नेभिगेशन
समाज

कालोबजारी नियन्त्रणतर्फ सरकारको ध्यान जाओस्ः सांसद लामा

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीकी सांसद सरस्वती लामाले कालोबजारी, कृत्रिम अभाव र अस्वाभाविक मूल्यवृद्धि नियन्त्रणका लागि हस्तक्षेप गर्न सरकारलाई सुझाव दिएकी छन्।

मंगलबार प्रतिनिधिसभा बैठकको विशेष समयमा बोल्दै सांसद लामाले अस्वभाविक मूल्यवृद्धिले जनताको दैनिक जीवन निकै कष्ठकर भएको भन्दै तत्काल बजार हस्तक्षेप गरेर मूल्यवृद्धि नियन्त्रणमा लिन सरकारलाइ सुझाव दिएकी हुन्।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

पेट्रोलियम पदार्थ र खाना पकाउने ग्यासको करमा पुनरावलोकन गर्दै जनतालाई प्रत्यक्ष राहतका लागि संरचनामा सुधार गर्न उनले माग गरेकी थिइन्।

Ncell
Extreme Energy

मूल्य नियन्त्रण जनताको क्रय शक्ति बढाउने नीतिगत हस्तक्षेपको विषय भएको भन्दै उनले यो सरकारको संवेदनशीलता, उत्तरदायित्व र शासन क्षमताको परीक्षण समेत भएको धारणा व्यक्त गरेकी थिइन्।

यस परीक्षणमा सरकार पास हुने हो वा फेल हुने हो भन्ने सरकारकै हातमा रहेको उनले बताइन्। दुई तिहाइको शक्तिशाली सरकार हुँदा पनि जनताको पीडा सम्बोधन हुन नसक्नु दुःखद भएको उनको भनाइ छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
बाढीपहिरोको जोखिम बढेपछि २५ जिल्लामा दुई दिन सवारी सञ्चालनमा रोक

बाढीपहिरोको जोखिम बढेपछि २५ जिल्लामा दुई दिन सवारी सञ्चालनमा रोक

अविरल वर्षाका कारण बाढी, पहिरो तथा सडक अवरुद्ध हुनसक्ने र त्यसबाट सम्भावित दुर्घटना तथा क्षति हुनसक्ने जोखिमलाई ध्यानमा राखेर तराई, भित्री मधेस, पहाड तथा हिमाली क्षेत्रका २५ जिल्लामा...
पाल्पामा पहिरोले दुई घर भत्किए, एक महिला बेपत्ता

पाल्पामा पहिरोले दुई घर भत्किए, एक महिला बेपत्ता

निरन्तर वर्षाका कारण घरभन्दा माथि निर्माण गरिएको नयाँ मोटरबाटोबाट लेदोसहित ढुङ्गामाटो बगेर आउँदा स्थानीय केसुराम सारुमगर र रामबहादुर उचईका कच्ची घर पहिराले ढलाएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी...
नारायणगढ–मुग्लिन र पृथ्वी राजमार्ग आज पनि बन्द

नारायणगढ–मुग्लिन र पृथ्वी राजमार्ग आज पनि बन्द

सडकमा रोकिएर बसेका पोखरातर्फ जाने र नारायणगढतर्फ आउने सवारीसाधनलाई आज दिउँसो पार गराइएको छ । दुवै सडकका विभिन्न ठाउँहरूमा ढुङ्गा र लेदोसहितको पहिरो खसिरहेकाले सञ्चालनमा ल्याउन नसकिएको उनले...
कांग्रेस अधिवेशनमा बाढीको प्रभाव, क्षेत्रीय अधिवेशन १३ गतेसम्म

कांग्रेस अधिवेशनमा बाढीको प्रभाव, क्षेत्रीय अधिवेशन १३ गतेसम्म

जारी वर्षा र बाढीको असर कांग्रेस महाधिवेशनमा पनि परेको छ । निर्धारित समयभित्र सबै पालिकामा अधिवेशन सम्पन्न नहुँदै क्षेत्रीय अधिवेशन पनि प्रभावित भएको छ ।