीर्घकालीन योजनामा स्थानीय सरकार केन्द्रित हुनुपर्ने बताएका छन्।

टोखा नगरपालिकाले आइतबार आयोजना गरेको आर्थिक वर्ष २०८३/८४ को नीति, कार्यक्रम तथा बजेट तर्जुमाका लागि सल्लाह, सुझाव सङ्कलन कार्यक्रममा उनले दीर्घकालीन योजना निर्माणमा स्थानीय सरकार केन्द्रित हुनुपर्ने बताएका हुन्।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

उनले अबको समय राजनीतिक लाभभन्दा माथि उठेर काम गर्ने बेला आएको उल्लेख गरे । “अबको २०/२५ वर्षपछिको पुस्ताले पनि सम्झिने गरी काम गर्ने अवसर अहिलेको स्थानीय तहका जनप्रतिनिधिमा छ, त्यसैले अल्पकालीन राजनीतिभन्दा दीर्घकालीन योजनामा केन्द्रित हुनुहोस्,” उनले भने ।

Ncell
Extreme Energy

काठमाडौँ क्षेत्र नं ६ का सांसदसमेत रहेका मन्त्री खनालले टोखाको दक्षिणी भेग निकै बाक्लो बस्तीले भरिएको र उत्तरी भेगमा अझै पनि खुला जमिन बाँकी रहेको भन्दै व्यवस्थित सहर निर्माणमा ध्यान दिनुपर्ने बताए । उनले टोखाको ऐतिहासिक नेवारी बस्ती र शनिबार लाग्ने बजारलाई व्यवस्थित गर्दै पर्यटन प्रवर्द्धन गर्न जरुरी रहेको उल्लेख गरेका थिए।

टोखामा घरबास ‘होमस्टे’ विकास गर्न सकिने उनको भनाइ थियो । मन्त्री खनालले टोखा–छहरे सुरुङ मार्ग विस्तार गर्दा टोखाका धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले यसको विकल्प खोज्नुपर्ने बताए।

साङ्ला खोला करिडोर र विष्णुमती खोला करिडोरलाई उक्त राजमार्गको वैकल्पिक मार्गका रूपमा विकास गर्दा कम लागत र कम क्षतिमा अन्तरराष्ट्रिय मापदण्डको सडक बनाउन सकिने उनको भनाइ छ । उनले नगरपालिकालाई थप प्रविधिमैत्री बनाउन कर तिर्नेदेखि सामान्य सिफारिस लिने काम घरबाटै गर्न सकिने गरी ‘डिजिटल’ प्रणाली लागू गर्नुपर्ने बताए।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
बाढीपहिरोको जोखिम बढेपछि २५ जिल्लामा दुई दिन सवारी सञ्चालनमा रोक

बाढीपहिरोको जोखिम बढेपछि २५ जिल्लामा दुई दिन सवारी सञ्चालनमा रोक

अविरल वर्षाका कारण बाढी, पहिरो तथा सडक अवरुद्ध हुनसक्ने र त्यसबाट सम्भावित दुर्घटना तथा क्षति हुनसक्ने जोखिमलाई ध्यानमा राखेर तराई, भित्री मधेस, पहाड तथा हिमाली क्षेत्रका २५ जिल्लामा...
पाल्पामा पहिरोले दुई घर भत्किए, एक महिला बेपत्ता

पाल्पामा पहिरोले दुई घर भत्किए, एक महिला बेपत्ता

निरन्तर वर्षाका कारण घरभन्दा माथि निर्माण गरिएको नयाँ मोटरबाटोबाट लेदोसहित ढुङ्गामाटो बगेर आउँदा स्थानीय केसुराम सारुमगर र रामबहादुर उचईका कच्ची घर पहिराले ढलाएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी...
नारायणगढ–मुग्लिन र पृथ्वी राजमार्ग आज पनि बन्द

नारायणगढ–मुग्लिन र पृथ्वी राजमार्ग आज पनि बन्द

सडकमा रोकिएर बसेका पोखरातर्फ जाने र नारायणगढतर्फ आउने सवारीसाधनलाई आज दिउँसो पार गराइएको छ । दुवै सडकका विभिन्न ठाउँहरूमा ढुङ्गा र लेदोसहितको पहिरो खसिरहेकाले सञ्चालनमा ल्याउन नसकिएको उनले...
कांग्रेस अधिवेशनमा बाढीको प्रभाव, क्षेत्रीय अधिवेशन १३ गतेसम्म

कांग्रेस अधिवेशनमा बाढीको प्रभाव, क्षेत्रीय अधिवेशन १३ गतेसम्म

जारी वर्षा र बाढीको असर कांग्रेस महाधिवेशनमा पनि परेको छ । निर्धारित समयभित्र सबै पालिकामा अधिवेशन सम्पन्न नहुँदै क्षेत्रीय अधिवेशन पनि प्रभावित भएको छ ।