नेभिगेशन
समाज

हुम्लामा एक्कासि ठूलो वर्षा, पहिरोले बगायो विद्यालय भवनसहितका संरचना

अदानचुली । हुम्लाको चङ्खेली गाउँपालिका–५ नेप्का गाउँमा गए राति खसेको पहिरोले चङ्खेली–५  डाँफेस्थित आधारभूत विद्यालय भवनमा क्षति पुर्याएको छ ।

एक्कासी असिनापानी परेपछि खसेको पहिराले विद्यालय भवनसहित खेतीयोग्य जग्गा र गोठ पनि क्षति पुर्याएको चङ्खेली–५ का बासिन्दा छक्कबहादुर तामाङले जानकारी दिए ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

चङ्खेली–५ वडाध्यक्ष हर्कधन तामाङ र धनसिंह तामाङका गोठ पनि पहिरोले पुरेको छ । त्यहाँ रहेका भेँडाबाख्रामा क्षति पुगेको छ । पहिरोले गोठ पुरिए पनि के कति क्षति भयो भन्ने एकिन विवरण प्राप्त नभएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक शङ्कर खड्काले जानकारी दिए ।

Ncell
Extreme Energy

उनले प्रहरी टोली पहिरो प्रभावित स्थलतिर प्रस्थान गरिसकेको बताए । हुम्ला सदरमुकाम सिमकोटदेखि उत्तरपूर्वमा रहेको चङ्खेली गाउँपालिकाको तल्लो पाली, माथिल्लो पाली, पिप्लाङ र नेप्का गरी चार गाउँ रहेका छन् ।  गाउँपालिकाको केन्द्र पिप्लाङभन्दा निकै टाढा रहेको नेप्का गाउँ पुग्न करिब पाँच घण्टा पैदल यात्रा गर्नुपर्छ  ।


 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
सिंगापुरबाट देउवाले भने– म स्वदेश फर्कंदै छु  (वक्तव्यसहित)

सिंगापुरबाट देउवाले भने– म स्वदेश फर्कंदै छु  (वक्तव्यसहित)

पूर्वप्रधानमन्त्री एवम् नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवाले आफू छिट्टै स्वदेश फर्किन लागेको बताएका छन् । ४४औं बीपी स्मृति दिवसको अवसरमा सन्देश जारी गर्दै पूर्वप्रधानमन्त्री देउवाले आफू स्वदेश...
प्रदीप अधिकारीविरुद्ध सम्पत्ति शुद्धीकरणमा मुद्दा दायर, पौने २ करोड बिगो

प्रदीप अधिकारीविरुद्ध सम्पत्ति शुद्धीकरणमा मुद्दा दायर, पौने २ करोड बिगो

अधिकारीले प्राधिकरणबाट आह्वान गरेको बोलपत्रमा सहभागी भएका कम्पनी तथा कम्पनीका सेयरधनी लगायतका व्यक्तिहरू समेतको खाताबाट जग्गा बिक्रेतालाई रकम भुक्तानी गरी श्रीमतीको नाममा जग्गा खरिद गरेको खुलेको थियो।
गगन थापाले गरे समता कर लागू नगर्ने निर्णयको स्वागत

गगन थापाले गरे समता कर लागू नगर्ने निर्णयको स्वागत

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले निजी शिक्षा र स्वास्थ्यमा लगाइएको तीन प्रतिशत समता शुल्क लागु नगर्ने सरकारको निर्णयको स्वागत गरेका छन् ।
नेप्से परिसूचकमा सामान्य अङ्कले वृद्धि

नेप्से परिसूचकमा सामान्य अङ्कले वृद्धि

नेपाल स्टक एक्सचेञ्ज (नेप्से)का अनुसार परिसूचक ७.२५ अङ्कले बढेर दुई हजार ७२६.४९ मा पुगेको छ । ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ०.१८ अङ्कले घटेर ४७२.४२  अङ्कमा...