नेभिगेशन
समाज

आईसीसी क्रिकेट विश्वकप लिग-२: नेपालद्वारा स्कटल्यान्ड ६ विकेटले पराजित

काठमाडौँ । आईसीसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गत सोमबार भएको खेलमा नेपालले अंकतालिकाको शीर्ष स्थानमा रहेको स्कटल्यान्डलाई ६ विकेटले पराजित गरेको छ।

जारी शृंखलामा दोस्रो जित हात पारेसँगै नेपाल लिग–२ को अंकतालिकामा पाँचौं स्थानमा उक्लिएको छ। सोमबार भएको खेलमा स्कटल्यान्डले दिएको १ सय ९५ रनको लक्ष्य पछ्याएको नेपालले  निर्धारित ओभरको ३८ ओभर १ बल खेल्दै ४ विकेटको क्षतिमा लक्ष्य प्राप्त गरेको हो ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

नेपालको जितको लागि कप्तान रोहित पौडेलले सर्वाधिक ७४ रन जोडे । उनले ९८ बलमा ५ चौंका र २ छक्काको मद्दतमा नेपालका लागि नटआउट ७४ जोडेका हुन् ।

Ncell
Extreme Energy

त्यस्तै, इशान पाण्डेले अर्धसतकीय पारी खेल्दै ५५ रन जोडेका छन् र उनले  ६१ बल खेल्दै ५ चौका र २ छक्काको मद्दतमा ५५ रन जोडेका हुन् । नेपालका लागि अन्य ब्याट्स म्यनमा ओपनर कुशल भुर्तेलले २७ बल खेल्दै २८ रन जोडे ।

उनले ४ चौका र १ छक्काको मद्दतमा को मद्दतमा २८ रन जोडेका हुन् । त्यस्तै आशिफ शेखले १७ बलमा २९ रन, आरिफ शेखले २३ बलमा ८ रन र उपकप्तान दिपेन्द्र सिंह ऐरीले ४ बलमा २ रन जोडेका थिए ।

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तरराष्ट्रिय क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको स्कटल्यान्ड ३९ दशमलव एक ओभरमा १९४ रनमा अलआउट भएको थियो । उसका लागि ब्रान्डम क्याकमुलेनले सर्वाधिक ७३ रनको योगदान दिए ।

उनले ४४ बलमा ६ चौका र ६ छक्का प्रहार गरे । माइकल इङग्लिसले चार चौका र एक छक्काको सहायतामा ५१ रन बनाए भने जर्स मुन्सीले २१  र मार्क वाटले २० रन जोडेका थिए। 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
वर्तमान व्यवस्था र संविधानका कमजोरी सुधारेर अघि बढ्नुपर्छ– राजेन्द्र लिङ्देन

वर्तमान व्यवस्था र संविधानका कमजोरी सुधारेर अघि बढ्नुपर्छ– राजेन्द्र लिङ्देन

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले वर्तमान व्यवस्था र संविधानमा रहेका कमीकमजोरी सुधार गरेर अघि बढ्नुपर्ने बताएका छन्।
नियन्त्रित लोकतन्त्र नेपाली जनताको नियति हुन सक्दैन : शरतसिंह भण्डारी

नियन्त्रित लोकतन्त्र नेपाली जनताको नियति हुन सक्दैन : शरतसिंह भण्डारी

जनता समाजवादी पार्टी (जसपा) नेपालका नेता शरतसिंह भण्डारीले नेपाली जनताले कुनै पनि बहानामा ‘नियन्त्रित लोकतन्त्र’ स्वीकार नगर्ने बताएका छन्।
देश विकासका लागि छुट्टै योजना बनाएर दलबीच कार्यान्वयनको प्रतिस्पर्धा गरौँ : बाबुराम भट्टराई

देश विकासका लागि छुट्टै योजना बनाएर दलबीच कार्यान्वयनको प्रतिस्पर्धा गरौँ : बाबुराम भट्टराई

पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले देश विकासका लागि स्पष्ट र दीर्घकालीन योजना बनाएर राजनीतिक दलहरूबीच त्यसको कार्यान्वयनमा प्रतिस्पर्धा हुनुपर्ने बताएका छन्।
गगनले यो देशको नेतृत्व गर्न सक्छन्, मलाई विश्वास छ : रेशम चौधरी

गगनले यो देशको नेतृत्व गर्न सक्छन्, मलाई विश्वास छ : रेशम चौधरी

नागरिक उन्मुक्ति पार्टीका संस्थापक नेता रेशम चौधरीले नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले देशको नेतृत्व गर्न सक्ने आफूलाई विश्वास रहेको बताएका छन्।

भर्खरै