नेभिगेशन
समाज

सिंहदरबारमा सुनुवाइ, रामशाह पथमा विरोध

काठमाडौँ । प्रस्तावित प्रधानन्यायाधीश डा. मनोजकुमार शर्माको संसदीय सुनुवाइ भइरहेका बेला नेपाल बार एसोसिएसनले भने सर्वोच्च अदालत प्रशासनले निवेदन दर्ता गर्न अस्वीकार गरेको भन्दै लालटिन बालेर विरोध गरेको छ।

नेपाल बार एसोसिएसनको आह्वानमा कानुन व्यवसायीहरुले न्यायपालिकाको अवस्था र न्याय सम्पादन प्रक्रियाप्रति असन्तुष्टि जनाउँदै बार भवनको प्राङ्गणमा लालटिन बालेर विरोध प्रदर्शन गरेका हुन्।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

प्रदर्शनमा सहभागी कानुन व्यवसायीहरूले लालटिन बालेर न्याय खोज्नुपर्ने अवस्था आएको दाबी गरे ।

Ncell
Extreme Energy

प्रस्तावित प्रधानन्यायाधीश शर्माले संसदीय सुनुवाइ समितिमा आफ्नो कार्ययोजना पेश गर्दै समग्र न्याय प्रणाली सुधार गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
बाढीपहिरोको जोखिम बढेपछि २५ जिल्लामा दुई दिन सवारी सञ्चालनमा रोक

बाढीपहिरोको जोखिम बढेपछि २५ जिल्लामा दुई दिन सवारी सञ्चालनमा रोक

अविरल वर्षाका कारण बाढी, पहिरो तथा सडक अवरुद्ध हुनसक्ने र त्यसबाट सम्भावित दुर्घटना तथा क्षति हुनसक्ने जोखिमलाई ध्यानमा राखेर तराई, भित्री मधेस, पहाड तथा हिमाली क्षेत्रका २५ जिल्लामा...
पाल्पामा पहिरोले दुई घर भत्किए, एक महिला बेपत्ता

पाल्पामा पहिरोले दुई घर भत्किए, एक महिला बेपत्ता

निरन्तर वर्षाका कारण घरभन्दा माथि निर्माण गरिएको नयाँ मोटरबाटोबाट लेदोसहित ढुङ्गामाटो बगेर आउँदा स्थानीय केसुराम सारुमगर र रामबहादुर उचईका कच्ची घर पहिराले ढलाएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी...
नारायणगढ–मुग्लिन र पृथ्वी राजमार्ग आज पनि बन्द

नारायणगढ–मुग्लिन र पृथ्वी राजमार्ग आज पनि बन्द

सडकमा रोकिएर बसेका पोखरातर्फ जाने र नारायणगढतर्फ आउने सवारीसाधनलाई आज दिउँसो पार गराइएको छ । दुवै सडकका विभिन्न ठाउँहरूमा ढुङ्गा र लेदोसहितको पहिरो खसिरहेकाले सञ्चालनमा ल्याउन नसकिएको उनले...
कांग्रेस अधिवेशनमा बाढीको प्रभाव, क्षेत्रीय अधिवेशन १३ गतेसम्म

कांग्रेस अधिवेशनमा बाढीको प्रभाव, क्षेत्रीय अधिवेशन १३ गतेसम्म

जारी वर्षा र बाढीको असर कांग्रेस महाधिवेशनमा पनि परेको छ । निर्धारित समयभित्र सबै पालिकामा अधिवेशन सम्पन्न नहुँदै क्षेत्रीय अधिवेशन पनि प्रभावित भएको छ ।