नेभिगेशन
समाज
प्रतिनिधिसभाको बैठक

संसद्‍मा प्ले कार्ड र पर्चासहित विरोधको शैली नदेखाउन सांसदहरूलाई सभामुखको आदेश

काठमाडौँ । सभामुख डोलप्रसाद अर्याल (डिपी)ले संसदमा प्ले कार्ड र पर्चासहितको विरोधको शैली नदेखाउन आदेश गरेका छन् ।

सोमबार प्रतिनिधिसभाको बैठकमा श्रम संस्कृति पार्टीले प्रतिनिधिसभामा प्ले कार्डसहित श्रम संस्कृति पार्टीले विरोध जनाएपछि सभामुख अर्यालले यस्तो आदेश दिएका हुन् । 
हर्क साम्पाङसहित श्रम संस्कृति पार्टी सांसदहरुले बैठकको सुरुमै सभामुखको अगाडि गएर प्ले कार्ड देखाएका थिए भने बैठकमा समेत छातीमा पर्चा टाँसेर सहभागी भएका छन् ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

श्रम संस्कृति पार्टीको गतिविधिपछि सभामुखले प्रतिनिधिसभा महत्वपूर्ण हुने र कानुन निर्माण गर्ने महत्वपूर्ण थलो भएको उल्लेख गर्दै प्ले कार्ड र पर्चासहितको विरोधको शैली संसद्मा नदेखाउन आदेश गरेका हुन् ।

Ncell
Extreme Energy

सभामुखले अर्यालले भनेका छन्, ‘विरोध गर्ने बिभिन्न शैलीहरू हुन्छन् । तर मर्यादामा बसेर विरोध गर्नुपर्ने हुन्छ । मर्यादामा बसेर विरोध गरिदिन म यहाँहरूलाई आगामी दिनमा यो आदेशकै रुपमा पनि लिइदिन म जानकारी गराउँछु ।’ यस्तो शैलीलाई उनले असंसदीय समेत भनेका छन् ।

‘पर्चा देखाएर विरोध गर्ने सदनमा यो हाम्रा कानुन अथवा नियमावली न हाम्रा प्राक्टिस कसैले पनि दिएको देखिँदैन्’, सभामुखले भनेका छन्, ‘यसकारण आगामी दिनमा विरोध गर्ने शैली मर्यादापूर्वक तरिकाले गर्नका लागि म जानकारी गराउँछु ।’

सभामुखले यस्तो आदेश गरेपछि पनि श्रम संस्कृतिका पार्टीका सांसदहरू छातीमा पर्चा टाँसेरै बसिरहेका छन् ।
यस्तो शैलीलाई सभामुखले संसदीय मर्यादा विपरीत रहेको भनेर विरोधको शैली बदल्न आदेश गरेका हुन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
बाढीपहिरोको जोखिम बढेपछि २५ जिल्लामा दुई दिन सवारी सञ्चालनमा रोक

बाढीपहिरोको जोखिम बढेपछि २५ जिल्लामा दुई दिन सवारी सञ्चालनमा रोक

अविरल वर्षाका कारण बाढी, पहिरो तथा सडक अवरुद्ध हुनसक्ने र त्यसबाट सम्भावित दुर्घटना तथा क्षति हुनसक्ने जोखिमलाई ध्यानमा राखेर तराई, भित्री मधेस, पहाड तथा हिमाली क्षेत्रका २५ जिल्लामा...
पाल्पामा पहिरोले दुई घर भत्किए, एक महिला बेपत्ता

पाल्पामा पहिरोले दुई घर भत्किए, एक महिला बेपत्ता

निरन्तर वर्षाका कारण घरभन्दा माथि निर्माण गरिएको नयाँ मोटरबाटोबाट लेदोसहित ढुङ्गामाटो बगेर आउँदा स्थानीय केसुराम सारुमगर र रामबहादुर उचईका कच्ची घर पहिराले ढलाएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी...
नारायणगढ–मुग्लिन र पृथ्वी राजमार्ग आज पनि बन्द

नारायणगढ–मुग्लिन र पृथ्वी राजमार्ग आज पनि बन्द

सडकमा रोकिएर बसेका पोखरातर्फ जाने र नारायणगढतर्फ आउने सवारीसाधनलाई आज दिउँसो पार गराइएको छ । दुवै सडकका विभिन्न ठाउँहरूमा ढुङ्गा र लेदोसहितको पहिरो खसिरहेकाले सञ्चालनमा ल्याउन नसकिएको उनले...
कांग्रेस अधिवेशनमा बाढीको प्रभाव, क्षेत्रीय अधिवेशन १३ गतेसम्म

कांग्रेस अधिवेशनमा बाढीको प्रभाव, क्षेत्रीय अधिवेशन १३ गतेसम्म

जारी वर्षा र बाढीको असर कांग्रेस महाधिवेशनमा पनि परेको छ । निर्धारित समयभित्र सबै पालिकामा अधिवेशन सम्पन्न नहुँदै क्षेत्रीय अधिवेशन पनि प्रभावित भएको छ ।