नेभिगेशन
समाज

ओली निवास गुण्डुमा एमाले सचिवालय बैठक बस्दै

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)को केन्द्रीय सचिवालयको बैठक सोमबार बस्दैछ ।

अध्यक्ष केपी शर्मा ओलीको निवास भक्तपुरको गुण्डुमा दिउँसो १ः०० बजे बैठक बस्ने बैठकमा नेताहरुको कार्यविभाजन मुख्य एजेन्डा भएकाले सो पार्टीका केन्द्रीय कार्यालय सचिव डा भीष्मराज अधिकारीले जानकारी दिए।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

यही जेठ २ गते बस्ने भनिएको बैठक तयारी नपुगेको भन्दै आजलाई सारिएको थियो । पार्टीको ११औँ महाधिवेशनपछि नेताहरुको कार्यविभाजन नभएकाले आजको मुख्य एजेण्डा यसमै केन्द्रित हुने नेताहरुले बताएका छन् ।

Ncell
Extreme Energy

एक पदाधिकारीका अनुसार केन्द्रीय सदस्यहरुलाई पालिकास्तरको जिम्मेवारी दिएर पठाउने तयारी छ । हरेक केन्द्रीय सदस्यलाई पालिकाको इञ्चार्ज बनाएर आउने स्थानीय तहको निर्वाचनमा पार्टीलाई बलियो बनाउन निर्देशन गरिनेछ ।

यसैगरी केन्द्रीय विभाग तथा निकायहरुमा जिम्मेवारी बाँडफाँटको तयारी छ । आजको बैठकले गत फागुन २१ गते सम्पन्न  निर्वाचनको समीक्षाका लागि केन्द्रीय कमिटीको बैठकको मिति समेत तोक्ने जनाइएको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
बिपी राजमार्गमा राति, कान्ति लोकपथमा साँझदेखि बिहानसम्म सवारी रोक

बिपी राजमार्गमा राति, कान्ति लोकपथमा साँझदेखि बिहानसम्म सवारी रोक

वर्षाका कारण सडक जोखिम बढेपछि बिपी राजमार्गमा बेलुका ६ बजेदेखि बिहान ४ बजेसम्म र कान्ति लोकपथमा बेलुका ५ बजेदेखि बिहान ५ बजेसम्म सबै प्रकारका सवारीसाधन सञ्चालनमा रोक लगाइएको...
सर्पदंशबाट चार महिनामै ५६ जनाको मृत्यु

सर्पदंशबाट चार महिनामै ५६ जनाको मृत्यु

चालु आर्थिक वर्षको वैशाखदेखि साउन २० गतेसम्म देशका ६४ जिल्लामा सर्पदंशका ७६८ घटना भएका छन् ।
ट्रम्पले रोके अमेरिका पुगेर सुत्केरी हुने ‘बर्थ टुरिजम’

ट्रम्पले रोके अमेरिका पुगेर सुत्केरी हुने ‘बर्थ टुरिजम’

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले जन्मसिद्ध नागरिकताको दायरा सीमित गर्ने उद्देश्यसहित दुई नयाँ कार्यकारी आदेशमा हस्ताक्षर गरेका छन्। केही साताअघि अमेरिकी सर्वोच्च अदालतले यस्तै प्रकृतिको अघिल्लो आदेश कार्यान्वयन गर्न...
कक्षा १२ को मौका परीक्षाको नतिजा प्रकाशित

कक्षा १२ को मौका परीक्षाको नतिजा प्रकाशित

राष्ट्रिय परीक्षा बोर्डले बिहीबार कक्षा १२ को मौका परीक्षाको परीक्षाफल प्रकाशित गरेको छ ।