नेभिगेशन
समाज

एक हजार १८१ ले लिए हिमाल आरोहणको अनुमति

काठमाडौँ । यसवर्षको वसन्त ऋतुमा विभिन्न हिमाल आरोहणका लागि अनुमति लिने विदेशीको सङ्ख्यामा वृद्धि भइरहेको छ ।

पर्यटन विभागका अनुसार सन् २०२६ को वसन्त ऋतुमा हिमाल आरोहणका लागि ७९ देशका एक हजार १८१ आरोहीले अनुमति लिएका छन् । विभागका सूचना अधिकारी हिमाल गौतमले सबैभन्दा धेरै सगरमाथा आरोहणका लागि अनुमति प्रदान गरिएको जानकारी दिए ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

हालसम्म सगरमाथा आरोहणका लागि ५५ देशका ४९४ आरोहीले अनुमति लिएका छन् । सगरमाथा आरोहणका लागि सबैभन्दा धेरै १०९ चिनियाँ नागरिकले अनुमति लिएका छन् । यसबाहेक सगरमाथाकै लागि अमेरिकाका ७७, भारतका ६१, बेलायतका ३२, रसियाका १८, अष्ट्रेलियाका १५, जापानका १४, नेपालका १२, ब्राजिलका १० जनाले अनुमति लिएको सूचना अधिकारी गौतमले बताए।

Ncell
Extreme Energy

यसबाहेक, ल्होत्सेका लागि १४३, आमादब्लमका लागि १११, नुप्त्सेका लागि ५६, हिम्लुङका लागि ४६, कञ्चनजङ्घाका लागि ३६, धवलागिरिका लागि ३० जनाले अनुमति लिएका छन् । यसबाहेक अन्य हिमाल आरोहणका लागि पनि अनुमति जारी भएका छन् ।

पर्यटन विभागले छ हजार ५०० मिटरभन्दा माथिका हिमाललाई आरोहणका लागि अनुमति दिँदै आएको छ । पाँच हजार ८०० देखि छ हजार ५०० सम्मका हिमाल आरोहणको अनुमति भने नेपाल पर्वतारोहण सङ्घ (एनएमए)ले दिने गरेको छ ।

विभागले यस वर्ष विभिन्न हिमाल आरोहणका लागि अनुमति प्रदान गरेबापत एक अर्ब २५ करोड ८४ लाख ६० हजार ५५४ रुपैयाँ राजस्व सङ्कलन गरेको छ । विभागले सबैभन्दा सगरमाथाबाट एक अर्ब सात करोड ८६ लाख ९१ हजार ४७५ रुपैयाँ राजस्व सङ्कलन गरेको छ ।

त्यसबाहेक, ल्होत्सेबाट छ करोड ३६ लाख २७ हजार ७००, आमादब्लमबाट एक करोड ६६ लाख नौ हजार २००, कञ्चनजङ्घाबाट एक करोड ६० लाख ८१ हजार ६५०, धवलागिरि प्रथमबाट एक करोड ३४ लाख ५४ हजार ५५०, अन्नपूर्ण प्रथमबाट एक करोड २० लाख ४९ हजार १७५ रुपैयाँ राजस्व सङ्कलन भएको छ ।

विभिन्न हिमाल आरोहण सुरु भइसकेकामा सगरमाथाको आरोहण भने यही वैशाख ३१ गतेबाट सुरु भएको छ । डोरी टाँग्ने र बाटो बनाउने काम सम्पन्न भएसँगै आरोहीहरूले आरोहण गर्ने क्रम जारी छ । पछिल्लो समय विश्वको सर्वोच्च शिखर सगरमाथालगायत नेपालका हिमालमा आरोहणमा विदेशीहरूको आकर्षण बढेको हो ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
प्रस्तावित प्रधानन्यायाधीश शर्माको योजना– सुनुवाइ प्रत्यक्ष प्रसारण गर्ने, एआई प्रयोगको अध्ययन गर्ने (पूर्णपाठसहित)

प्रस्तावित प्रधानन्यायाधीश शर्माको योजना– सुनुवाइ प्रत्यक्ष प्रसारण गर्ने, एआई प्रयोगको अध्ययन गर्ने (पूर्णपाठसहित)

उनले संविधानले तोकेको प्रावधानअनुसार नै न्यायाधीश नियुक्ति गरिने र अदालतहरुमा हुने सुनुवाइलाई पारदर्शी बनाउने, प्रत्यक्ष प्रसारण गर्ने तथा न्यायिक काम कारबाहीमा एआईको प्रयोगबारे अध्ययन गर्ने लगायतका योजना पेश...
प्रतिनिधि सभा बैठक १५ मिनेटका लागि स्थगित

प्रतिनिधि सभा बैठक १५ मिनेटका लागि स्थगित

एमाले सांसद राजेन्द्र कुमार राईले अर्थमन्त्री उपस्थित नभएसम्म नबोल्ने र रोष्ट्रम नछोड्ने अडान लिएका थिए । सभामुख डोल प्रसाद अर्यालले अर्थमन्त्री केही समयमा आइपुग्ने बताउँदै सांसद राईलाई बोल्न...
कालोबजारी नियन्त्रणतर्फ सरकारको ध्यान जाओस्ः  सांसद लामा

कालोबजारी नियन्त्रणतर्फ सरकारको ध्यान जाओस्ः सांसद लामा

मंगलबार प्रतिनिधिसभा बैठकको विशेष समयमा बोल्दै सांसद लामाले अस्वभाविक मूल्यवृद्धिले जनताको दैनिक जीवन निकै कष्ठकर भएको भन्दै तत्काल बजार हस्तक्षेप गरेर मूल्यवृद्धि नियन्त्रणमा लिन सरकारलाइ सुझाव दिएकी हुन्।
उजुरीकर्तासँग छलफल सकियो, प्रस्तावित प्रधानन्यायाधीश शर्माको सुनुवाइ केही बेरमा

उजुरीकर्तासँग छलफल सकियो, प्रस्तावित प्रधानन्यायाधीश शर्माको सुनुवाइ केही बेरमा

वैशाख २४ मा बसेको संवैधानिक परिषद बैठकले सर्वोच्च अदालतका चौथो वरियताका न्यायाधीश डा. मनोज शर्मालाई प्रधानन्यायाधीशमा नियुक्त गर्न सिफारिस गर्ने निर्णय गरेको थियो ।