नेभिगेशन
समाज
प्रतिनिधि सभाको बैठक

संघीय संसदको दुवै सदनका बैठक बस्दै, प्रिबजेटमा उठेका प्रश्नको अर्थमन्त्रीले जवाफ दिने

काठमाडौँ । संघीय संसदको दुवै सदनका बैठक आज बस्दैछन् । प्रतिनिधि सभाको बैठक बिहान ११ बजे र राष्ट्रिय सभाको बैठक दिउँसो सवा १ बजे बस्न लागेका हुन् ।

बैठकमा विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामा छलफल (प्रिबजेट छलफल) आज पनि जारी रहने संसद सचिवालयले जनाएको छ । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

साथै उक्त छलफलमा उठेका प्रश्नहरुको अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले जवाफ दिने कार्यसूची पनि निर्धारण गरिएको छ ।

Ncell
Extreme Energy

बैठकको सुरुमा भने सभामुख डोलप्रसाद अर्यालले प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयबाट प्राप्त कार्यभार थप सम्बन्धी पत्रको बेहोरा पढेर सुनाउने कार्यसूची रहेको छ । 

यस्तै राष्ट्रिय सभाको बैठकको कार्यसूची पनि यस्तै रहेको छ । 

प्रिबजेट छलफल सकिएपछि यही जेठ १५ गते सरकारले आर्थिक वर्ष २०८३/०८४ को बजेट सार्वजनिक गर्नेछ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
बाढीपहिरोको जोखिम बढेपछि २५ जिल्लामा दुई दिन सवारी सञ्चालनमा रोक

बाढीपहिरोको जोखिम बढेपछि २५ जिल्लामा दुई दिन सवारी सञ्चालनमा रोक

अविरल वर्षाका कारण बाढी, पहिरो तथा सडक अवरुद्ध हुनसक्ने र त्यसबाट सम्भावित दुर्घटना तथा क्षति हुनसक्ने जोखिमलाई ध्यानमा राखेर तराई, भित्री मधेस, पहाड तथा हिमाली क्षेत्रका २५ जिल्लामा...
पाल्पामा पहिरोले दुई घर भत्किए, एक महिला बेपत्ता

पाल्पामा पहिरोले दुई घर भत्किए, एक महिला बेपत्ता

निरन्तर वर्षाका कारण घरभन्दा माथि निर्माण गरिएको नयाँ मोटरबाटोबाट लेदोसहित ढुङ्गामाटो बगेर आउँदा स्थानीय केसुराम सारुमगर र रामबहादुर उचईका कच्ची घर पहिराले ढलाएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी...
नारायणगढ–मुग्लिन र पृथ्वी राजमार्ग आज पनि बन्द

नारायणगढ–मुग्लिन र पृथ्वी राजमार्ग आज पनि बन्द

सडकमा रोकिएर बसेका पोखरातर्फ जाने र नारायणगढतर्फ आउने सवारीसाधनलाई आज दिउँसो पार गराइएको छ । दुवै सडकका विभिन्न ठाउँहरूमा ढुङ्गा र लेदोसहितको पहिरो खसिरहेकाले सञ्चालनमा ल्याउन नसकिएको उनले...
कांग्रेस अधिवेशनमा बाढीको प्रभाव, क्षेत्रीय अधिवेशन १३ गतेसम्म

कांग्रेस अधिवेशनमा बाढीको प्रभाव, क्षेत्रीय अधिवेशन १३ गतेसम्म

जारी वर्षा र बाढीको असर कांग्रेस महाधिवेशनमा पनि परेको छ । निर्धारित समयभित्र सबै पालिकामा अधिवेशन सम्पन्न नहुँदै क्षेत्रीय अधिवेशन पनि प्रभावित भएको छ ।