नेभिगेशन
सबै कुरा

नेपाल र भारतबीच भए यी चार सम्झौता

काठमाडाैंँ : काठमाडौँको होटल याक एन्ड यतिमा बिहिबार बसेको परराष्ट्रमन्त्रीस्तरीय संयुक्त आयोगको सातौँ बैठकले विभिन्न ४ सम्झौतासहितको सहमतिपत्रमा हस्ताक्षर गरेको छ । 

परराष्ट्रमन्त्री एनपी साउद र भारतीय विदेशमन्त्री एस जयशंकरको संयुक्त अध्यक्षतामा बसेको बैठकले निम्न सम्झौतासहितको सहमतिपत्रमा हस्ताक्षर गरेका हुन् ।

City Express

१.भारतले नेपालबाट १० वर्षमा १० हजार मेगावटसम्म विद्युत आयात गर्ने 

२. नेपालले बनाएको म्यानुअल स्याटेलाइट प्रक्षेपण गर्न भारतले सहयोग गर्ने

३. हाई इम्प्याक्ट कम्युनिटी डेभलपमेन्ट प्रोजेक्ट (एचआईसीडीपी) कार्यान्वयनमा सहमति

४.भारतले नेपालको भूकम्प प्रभावित क्षेत्रको पूननिर्माणका लागि नेपाललाई १० अर्ब रुपैयाँ नेपाली अनुदान सहयोग गर्ने 

त्यस्तै बिहिबार दुवै देशका परराष्ट्रमन्त्रीले १३२ केबी पावर क्षमताका तीनवटा प्रसारण लाइनको उदघाटन समेत गरेका छन् ।

परराष्ट्रमन्त्री साउदको निमन्त्रणामा भारतीय विदेशमन्त्री डा जयशङ्कर दुई दिने भ्रमणका क्रममा बिहिबार नेपाल आइपुगेका हुन् । उनले प्रधानमन्त्री प्रचण्ड र राष्ट्रपति रामचन्द्र पौडेलसँग सिष्टाचार भेटवार्ता गरिसकेका छन् । 


प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
कुलमानको पहिलो निर्णयः डेडिकेटेड ट्रंकलाइनको बक्यौता रकम असुल्न विद्युत प्राधिकरणलाई निर्देशन

कुलमानको पहिलो निर्णयः डेडिकेटेड ट्रंकलाइनको बक्यौता रकम असुल्न विद्युत प्राधिकरणलाई निर्देशन

घिसिङ नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशक हुँदा उनले बक्यौता उठाउन निकै प्रयास गरेका थिए । तर पछि उनलाई हटाएर हितेन्द्रदेव शाक्यलाई प्राधिकरणकाे कार्यकारी निर्देशक नियुक्त गरिएको थियो ।
खण्डहर राष्ट्रपति भवनको प्राङ्गणमा तीन मन्त्रीले लिए शपथ (तस्बिरहरु)

खण्डहर राष्ट्रपति भवनको प्राङ्गणमा तीन मन्त्रीले लिए शपथ (तस्बिरहरु)

नवनियुक्त मन्त्रीहरूमध्ये खनाललाई अर्थ,  घिसिङलाई ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकास, अर्याललाई गृह र कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयको जिम्मेवारी तोकिएको छ...
मन्त्रीत्रय ओमप्रकाश अर्याल, रामेश्वर खनाल र कुलमान घिसिङले लिए शपथ

मन्त्रीत्रय ओमप्रकाश अर्याल, रामेश्वर खनाल र कुलमान घिसिङले लिए शपथ

खनाल पूर्वअर्थ सचिव, घिसिङ नेपाल विद्युत् प्राधिकरणका पूर्वकार्यकारी निर्देशक र अर्याल अधिवक्ता हुन् । खनालले आर्थिक सुधार र सुशासनका क्षेत्रमा काम गर्दै आएका छन् भने घिसिङले प्राधिकरणको जिम्मेवारीबाट...
सरकारी भवन जलाउने कार्य नियोजित षड्यन्त्र हो कि भन्ने लागेको छः प्रधानमन्त्री कार्की

सरकारी भवन जलाउने कार्य नियोजित षड्यन्त्र हो कि भन्ने लागेको छः प्रधानमन्त्री कार्की

उनले भनिन्, “नेपाली नै भएर यो काम गरेको हो भने लाज लाग्नुपर्ने हो । यस्तो घटना नेपालमा पहिलो पटक भएको हो । हाम्रा मुख्य भवनहरु अनुहार देखाउन नमिल्ने...