नेभिगेशन
समाज

कङ्गोमा इबोला बढ्दो प्रकोप बारे डब्ल्यूएचओ चिन्तित

विश्व स्वास्थ्य सङ्गठनका प्रमुख टेड्रोस एड्हानोम गेब्रेयससले कङ्गो लोकतान्त्रिक गणतन्त्रमा फैलिएको इबोला प्रकोप बारे चिन्ता व्यक्त गरेका छन्।

उनले पछिल्लो समयमा युगान्डामासमेत फैलिरएको इबोला प्रकोपका कारणले १३१ जनाको मृत्यु भएको बताएका हुन्। डब्ल्यूएचओका प्रमुख गेब्रेयससले यस अघि आइतबार इबोला प्रकोपलाई अन्तर्राष्ट्रिय चिन्ताको विषय भन्दै सार्वजनिक स्वास्थ्य आपतकाल (पीएचईआईसी) घोषणा गरेका थिए।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

जेनेभामा विश्व स्वास्थ्य सभामा बोल्दै उनले इबोलाको महामारीको परिमाण र गतिको बारेमा चिन्तित रहेकाले आतपकालको घोषण गरेको जनाएका छन्। उनले आवाश्यक सल्लाहका लागि मङ्गलबार पछि एजेन्सीको आपतकालीन समिति बोलाउने बताएका छन्।

Marvel
Extreme Energy

कङ्गोका स्वास्थ्य मन्त्रीले गत हप्ताको अन्त्यमा घोषणा गरिएको इबोला प्रकोपबाट १३१ जनाको मृत्यु  भएको उल्लेख गर्दै ५१३ जना सङ्क्रमित  भएको बताएका छन्। कङ्गोको उत्तरपूर्वी इटुरी प्रान्तमा अहिले सम्म ३० जना इबोला संक्रमित भएको पुष्टि भएको टेड्रोसले बताए।

युगान्डाले पनि डब्लूएचओलाई राजधानी कम्पालामा दुई जनामा सङ्कमण पुष्टि भएको  जानकारी दिएको छ, जस मध्ये  एक जनाको मृत्यु भएको डब्लुएचओको वार्षिक बैठकमा बताइएको छ । उनले एक जना अमेरिकी नागरिकमा सङ्कणको रिपोर्ट सकारात्मक पुष्टि भए पछि  जर्मनीमा सारिएको अमेरिकाले रिपोर्ट गरेको बताए।

सङ्क्रमणको पुष्टि भएका मामिलाहरूको सङ्ख्या र क्षेत्र बढ्दै जाँदा सङ्क्रमितको सङ्ख्या अझै बढ्ने बताउदै  टेड्रोसले सङ्क्रमण पत्ता लगाउने  प्रयोगशाला र परीक्षणलाई सुदृढ पार्नु  आवाश्यक रहेको बताए।

उनले कम्पाला लगायतका सहरी क्षेत्रहरूका, साथै कङ्गोली सहर गोमामा सङ्क्रमणका घटनाहरू रिपोर्ट गरिएको बताउदै यस क्षेत्रमा उल्लेखनीय जनसङ्ख्याको आवागमन भएको पनि औंल्याए। इटुरी प्रान्त अत्यधिक सङ्मणबाट असुरक्षित रहेको बताउदै उहाँले पछिल्लो समयमा  बढ्दो द्वन्द्वले यस क्षेत्रमा एक लाख  भन्दा बढी मानिसहरूलाई नयाँ विस्थापित भएको बताएका छन्।

उनले स्वास्थ्य कार्यकर्ताहरूको समेत इबोला सङ्क्रमणको कारण मृत्यु भएको रिपोर्ट गरिएको उल्लेख गरे। टेड्रोसले महामारी बुन्डिबुग्यो स्ट्रेन, “इबोला भाइरसको एक प्रजाति भएको बताउदै यसको लागि कुनै खोप वा उपचार नभएको कारणले उच्च सतर्कता अपनाउनु पर्ने बताए ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
एनपीएलका आठवटै क्लबका लागि फ्लडलाइटसहितका क्रिकेट रंगशाला बनाउने प्रधानमन्त्रीको घोषणा

एनपीएलका आठवटै क्लबका लागि फ्लडलाइटसहितका क्रिकेट रंगशाला बनाउने प्रधानमन्त्रीको घोषणा

सरकारका अनुसार क्रिकेट रंगशाला पूर्वाधार विकास मन्त्रालयमार्फत निर्माण गरिनेछ । धनगढीस्थित फाप्ला क्रिकेट रंगशालाको निर्माण प्रक्रिया अघि बढिसकेको छ भने आगामी तीन महिनाभित्र बाँकी सबै रंगशालाको निर्माण प्रक्रिया...
लुम्बिनीलाई १० विकेटले हराउँदै सुदूरपश्चिमले जित्यो पहिलोपटक एनपीएल उपाधि

लुम्बिनीलाई १० विकेटले हराउँदै सुदूरपश्चिमले जित्यो पहिलोपटक एनपीएल उपाधि

सुदूरपश्चिमको जितमा ओपनर जर्ज मुन्सेले विस्फोटक ब्याटिङ गरे । उनले ५४ बलमा अविजित १२५ रन बनाए । उनको इनिङ्समा ७ चौका र ११ छक्का समावेश थिए । अर्का...
परराष्ट्रमन्त्री खनालसँग जापानी उपविदेशमन्त्री फुजीको शिष्टाचार भेटवार्ता

परराष्ट्रमन्त्री खनालसँग जापानी उपविदेशमन्त्री फुजीको शिष्टाचार भेटवार्ता

सो अवसरमा परराष्ट्रमन्त्री खनालले नेपाल भ्रमणमा रहेका जापानी उपमन्त्री फुजीलाई हार्दिक स्वागत गरे । उनले हालै रसुवा–भोटेकोशी क्षेत्रमा आएको बाढीपछि तत्काल राहत तथा सहयोग उपलब्ध गराएको र पुनःनिर्माणका...
एनपीएल फाइनलमा लुम्बिनीले सुदूरपश्चिमलाई दियो १५६ रनको लक्ष्य

एनपीएल फाइनलमा लुम्बिनीले सुदूरपश्चिमलाई दियो १५६ रनको लक्ष्य

लुम्बिनीका लागि दिलिप नाथले सर्वाधिक ३९ रन बनाए । उनले ३० बलमा ३९ रन बनाउँदै अविजित रहे । त्यस्तै कप्तान रोहितकुमार पौडेलले ३१ बलमा ३० रन बनाए ।