नेभिगेशन
समाज

२४ घण्टामा एक हजार ९६२ जना सवारी चालक ट्राफिक कारबाहीमा

काठमाडौँ । ट्राफिक प्रहरीले काठमाडौँ उपत्यकामा पछिल्लो २४ घण्टामा एक हजार ९६२ जना सवारी चालक तथा नियम उल्लङ्घनकर्तामाथि कारबाही गरेको छ ।

उक्त कारबाहीबाट रु आठ लाख ८९ हजार राजस्व सङ्कलन भएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । ट्राफिक प्रहरीका अनुसार उपत्यकाभित्र बढ्दो सवारी चाप, अव्यवस्थित पार्किङ, लापरबाहीपूर्ण सवारी सञ्चालन तथा ट्राफिक नियमको बेवास्ताका कारण दुर्घटनाको जोखिम बढ्दै गएको छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

यसलाई नियन्त्रण गर्न नियमित चेकिङ, निगरानी तथा विशेष अभियान सञ्चालन गरिएको हो । ट्राफिक प्रहरी प्रवक्ता एवं प्रहरी उपरीक्षक नरेशराज सुवेदीका अनुसार कारबाहीमा पर्नेहरूमध्ये सबैभन्दा बढी विभिन्न अन्य ट्राफिक उल्लङ्घन गर्ने ९०५ जना रहेका छन् ।

Ncell
Extreme Energy

यस्तै, मादक पदार्थ सेवन गरेर सवारी चलाउने १०२ जना चालकलाई नियन्त्रणमा लिइएको छ भने राइड सेयरिङसम्बन्धी नियम उल्लङ्घन गर्ने १४७ जनामाथि कारबाही गरिएको छ ।

त्यसैगरी, रातो बत्ती उल्लङ्घन गर्ने २११, तीव्र गतिमा सवारी चलाउने १९७, लेन मिच्ने ५३, सडक फुटपाथ अतिक्रमण गर्ने ८८, ‘नो हर्न’ क्षेत्र उल्लङ्घन गर्ने ११६ तथा एकतर्फी सडकमा सवारी प्रवेश गराउने १४३ जना चालक कारबाहीमा परेका छन् । प्रहरी उपरीक्षक सुवेदीले ट्राफिक प्रहरीको मुख्य उद्देश्य राजस्व सङ्कलन मात्र नभई नागरिकलाई ट्राफिक नियमप्रति जिम्मेवार बनाउनु रहेको बताए।

उनले भने, ‘उपत्यकामा ट्राफिक नियम उल्लङ्घन तथा सवारी दुर्घटना न्यूनीकरण गर्न ट्राफिक प्रहरी निरन्तर खटिएको छ । हाम्रो उद्देश्य केवल राजस्व उठाउनु होइन, नागरिकलाई सुरक्षित यात्रा सुनिश्चित गराउनु र सडक दुर्घटना घटाउनु हो ।’

उनका अनुसार पछिल्लो समय ट्राफिक नियम उल्लङ्घनका घटनामा केही कमी आए पनि अझै धेरै चालकले आधारभूत नियमसमेत पालना नगर्ने गरेको पाइएकाले निगरानी थप कडा बनाइएको छ । विशेषगरी मापसे, तीव्र गति, मोबाइल प्रयोग गर्दै सवारी चलाउने तथा सिग्नल उल्लङ्घन गर्ने गतिविधिले दुर्घटना निम्त्याउने भएकाले यस्ता कार्यविरुद्ध कडाइ गरिएको जनाइएको छ ।

काठमाडौँ उपत्यकामा दैनिक हजारौँ सवारीसाधन सञ्चालन हुने भएकाले ट्राफिक व्यवस्थापन चुनौतीपूर्ण बन्दै गएको छ । सडक विस्तार, सवारी सङ्ख्या वृद्धि र यात्रु चापसँगै ट्राफिक अनुशासन कायम गर्नु प्रहरीका लागि ठूलो चुनौती भएको अधिकारीहरू बताउँछन् ।

ट्राफिक प्रहरीले चालकहरूलाई सवारी चलाउँदा अनिवार्य रूपमा ट्राफिक नियम पालना गर्न, हेल्मेट तथा सिटबेल्ट प्रयोग गर्न, मादक पदार्थ सेवनपछि सवारी नचलाउन तथा सडक सङ्केतको सम्मान गर्न आग्रह गरेको छ । साथै आगामी दिनमा पनि उपत्यकाभर विशेष ट्राफिक चेकिङ अभियानलाई निरन्तरता दिइने जनाइएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
बाढीपहिरोको जोखिम बढेपछि २५ जिल्लामा दुई दिन सवारी सञ्चालनमा रोक

बाढीपहिरोको जोखिम बढेपछि २५ जिल्लामा दुई दिन सवारी सञ्चालनमा रोक

अविरल वर्षाका कारण बाढी, पहिरो तथा सडक अवरुद्ध हुनसक्ने र त्यसबाट सम्भावित दुर्घटना तथा क्षति हुनसक्ने जोखिमलाई ध्यानमा राखेर तराई, भित्री मधेस, पहाड तथा हिमाली क्षेत्रका २५ जिल्लामा...
पाल्पामा पहिरोले दुई घर भत्किए, एक महिला बेपत्ता

पाल्पामा पहिरोले दुई घर भत्किए, एक महिला बेपत्ता

निरन्तर वर्षाका कारण घरभन्दा माथि निर्माण गरिएको नयाँ मोटरबाटोबाट लेदोसहित ढुङ्गामाटो बगेर आउँदा स्थानीय केसुराम सारुमगर र रामबहादुर उचईका कच्ची घर पहिराले ढलाएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी...
नारायणगढ–मुग्लिन र पृथ्वी राजमार्ग आज पनि बन्द

नारायणगढ–मुग्लिन र पृथ्वी राजमार्ग आज पनि बन्द

सडकमा रोकिएर बसेका पोखरातर्फ जाने र नारायणगढतर्फ आउने सवारीसाधनलाई आज दिउँसो पार गराइएको छ । दुवै सडकका विभिन्न ठाउँहरूमा ढुङ्गा र लेदोसहितको पहिरो खसिरहेकाले सञ्चालनमा ल्याउन नसकिएको उनले...
कांग्रेस अधिवेशनमा बाढीको प्रभाव, क्षेत्रीय अधिवेशन १३ गतेसम्म

कांग्रेस अधिवेशनमा बाढीको प्रभाव, क्षेत्रीय अधिवेशन १३ गतेसम्म

जारी वर्षा र बाढीको असर कांग्रेस महाधिवेशनमा पनि परेको छ । निर्धारित समयभित्र सबै पालिकामा अधिवेशन सम्पन्न नहुँदै क्षेत्रीय अधिवेशन पनि प्रभावित भएको छ ।